असल आचरणमा शिक्षा कहाँ चुक्यो ?

त्यसो त हाम्रो शिक्षा हरेक क्षेत्रमा कमजोर भएको सर्वत्र महसुस भएको छ । शिक्षा गुणस्तरीय भएन । रोजगारमैत्री भएन । वैज्ञानिक भएन । जीवन उपयोगी भएन । व्यावसायिक भएन । अनुसन्धानमूलक भएन । आदि इत्यादि विषयमा प्रश्नहरू उठेका छन् । उल्लेखित क्षेत्रहरूभन्दा अझै महत्वपूर्ण पाटो त शिक्षाले अनुशासित, कर्तव्यनिष्ठ तथा असल चरित्र भएका नागरिक उत्पादन गर्न नसक्नु हो । हाम्रो समाजमा झन्पछि झन् अराजक व्रिmयाकलाप बढ्दै गएको अग्रजको ठहर छ ।

अहिले समाजमा अविश्वास, बेमेल, बेइमानी, भ्रष्टाचार, आर्थिक अनियमितता, कमिसन, दलाली, तस्करी, साइबर अपराध, सम्बन्धबिच्छेद, ठगी, जस्ता कुराहरू शिक्षित नागरिकबाट नै बढी हुने गरेको अवस्था छ । समाजका अपठित किसान, मजदुर, भरिया गोठालाबाट केही अपवादबाहेक उल्लेखित घटनाहरू भएका छैनन् । शिक्षित नागरिकबाट नै उल्लेखित कार्यहरू हुने गरेको वास्तविकताले देशको शिक्षा प्रणालीले असल चरित्र भएका नागरिकहरू उत्पादन गर्न नसकेको प्रस्ट हुन्छ ।

समाजशास्त्री कुकले मानिस जन्मदा असामाजिक प्राणीका रूपमा जन्मिएको हुन्छ, उसलाई सामाजिक बनाउने काम घर, परिवार, समुदाय र शिक्षालयको हो, भन्छन् । अर्का समाजशास्त्री ड्रेभरका अनुसार सामाजिकीकरण एउटा यस्तो प्रक्रिया हो, जसका माध्यमबाट एक व्यक्ति उसको सामाजिक वातावरणसँग समायोजित हँुदै जान्छ भन्ने धारणा राखेका छन् । उल्लेखित भनाइलाई आधार मान्ने हो भने समाजबाट आजका बालबालिका असल आचरण निर्माण गर्दै सामाजिकीकरण भइरहेका छन् कि छैनन् ? भन्ने कुराको समीक्षा गर्नुपर्ने हुन्छ । यसो गर्दा बालबालिकामा असल चरित्र निर्माण गराउन एकातिर समाज चुकिरहेको देखिन्छ छ भने अर्कोतिर देशका शिक्षालयको भूमिका कमजोर देखिन्छ ।

बालबालिकाले घर, परिवार र समुदायका अग्रजबाट नै ज्ञान आर्जन गर्ने हो । व्यवहार सिक्ने हो । जीवनशैली पुस्तान्तरण हुने हो । आजका बालबालिका तथा किशोरकिशोरीको आनिबानी, आचरण तथा कार्यशैलीप्रति अभिभावक स्वयं सन्तोष नभएको अवस्था छ । छोराछोरीहरूलाई विद्यालयमा पढाउँदै गरेकी अभिभावक पवित्रा भन्छिन्, ‘बालबालिकाले न त घरको काममा स्वतस्पूmर्तरूपमा सघाउँछन्, न त खेतबारीको काम गर्न मन पराउँछन् । छोरीछोरीलाई सकीनसकी महँगो शुल्क तिरेर पढाउनु पर्दछ । व्यबहारिक ज्ञान भएन ।’

छोराछोरीको पढाइको खर्च जुटाउन विदेश गएका श्रीमानको स्मरण गर्दै पवित्रा थप्छिन्, ‘शिक्षालयको काम किताब पढाउने, स्तरवृद्धि गराउने र प्रमाणपत्र वितरण गर्नमा सीमित हुुनुहुँदैन । अहिलेका बालबालिका बिहान सबेरै उठ्ने, घरमा वुबा, आमा वा अभिभावकलाई सघाउने, आज्ञाकारी हुने, आफ्नो काम आफंै गर्ने, पारिवारिक पृष्ठभूमि किसान छ भने पशुपन्छी पालन, खेतखलो वा कृषिसम्बन्धी काममा सघाउने जस्ता कार्यहरू गर्दैनन् । मोबाइल, इन्टरनेट र यससँग जोडिएका सञ्जालमा रमाउन पाए खुसी हुन्छन् ।’

