करणी गरेको आराेपमा २ पक्राउ

काठमाडाैं । बाँके र बर्दियाबाट बलात्कारकाे आराेपमा दुईजना पक्राउ परेका छन् ।

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके बैजनाथ गाउँपालिका-८ पिपिरी बस्ने २१ वर्षीय गणेश सुस्लिङ मगरलाई प्रहरीले पक्राउ गरेको छ । मगरले ती बालिकालाई ललाई फकाई गत आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

 २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दिया बारबर्दिया नगरपालिका-६ धामपुर बस्ने ३२ वर्षीय कपिल गिरीलाई प्रहरीले पक्राउ गरेको छ । गिरीले ती महिलालाई विभिन्न किसिमको धाक धम्की देखाई विभिन्न मितिमा पटक-पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय जयनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

तपाइको प्रतिक्रिया
(Visited 119 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

लुकेका ललिता निवासहरू

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
लुम्बिनीका सबै स्थानिय तहमा संयुक्त संयन्त्र बनाउने गठबन्धनको निर्णय (निर्णयसहित)