मलंगवामा जारी निषेधाज्ञा लम्बियो

सर्लाही । सर्लाहीको सदरमुकाम मलंगवामा जारी गरिएको निषेधाज्ञा लम्बिएको छ । निषेधाज्ञा शनिवार जारी भएको थियो, आज बिहान सकिएको थियो, पुनः जिल्ला प्रशासन कार्यालयले आजबाट २७ गते राती १२ बजेसम्मको लागि निषेधाज्ञा आदेश जारी गरेको छ । आज जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै मलंगवा नगरक्षेत्र (पूर्वमा झिम नदी, पश्चिम मुसैली नहर, दक्षिणमा नेपाल भारत सिमा क्षेत्र र उत्तरमा अस्थाई प्रहरी चौकी- बाबा पेट्रेल पम्प) सिमा क्षेत्रसम्म प्रमुख जिल्ला अधिकारीले भदौ २७ गतेसम्म निषेधाज्ञा आदेश जारी गरेको छ ।

निषेधाज्ञा लगाइएको क्षेत्रभित्र कुनै प्रकारको भेला हुन नपाउने, जुलुस गर्न नहुने, बैठक वा प्रदर्शन वा पोष्टर पर्चा जस्ता प्रचार सामग्री टास्न वा लेख्न नपाइने गरी स्थानिय प्रशासन ऐन २०२८ अनुसार निषेधज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले जानकारी दिए । अहिले सर्वपक्षिय बैठक बस्दै छ, अवस्था समान्य भए पनि कुनै किसिमको गतिविधि नगर्नलाई २७ गते सम्म निषेधाज्ञा जारी गरिएको प्रजिअ आदवले बताए ।

शुक्रवार राती कृष्ण जन्माअष्ट्मीको मूर्ति सेलाउन जाने क्रममा दुई समुदायबीच झडप हुँदा मलंगवा बजार क्षेत्रमा शान्ति अवस्था बिग्रेको थियो । स्थिती नियन्त्रण लिन प्रहरीले १६ सेल अश्रुग्यास र एक राउन्ड हवाई फायर गर्नु परेको थियो । सोही विवाद सम्बन्धी विषयलाई लिएर साविक मलंगवा नगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी ढुङ्गामुढा प्रहार गरि विरोध प्रदर्शन हुन थालेपछि सर्वसाधारणको सुरक्षालाई मध्यनजर गर्दै, कर्फ्यू आदेश जारी गरिएको थियो ।

शनिवार विहानै देखी भएको सार्वजनिक सम्पतिको तोडफोड, आगजनी, ढुुङ्गामुढा प्रहार, उत्श्रृङख्ल गतिविधि लगायतका विरोध प्रदर्शनका कारण सर्वसधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवम् शान्ति भंग हुन जान सक्ने स्थिति देखिएकोले कफ्रर्यू लगाइएको थियो ।

क्फ्र्यू शनिवार बेलुका ५ बजेदेखी सुरु भई २७ गते राती १२ बजेसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) (१) (३) बमोजिम जारी गरिएको जिल्ला प्रशासन कर्यालय सर्लाहीले जनाएको छ । कफ्र्यू आदेशको उल्लंघन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले आवश्यक्ता अनुसार बल प्रयोग गरी कानून बमोजिम कारवाही समेत गर्न सक्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 244 times, 1 visits today)

epaper

ताजा समाचार

भेनेजुएली पूर्वराष्ट्रपति मादुरोका २ तस्बिर सार्वजनिक