काठमाडौं । ‘थकाली जातिको इतिहास’ अब पुस्तकमा आउने भएको छ । थकाली अनुसन्धान केन्द्रको सँयोजकत्वमा यो पुस्तक प्रकाशन हुने भएको छ । केन्द्रको थकाली सेवा समाज बालाजु काठमाडौंमा सम्पन्न विशेष बैठकले ‘थकाली जातिको इतिहास’ पुस्तक प्रकाशनको निर्णय गरेको हो ।
थकाली अनुसन्धान केन्द्रका अध्यक्ष नरेशकुमार तुलाचनका अनुसार यो पुस्तकमा थकालीहरुको विस्तृत इतिहाँस समेटिने भएको छ । यो पुस्तक लेखनको लागि नदिपुर पोखराका थकाली संस्कृति इतिहास विज्ञ प्राध्यापक ज्योती (खुनरा) भट्टचनलाई बैठकले अनुबन्धित गरेको पनि अध्यक्ष तुलाचनले जानकारी गराएका छन् ।
समितिले दुईवर्ष भित्र इतिहास लेखन सम्पन्न गरी थकाली अनुसन्धान केन्द्रलाई बुझाउने शर्तनामा अनुबन्धित गरेको समितिका सदस्य सचिव शुशिला शेरचनले बताए ।
सो समारोहमा थकाली समुदायको संस्कृति ज्ञाता केशव नारायण भट्टचन, थकाली सेवा समाज जापानका पूर्व अध्यक्ष चन्द्र भट्टचन, केन्द्रीय अध्यक्ष एवम् अनुसन्धान केन्द्रका सल्लाहकार कृष्णकुमारी शेरचन, पूर्व केन्द्रीय अध्यक्ष एवम् थकाली अनुसन्धान केन्द्रका सल्लाहकार खगेन्द्र भट्टचन, थकाली अनुसन्धान केन्द्रका सल्लाहकार डा.ज्योति शेरचनले आफ्नो भनाई राख्दै थकाली जातिको इतिहास लेखिने कार्यको कार्यक्रममा स्वागत गरे ।
यस्तै थकाली सेवा समिति नेपालका केन्द्रीय अध्यक्ष तथा सो संस्थाका संरक्षक गजेन्द्र तुलाचनले थकाली समुदायको इतिहास’bout संक्षिप्त रुपमा प्रकाश पार्दै प्रा.ज्योति भट्टचनले समयमै थकाली इतिहास लेखन कार्य सम्पन्ने गर्नेमा आफुहरु विश्वस्त भएको बताए ।
थकाली अनुसन्धान केन्द्रले संकलन गरेको थाक सातसय १३ मुखियाको मातहतमा रहेको प्राचीन ताम्रपत्र र विभिन्न पाण्डुलिपि दस्तावेजसहित विभिन्न कागजात अनुसन्धानकर्ता प्राध्यापक ज्योती भट्टचनलाई पुस्तक लेखनको लागि प्रदान गरियो ।