असल आचरणबिना अनुशासन, सामाजिक सद्भाव र सहिष्णुमैत्री व्यवहार कमजोर हुन्छ

चियाको कपसँगै पवित्रासँगको संवादको प्रसँग सुन्दै गरेका कृष्ण दाइ भन्छन्, ‘शिक्षालयमा अध्ययन गर्ने बालबालिकामा विद्यालयले नैतिक संस्कार, घरको कामको महत्व, स्वावलम्बन हुने बानी तथा मानवीय मूल्य र मान्यताहरू सिकाउन सकेन । समाजमा सँगै बस्न, सँगै काम गर्न, सबैको हितमा सक्रिय हुन, एकले अर्काको सम्मान गर्न, हरेक जातजाति, भाषाभाषी समुदायबिच सबैका सामाजिक मूल्य, मान्यता, संस्कृति, चलन र प्रचलनलाई स्वीकार गर्न सक्ने क्षमता र उदार व्यवहारको विकास गराउन हाम्रो शिक्षा कमजोर देखिन्छ ।’ कृष्ण दाइले दिक्क हुँदै भने, ‘अहिले आप्mनै छोराछोरीबाट बुबाआमालाई बढेसकालमा वृद्धाश्रममा पु¥याएका खबरहरू सामाजिक सञ्जालमा देख्दा, पढ्दा र सुन्दा दिक्क लाग्छ । छोराछोरीलाई बढेस कालको सहारा मान्दै आएको हाम्रो समाजमा पारिवारिक सम्बन्धको अभ्यास बिगिँ्रदै गएको छ । सकी नसकी ऋण धन गरेर पढाएका आप्mनै सन्तानबाट अपहेलित हुनुपरेका मातापिताको मन कस्तो हँुदो हो ? आप्mना सन्ततिबाट प्राप्त हुने पीडाको वर्षा योभन्दा बढी के हुन सक्दछ ?’ यसो भन्दा कृष्ण दाइको अनुहार उदास देखिन्थ्यो ।

माथि उल्लेखित पवित्रा बहिनी र कृष्ण दाइ समाजका प्रतिनिधि पात्रहरू हुन् । उनीहरूको भनाइ र आजको समाजको चरित्रबिच तादात्म्यता देखिन्छ । अहिले समाजमा अनेक प्रकारका अपराध बढ्दोक्रममा छन् । लागूपदार्थ दुव्र्यसनी तथा कुलतमा लाग्ने युवापुस्ताको संख्या दिनानुदिन बढिरहेको छ । शिक्षित छोराछारीबाट नै वृद्घ मातापिताहरू अपहेलित हुनुपरेका घटनाहरू बढिरहेका छन् । उल्लेखितलगायतका असामाजिक तथा अमर्यादित कार्यहरू असल आचरणको अभावमा हुने गर्दछन् । यसरी हेर्दा हाम्रो शिक्षा प्रणाली असल आचरण भएका शिक्षित उत्पादन गर्न चुकेको देखिन्छ ।

प्र्रकृतिवादी दार्शनिक रुसोले शिक्षालाई आचरण निर्माणको माध्यम हो भनेका छन् । आचरण मानिसको भूषण मात्र होइन कुल भूषण हो । मानिसमा नैतिक आचरण, असल बानीव्यबहार तथा असल संस्कार भएन भने परिवार मात्र होइन समाज र सिँगो देशलाई हानि पुग्दछ । अहिले पाठ्यव्रmम तथा तहगत पाठ्यपुस्तकमा नैतिक शिक्षाको विषयवस्तुलाई समेटिएको छैन । आजका कलिला बालबालिकामा असल आचरण निर्माण गर्न राज्यले आवश्यक नठानेको हो कि ? असल आचरणबिना उत्पादन हुने डाक्टर, इन्जिनियर, पाइलट, शिक्षक, प्राध्यापक, वैज्ञानिक, लेखक, पत्रकार, सम्पादक, पाठ्यक्रमविद्, राजनीतिज्ञ, नीतिनिर्माता, प्रशासक, कूटनीतिज्ञ, दार्शनिक, विचारक, कृषक, उद्योगी, व्यापारी, साहू, महाजन आदि व्यक्ति तथा व्यक्तित्वमा असल आचरण नभएमा समाज कसरी चल्दछ ? सम्बन्धित संघसंस्था कसरी मर्यादित हुन सक्दछन् ? सक्दैनन् । त्यसैले अहिले समाजका हरेक क्षेत्रहरू लथालिंग अवस्थामा छन् । तसर्थ, राज्यले अवलम्बन गरेको शिक्षा प्रणालीबाट अनुशासासित, मर्यादित तथा विवेकी जनशक्ति उत्पादन गर्ने मोडेलको हुनु अनावश्यक छ । असल चरित्र निर्माण शिक्षाको पहिलो प्राथमिकता हो ।

राज्यले शिक्षामा ठुलो लगानी गरेको छ । यो लगानी उत्पादनमुखी हुन नसकेका बेलाबखतमा राज्यका निकायको नै भनाइ आउने गरेको छ । अनुशासनबिनाको शिक्षा वास्ना नभएको पूmल जस्तो हुन्छ । इन्जिन नभएको गाडी जस्तो हुन्छ । साँच्चै समाजमा उच्च तहसम्म अध्ययन गरेको जनशक्ति चरित्रवान् छ त ? छैन भने सभ्य, अनुशासित, कर्तव्यनिष्ठ, इमानदार नागरिक उत्पादन गर्न राज्य कहाँ चुक्यो ? पाठ्यव्रmम निर्माणमा चुक्यो कि ? पाठ्यपुस्तको विषयवस्तु छनोटमा ? अर्थात् शिक्षण सिकाइमा र अभ्यासमा ? यसको खोजी गर्न ढिला गर्नुहुँदैन ।

