माछा मार्नेक्रममा करेन्ट लागेर मृत्यु

पोखरा । स्याङ्जाको रसखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा वालिङ नगरपालिका वडा ६, आमडालीका ३६ वर्षीय यमबहादुर थापा हुन् ।

बिहीबार दिउँसो २ बजेतिर उनलाई माछा मार्नेक्रममा करेन्ट लागेको थियो । उनी सहित खोलामा गएका अन्य ४ जना माछा मार्न गएका थिए । प्रहरीले माछा मार्न प्रयोग हुने तार, रड र बाँसको भाटासहित उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

पक्राउ पर्नेमा वालिङ ६ थापाडाँडाका ३६ वर्षीय तिलबहादुर थापा क्षत्री, पाल्पाको रामपुर १० का ३७ वर्षीय दीपेन्द्र अधिकारी, पर्वतको पैयुँ घर भइ हाल वालिङको तारादेवी ब्लक उद्योगमा कार्यरत २० वर्षीय अनिल चौधरी र कञ्चनपुरको बेलौरी ६ घर भइ हाल वालिङमा ब्लक उद्योगमा काम गर्ने ६० वर्षीय बलदेव राना हुन् । घटनाको अनुसन्धान भइरहेको सूचना अधिकारी प्रहरी निरीक्षक पावलसिंह लामाले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 142 times, 1 visits today)

epaper

ताजा समाचार

प्रधानमन्त्री शाहले असोज ८ गते राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने