कालिकोट । नेपाली कांग्रेस कालिकोटका महासमिति सदस्य तथा नेपाल तरुण दलका केन्द्रीय महासचिव भुपेन्द्रंग शाहीले कालिकोटमा माक्स बितरण गरेका छन् । २०७४ सालको प्रतिनिधि सभा निर्बाचनमा कालिकोटबाट पराजित भएका शाहीले गृह जिल्लाका स्थानिय नागरिकहरुलाई माक्स बितरण गरेका हुन् ।
प्रतिनिधिसभामा पराजित उम्मेद्वार शाहीले जिल्लाबासीहरुलाई कोरोनाको संक्रमरणबाट बच्नका लागि सचेतना जोगाउदै मतदातालाई माक्स बितरण गर्ने अभियान थालेको बताए । उनले सोमबार जिल्ला सदरमुकाम मान्म बजारको प्रतिमा चौकबाट माक्स बितरण अभियान सुरु गरिएको बताए । उनले भने, पहिलो चरण एक हजार माक्स बितरण गरिएको छ । बजारमा माक्सको अभाव छ । तर पनि थप माक्स खरीद गरी गाँउ गाँउसम्म बितरण गर्ने तयारी छ ।
कार्यक्रममा नेपाली कांग्रेस कालिकोटका सहसचिव दमनबहादुर शाहीले कोरोना भाईरसको जोखिम न्यूनिकरण गर्न गाँउ गाँउमा कार्यकर्ता खटाईएको जानकारी दिए । उनका अनुसार नेपाली कांग्रेसले सरकारले गरेका कामहरुमा साथ दिदै जनताको जिउ धनको रक्षाका लागि सबै भातृ संस्थाहरु, पार्टीका नेता तथा कार्यकर्ताहरुलाई खटाईएको छ ।
गाँउवासीहरुलाई एक ठाँउबाट अर्को ठाँउमा नजान, भीड, भेला तथा अन्य कार्यक्रमहरु नगर्न, दैनिक साबुन पानीको प्रयोग गर्न, घरायसी सरसफाईका साथै सुरक्षित ठाँउमा बस्नका लागि सबैलाई अपिल गरेको छ । कार्यक्रममा नेपाल बिद्यार्थी संघका कार्यबाहक अध्यक्ष जगतजंग बिष्टले कोरोनाबाट जनतालाई जोगाउन सचेतनामुलक अभियान सुरु गर्ने बताए ।






