साउदीमा गैरकानुनी कामदारमाथि धरपकड तीव्र

दोहा । साउदीले गैरकानुनी कामदारमाथि धरपकड तीव्र पारेसँगै थप १५ हजार ८ सय १२ जना आप्रवासी नागरिक पक्राउ परेका छन् । एक साताभित्र राज्यका विभिन्न क्षेत्रबाट रेसिडेन्सी, श्रम ऐन र सीमा सुरक्षा नियम उल्लंघन गर्ने १५ हजार ८ सय १२ जना कामदार पक्राउ परेका हुन् ।

केही नेपालीसहित झन्डै १६ हजार कामदार पक्राउ

साउदीको गृह मन्त्रालयका अनुसार ७ देखि १३ सेप्टेम्बरसम्म एक साताको अवधिमा सुरक्षा बलका विभिन्न इकाइले राज्यभर गरेको संयुक्त फिल्ड अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा रेसिडेन्सी प्रणाली उल्लंघन गर्ने ९ हजार ८ सय १, सीमा सुरक्षा नियम उल्लंघन गर्ने ३ हजार ८ सय ४ र श्रम कानुन उल्लंघन गर्ने २ हजार २ सय ७ रहेका छन् ।

राज्यमा सीमा पार गर्न खोज्दा ८ सय २७ जना व्यक्ति पक्राउ परेका थिए । जसमा ६१ प्रतिशत यमनी, १८ प्रतिशत इथियोपियाली र २१ प्रतिशत अन्य राष्ट्रियताका थिए भने ४५ उल्लंघनकारीहरू साउदी अरेबियाबाट बाहिर जानका लागि सीमा पार गर्न खोज्दा पक्राउ परेका थिए ।

यीमध्ये कानुन उल्लंघन गर्नेलाई ओसारपसार गर्ने र आश्रय दिने १५ जनालाई पनि सुरक्षा बलले पक्राउ गरेको मन्त्रालयलाई उद्धृत गर्दै साउदी गजेटले जनाएको छ । यी सबैलाई सजाय तथा कानुनी प्रक्रिया पु¥याएर देश निकाला गरिने साउदी मन्त्रालयले जनाएको छ ।

घुसपैठ गर्ने, राज्य प्रवेशमा सहजीकरण गर्ने, ढुवानी, आश्रय दिने, कुनै सहयोग वा सेवा प्रदान गर्नेलाई १५ वर्षसम्म कैद र अधिकतम १० लाख साउदी रियाल जरिमानाको सजाय हुने त्यहाँको गृह मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय साउदीले भिसाको म्याद सकिएर लुकिछिपी बस्ने आप्रवासीलाई लक्षित गरी धरपकड अभियान तीव्र पारेसँगै गैरकानुनी रूपमा त्यहाँ कार्यरत सयौं नेपाली पनि पक्राउ परेका र हाल उनीहरूलाई जेलमा राखिएको छ । पक्राउ परेकालाई जेल अवधि समाप्त गरेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी डिपोर्ट गर्ने गरिएको छ ।

जेद्धामा २२ नेपालीलाई एक्जिट भिसा
साउदी अरबको जेद्धामा २२ नेपालीले एक्जिट भिसा प्राप्त गरेका छन् । महावाणिज्य दूतावास जेद्दामार्फत बहिर्गमन भिसा (एक्जिट भिसा)को प्रक्रिया गरिएकामध्ये २२ जनाको एक्जिट भिसा प्राप्त भएकाले चाँडोभन्दा चाँडो नेपाल फर्कन अनुरोध गरेको छ ।

गैरकानुनी तथा अलपत्र नेपालीहरूले आफ्नो मोबाइलमा एक्जिट भिसा लागेको म्यासेज आएको छैन भने दूतावासमा आएर आफ्नो एक्जिट भिसाको पेपर लिएर जान दूतावासले अनुरोध गरेको छ ।

एक्जिट भिसा लागेको म्यासेज मोबाइलमा आइसकेको हुँदा विमानस्थलमा त्यही म्यासेज देखाउँदा हुने एक्जिट पेपर लिनका लागि दूतावासमा आइरहनु नपर्ने दूतावासले जनाएको छ । एक्जिट भिसा प्रोसेसिङ् निःशुल्क हुनेछ । यसबापत कति पनि रकम कहीँ पनि बुझाउनु नपर्ने जनाइएको छ । तर, एक्जिट भिसा आइसकेपछि नेपाल फर्किने हवाई टिकट व्यक्ति स्वयंले व्यवस्था गर्नुपर्नेछ ।

साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (इकामा) नबनाइएका वा नवीकरण नगरिएका नेपालीलाई स्वदेश फर्काउन आवश्यक बहिर्गमन भिसाका लागि सम्बन्धित साउदी निकायमा अनुरोध गरिएको थियो ।

अवैध रूपमा साउदीमा रहेका आप्रवासी कामदार स्वदेश फर्कनुपरे अनिवार्य रूपमा एक्जिट भिसा आवश्यक पर्छ । एक्जिट भिसा नभएसम्म कामदार स्वदेश फर्कन पाउँदैनन् । सम्बन्धित मुलुकको दूतावासले अनुरोध गरेपछि साउदी सरकारले एक्जिट भिसा उपलब्ध गराउने गर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 74 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नेपाल आउँदै एमसीसी प्रमुख कार्यकारी अधिकृत अल्ब्राइट

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
चन्दननाथकि उपप्रमुखको घोषणा विपन्न र असहायका लागि सुविधा खर्च गर्ने घोषणा