त्रिशाला गुरुङको प्रदर्शनपछि नेपाल–पाकिस्तान मैदानमा

मुल्तान । १५ बर्षपछि पाकिस्तान फर्किएको एसिया कपको केही समयपछि हुने उद्घाटन खेलमा आयोजक पाकिस्तानले मुल्तान स्टेडियममा नेपालको सामाना गर्दैछ । नेपाल विरुद्धको खेलमा आयोजक पाकिस्तानले बलियो एलेभेन छनोट गरेको छ । जसमा कप्तान बाबर आजम, शाहिन अफ्रिदी, मोहम्मद रिजवानलगायतका खेलाडी छन् । नेपालले आफ्नो स्टार स्पिनर सन्दीप लामिछानबोट जादुई प्रदर्शनको आशाा राखेको छ ।

पाकिस्तान एक दिवसिय क्रिकेटको विश्वनकोनम्बर १ वरियताको टिम हो । जसलाई रोहित पौडेलको कप्तानीमा नेपालले चुनौती दिदै छ । नेपालले पाकिस्तानसँग पहिलो पटक अन्तर्राष्ट्रिय मञ्च प्रतिस्पर्धा गर्दै छ । यो नै नेपालका लागि पहिलो अवसर हो । विश्वको शिर्ष टिम र विश्वको सर्वाेच्च शिखर सगरमाथा भएको टिम विच हुने प्रतिस्पर्धालाई विश्वले हेर्ने छ ।

उद्घाटन खेल अघि भव्य उद्घाटन समारोह आयोजना गर्ने आयोजकको तयारी छ । मुल्तानमा उद्घाटन समारोहमा पाकिस्तानी शिर्ष कलाकारहरुको उपस्थिति हुने छ । उद्घाटन समारोहमा पाकिस्तानी गायक आइमा बेग, आतिफ असलमले प्रस्तुती गर्ने छन् । नेपालकी त्रिशाला गुरुङ र भारतीय गायक एआर रहमानले आफ्नो प्रस्तुती दिने बताइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 216 times, 1 visits today)

epaper

ताजा समाचार

लालबन्दीमा नेपालकै पहिलो मर्यादित महिनावारीमैत्री वडा घोषणा