मौखिक सहमतिपछि खुल्यो अवरुद्ध बीपी राजमार्ग

काभ्रेपलाञ्चोक । अवरुद्ध रहेको बीपी राजमार्ग सञ्चालनमा आएको छ । बिहानदेखी स्थानीय बासिन्दाहरुले धुलिखेल स्थित बीपी राजमार्गको चौकोटमा सडक अवरुद्ध गरेका थिए ।

भोलीदेखि ठेकेदारले काम गर्ने गरी मौखिक सहमति भएपछि सडक खुलेको हो । चौकोटका स्थानीयले निर्माण गर्ने जिम्मा पाएको ठेकेदारले सडक पिच गर्ने समय तालिका सहितको प्रतिबद्धता जनाउन माग गर्दै बिहान ८ बजेदेखि सडक ठप्प पारेका थिए ।

नयाँ पिच गर्न भन्दा रातारात भएको पिच उप्काएको र पिच नगरको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका हुन ।

जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक कुमार गौतम, काभ्रेका प्रहरी प्रमुख एसपी भाग्येन्द्र पुरुष ढकाल, स्थानीय बासिन्दा र ठेकेदारका प्रतिनिधिबीच भोलीदेखि सडकमा काम गर्ने सहमति भनेपछि अवरुद्ध सडक खुलेको हो ।

तपाइको प्रतिक्रिया
(Visited 66 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नेपालगञ्जमा कर्फ्यू उलङघन गर्दै प्रदर्शन जारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुर महानगर प्रमुखमा कांग्रेसका २५ जनाकाे दावी, उपप्रमुखमा २४ जनाकाे नाम दर्ता