अविश्वास, बेमेल, बेइमानी, भ्रष्टाचार, कमिसन, दलाली, तस्करी, साइबर अपराध, सम्बन्धबिच्छेद, ठगीजस्ता कुराहरू शिक्षित नागरिकबाट नै बढी भइरहेको छ

त्यसो त बालबालिकामा आचरण निर्माण गर्ने सवाल शिक्षालयको मात्र होइन अभिभावकको पनि हो । परिवार मानिसको पहिलो पाठशाला हो । यो पाठशालामा परिवारका सदस्यको व्यवहार, आचरण, भाषिक, धार्मिक, सांस्कृतिक, सांस्कारिकलगायतका अभ्यासले बालबालिकाको बानी, व्यवहार, अनुशासन, चिन्तनशैलीका साथै चरित्र निर्माणमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । अभिभावकले छोराछोरीलाई आफूभन्दा ठूलालाई आदर गर्न, सानोलाई माया गर्न, सहयोगी भावनाको विकास गर्न, इमानदार हुन, आप्mनो काम आफैं गर्न, स्वाबलम्बी बन्न र छिमेकी, आफन्तजनसँग सामाजीकीकरण हुन सिकाउनु पर्दछ ।

समाजमा धन आर्जनको लागि अनैतिक काम गर्ने, कालो बजारी, तस्करी, ठगी, चोरी जस्ता कार्यहरूगरी सम्पति कमाउने अभ्यास बढ्दो छ । देशको आर्थिक नितिको तेस्रो खम्बा सहकारीमा ठगी प्रकरण बढ्दो छ । नियमन र नियन्त्रण गर्ने राज्यका संयन्त्र गैरजिम्मेवार छन् । नेपाल सरकारबाट दर्ता भएर चलेका सहकारीलाई सरकारले नियन्त्रणमा हुनुपर्छ कि पर्दैन ? जनताको धनको सुरक्षा हुन पर्छ की पर्दैन ? यो पनि नैतिक जिम्मेवारीको प्रश्न हो । राजनीति, प्रशासन, व्यापारलगायतका क्षेत्रहरू आलोचित छन् । देशलाई आवश्यक पर्ने शिक्षित जनशक्तिमा अनुशासन, जवाफदेहीता, कर्तव्यबोध, कल्याणकारी चिन्तन र अभ्यासको खाँचो हुन्छ । अहिले समाजमा यही खाँचो पूरा हुन सकेको छैन । समाज मै खाऊँ मै लाऊँ सुख सयल वा मोज म गरूँ । मै बाँचू मै नाचूँ अरू सबै मरून् दुर्बलहरूको आचरणगत अभ्यासमा अभ्यस्त देखिन्छ । यस सन्दर्भमा शिक्षाका औपचारिक तथा अनौपचारिक माध्यमबाट हरेक उमेर समूहका मानिसमा असल आचरण निर्माण गर्नु आजको आवश्यकता भएको छ ।

असल आचरणबिना समाजमा सहनशीलता, सामाजिक सद्भाव र सहिष्णुमैत्री व्यबहार कमजोर हुन्छ । एकातिर समाजमा सज्जन, कल्याणकारी र सर्वहिताय चिताउने नागरिकको अभाव हुँदै गएको अवस्था छभने अर्कोतिर श्रवणकुमाररूपी छोराछारीहरू कथामा मात्र भेटिने अवस्था छ । यसैगरी, शिक्षालयमा एकलव्यरूपी विद्यार्थीहरू पाइन छाडेका छन् । समाजमा इमानदार राजनितिज्ञको अभाव छ । असल तथा चरित्रवान् शासक, प्रशासकको खडेरी छ । न्यायमूर्तिहरूको खोजी छ । यस सन्दर्भमा राज्यले असल चरित्र भएका नागरिक उल्पादन गर्न तद्अनुरूपको शिक्षा नीति, पाठ्यक्रम, पाठ्यपुस्तक निर्माण गर्नुपर्छ । नैतिक र नागरिक शिक्षालाई तहगत पाठ्यव्रmम तथा पाठ्यपुस्तकमा समावेस गर्नुपर्दछ । राज्य नैतिक तथा चरित्रवान् शिक्षित जनशक्ति उत्पादन गर्न चुक्नुहुँदैन ।

तपाइको प्रतिक्रिया
(Visited 126 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

तीनपटक सकारात्मक सर्किट लागेको सेयर बजार सयमअगावै बन्द

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बाजुराको बुढीगङ्गामा एमालेले बुथ कब्जा गरेको भन्दै कांग्रेसद्वारा पुनः मतदानको माग