बैतडीको साहिलेकमा सुनचाँदी पसलमा आगलागी हुदाँ लाखौँको क्षति

बैतडी । बैतडी जिल्ला सदरमुकाम साहिलेक स्थीत एक सुनचाँदी गहना पसलमा आगलागी हुदाँ लाखौँको क्षती भएको छ । दशरथचन्द नगरपालिका वडा न.४का व्यापारी प्रदिप बरालले सञ्चालन गरेको शुभलक्ष्मी सुनचादीँ गहना पसलमा सिलिण्डर लिग हुदाँ आगलागी भएको हो ।

शुक्रबार दिउसो सवा ४ बजेको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरिक्षक लोकराज जोशीले बताए । सिलिण्डरबाट सल्केको आगो तेजावमा लागेपछि पसलनै ध्वस्त भएको हो ।

सुनचादीँ पसलको आगो दमकल र स्थानिय व्यापारीहरुको सहयोगमा आधाघण्टा पछि निभाइएको थियो । पसलमा आगलागी हुदाँ २० लाख बढीको क्षती भएको पसल सञ्चालक प्रदिप बरालले बताए ।

आगो लागेको आधा घण्टापछि दमकल आइपुगेको थियो । समयमै आगो निभाउन सम्भव भएकाले सिलिण्डर पड्कन नपाएको स्थानिय महेश दत्त भट्टले बताए । समयमै आगो नियन्त्रणमा आएपछि मानविय क्षती हुनबाट जोगीएको छ ।

सुदुरपश्चिमेलीहरुको प्रमुख गौरापर्वका बेला सुनचादीँ पसलहरुमा अन्य समयभन्दा बढी सुनचादीँ बिक्रि हुने गर्दछ । ग्राहकले गहना बनाउनका लागि छाडेको सुनचादीँ पसलमा हुदाँ बढी क्षती हुन पुगेको हो ।

पसलमा रहेको ग्राहकको र आफ्नो पनि केहि सञ्चीत सुनचादीँ त्यहाँ हुदाँ सबै नष्ट भएको पसल सञ्चालक बरालको भनाई छ । साहिलेक बजारमा उनको सुनचादीँ गहना पसल उत्कृष्ट पसलका रुपमा चलिरहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 41 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नेपाल आउँदै एमसीसी प्रमुख कार्यकारी अधिकृत अल्ब्राइट

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
सर्लाहीकाे चन्द्रनगरमा कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका दनुवार विजयी