संगीतकार ‘स्माइल’का आठ गीत सार्वजनिक

काठमाडौं । संगीतकार शंकर थापा ‘स्माइल’का आठ वटा गीतहरु सार्वजनिक गरेका छन् । यो महिनामा उनले आफ्नो संगीतमा फरक श्रष्टा तथा सज्रकसँगका आठवटा गीत र त्यसको भिडियो रिलिज गरेका हुन् ।

ती आठ मध्य सातवटामा उनको संगीत र एउटा गीतमा स्वरसँगै संगीत पनि रहेको छ । सार्वजनिक गीतहरु ‘तिमी साथ भइदिए’, ‘तिमीसँग हाँसे पनि’, ‘निर्लज’, ‘तिम्रो आउने पालो’, ‘सम्झनामा ताजमहल’, ‘भावनामा पनि’, ‘यो भिडमा’ र ‘खुल्लम खुल्ला’ रहेका छन् ।

उनको संगीत रहेको ‘तिमी साथ भइदिए’मा नुतन भुषालको शब्द र प्रश्ना शाक्यको स्वर, ‘तिमीसँग हाँसे पनि’मा सन्तोष लम्सालको शब्द र स्वरुप राज आचार्यको स्वर, ‘निर्जल’मा राखी गौचनको शब्द र शिव परियारको स्वर, ‘तिम्रो आउने पालो’मा डिपी खनालको शब्द र मुना ठटालको स्वर, ‘भावनामा पनि’मा सरला श्रेष्ठको शब्द र अस्मिता अधिकारीको स्वर रहेको छ । यस्तै ‘यो भिडमा’मा सरोज परियारको स्वर र ‘खुल्लम खुल्ला’मा डिपी खनाल र निखिता थापाको स्वर रहेको छ ।

यस्तै ‘सम्झनामा ताजमहल’मा शंकरको स्वर रहेको छ । यी मध्य ‘तिम्रो आउने पालो’, ‘यो भिडमा’ र ‘खुल्लम खुल्ला’ शंकर नेतृत्वको डश म्युजिक प्रा.लिले उत्पादन तथा वितरण गरेको हो । हरेक महिना दश पन्ध्रवटा गीत रिलिज गर्ने शंकर यसपटक भने गायन रियालिटी शो ‘मेरो भ्वाइस कप युनिभर्स’मा कोचका रुपमा समेत कार्यरत थिए ।

तपाइको प्रतिक्रिया
(Visited 83 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सबै प्रकारका भुक्तानी बैंक खातामा विद्युतीय प्रणालीमार्फत गर्नुपर्ने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
ज्येष्ठ मतदाता यसो भन्छन्