उदयपुर । चिकित्सकहरु माथि कुटपिट हुँदा समेत सुरक्षा नपाएको भन्दै उदयपुरका सबै अस्पतालका चिकित्सकहरुले आकस्मिक बाहेक सेवा ठप्प पारेको छ ।
गत भदौं २७ गते मकवानपुरको हेटौडा – १ स्थित सञ्चो अस्पतालमा कार्यरत चिकित्सक बिकास थापा र चिकित्सक प्रशान्त बिडारी माथि गरिएको साङघातिक हमलाको बिरोध जनाउँदै सो घटनाको घोर निन्दा गर्दै स्वस्थ्य संस्था जस्तो संवेदनसिल क्षेत्रमा यस्ता किसिमको गतिबिधि जुनसुकै अस्पताल र जो सुकैलाई जति बेला पनि पर्न सक्ने भएकाले अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मि, तथा कर्मचारीहरुलाई सुरक्षाको प्रत्याभुति नभएकाले दोषिलाई कारबाही नभए सम्मका लागि मानसिक रुपमा विक्षप्त अवस्थामा हामी बिरामी हेर्न असमर्थ रहेको जानकारी गराउँदै आकस्मिक बाहेकको सम्पूर्ण सेवा ठप्प पारेको छ ।
गत बुधवार हेटौँडाको सञ्चो अस्पतालमा कार्यरत दुई जना चिकित्सक माथि एक समूहले आक्रमण गरेपछि ज्यानको असुरक्षा रहेको भन्दै यहाँका अस्पतालका चिकित्सकहरूले सेवा ठप्प पारेका हुन् । उदयपुरको सबै अस्पतालका चिकित्सकहरू आन्दोलनमा उत्रेका छन् । जिल्ला भरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा ठप्प गरेर चिकित्सकहरूले दोषी माथि कारबाही नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।
पीडित डा.प्रसान्त बिडारी र डा. बिकास थापाले प्रहरीमा उजुरी दिन जाँदा उजुरी दर्ता गराउनुको साटो सहमतिमा आउन दबाव दिएको बताए । ज्यान मार्ने उद्योग अन्तर्गत जाहेरी दिन खोज्दा उल्टै प्रहरीले दोषीलाई संरक्षण गरेको भन्दै ज्यानको जोखिम महसुस भएपछि काम गर्ने वातावरण नभएको पिडित चिकित्सकहरुको भनाई रहेको थियो ।
गत साउन २२ मा मकवानपुर पदमपोखरीका एक जना डेङ्गी सङ्क्रमित बिरामीलाई उपचारका लागि सञ्चो अस्पतालमा भर्ना गरिएको थियो । तर, थप उपचारका लागि भन्दै अस्पतालले बिरामीलाई २३ गते बिहानै चितवनस्थित चितवन मेडिकल कलेजमा रेफर गर्यो । उपचारको क्रममा बिरामीको साउन २५ गते मृत्यु भएको थियो ।
बिरामीको मृत्यु पछि तीनका आफन्तले अस्पतालमा आएर विस्तृत बुझेर गएको थियो । बिरामीको हरेक मेडिकल अवस्थाको ’boutमा हामीले त्यतिबेलै आफन्तलाई बुझाएका थियौं र उहाँहरू त्यसमा सहमत भएरै फर्कनु भएको थियो ।
अचानक एक महिनापछि सुनियोजित तरिकाले चिकित्सकद्धय बिडारी र थापा माथि आक्रमण हुँदा हामी सबै चिकित्सकहरू असुरक्षित भएकाछौं भन्दै यहाँका चिकित्सकहरुले प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गरि जिल्ला प्रशासन कार्यालय उदयपुरमा निवेदन दिर्दै आकस्मिक बाहेक सेवा ठप्प पारेको छ । उनीहरुले दोषीलाई कारबाही र सुरक्षाको प्रत्यभुति नभएसम्म नियमित काममा फर्किन नसकिने जनाएका छन ।






