अर्घाखाँची । अर्घाखाँची र प्युठानको सिमानामा रहेको नौमुरे जलविद्युत आयोजनालाई यस क्षेत्रका नेताहरूले चुनावी नाराका रूपमा प्रयोग गर्दै आएका छन् । तीन महिना लामो समय खर्चेर २०४३ सालमा सर्भे भएको जलविद्युत परियोजना पटक पटक संचालन हुन्छ भनेर पनि उद्घाटन भएको आयोजनामा जनतनह कार्यालय स्थापना भएको छ ।चुनावी नारामा गौरवको आयोजना अगाडी बढाउने भनेता पनि काम कछुवा गतीमा हुँदा यहाँका नागरिकमा निरासा मात्र छाउँदै आएको छ ।
सोही कार्यालयको प्रगति न्युन रहेको छ । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर ७ लामाताल मा रहेको कार्यालयले गत आर्थिक वर्ष २०७९-८० मा बजेटको कुल १७ प्रतिशत रकम मात्र खर्च गरेको छ । चालु र पुँजिगत गरेर ६ करोड ७९ लाख ५३ हजार रकम विनियोजन भएकामा जम्मा १ करोड १८ लाख ७६ हजार रुपैयाँ खर्च भएको नौमुरे बहुउद्देश्यि आयोजना अर्घाखाँचीले जनाएको छ । चालु खर्च तर्फ १ करोड ८५ लाख ५३ हजार विनियोजन भएकामा ४२ लाख ६९ हजार रुपैयाँ खर्च भएको आयोजना प्रमुख जयराम प्रजापतीले बताए ।
यस्तै पुँजीगत तर्फ ४ करोड ९४ लाख विनियोजन भएकामा ७६ लाख ७ हजार रुपैंया मात्र खर्च भएको देखिन्छ । कार्यालयको पाँच करोड ६० लाख ७७ हजार रुपैयाँ फ्रिज गएको हो । जुन कुल बजेटको ८२.५३ प्रतिशत रकम हो । कुल बजेटको ८२.५३ प्रतिशत रकम फ्रिज हुन पुगेको हो । दरबन्दी अनुसारको कर्मचारी नहुँदा रकम फ्रिज भएको कार्यालय प्रमख प्रजापतीको भनाइ छ ।
सुख्खायाममा पनि २ सय ४५ मेगावाट विद्युत निकाल्न सकिने अध्ययन टोलीले प्रतिवेदन तयार पारेको थियो। कपिलवस्तुको ४० हजार हेक्टर जमिनमा समेत सिँचाइ पु-याउने एकमात्र विकल्पका रुपमा नौमुरेलाई लिएको छ । सम्भाव्यता अध्ययनअनुसार सात वर्षभित्र आयोजना सम्पन्न हुने लक्ष्य लिए पनि उद्देश्य अनुरूप काम हुन सकेको छैन ।