सप्तरीमा असोज ३ कालो दिन

राजविराज । संविधान जारी भएको दिन ३ असोजलाई सप्तरीमा कतै उत्सव त कतै विरोध गरी मनाइएको छ ।

यस अवसरमा बुधवार विहान जिल्ला प्रशासन कार्यालयले राजविराजमा प्रभातफेरीको आयोजना गरेको छ । तीन दिवसीय कार्यक्रम अन्तर्गत अघिल्लो दिन मंगलवार सरसफाई र विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगितको आयोजना गरेको जिल्ला प्रशासन कार्यलयले दोश्रो दिन बुधवार प्रभातफेरि तथा पुरस्कार वितरण लगायतको कार्यक्रम गरेको हो ।

स्थानीय गजेन्द्र चोकबाट“संविधानको सार, शान्तिसुशासन विकास र समृद्धिको आधार, हक मात्र नखोजौ, कर्तब्य पनि पालना गरौं, संविधानको आधार, तीन तहको सरकार लगायतका नारा लेखिएको प्ले कार्ड सहित निस्केको ¥याली बजार क्षेत्र परिक्रमा पश्चात पुनःसोही स्थानमा पुगी सभामा परिणत भएको थियो ।

प्रभातफेरीमा तत्कालिन संविधान सभा सदस्य अशोक कुमार मण्डल(अमर), प्रमुख जिल्ला अधिकारी किरण थापा, नेपाल प्रहरीका प्रहरी उपरिक्षक नरेन्द्र कुमार कार्की, सशस्त्र प्रहरी उपरिक्षक धन बहादुर सिह, नेपाली सेना बरखगणका गणपती रमेश पाण्डे, जिल्ला समन्वय समितीका प्रमुख शिव नारायण साह, नागरीक समाज सप्तरीका अध्यक्ष थानसिह भन्साली, राष्ट्रिय अनुसन्धानका निर्देशक सुरेन्द्र कोइराला, डिभिजन बन कार्यालयका प्रमुख हेमन्त प्रसाद साह, राजविराज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णु गुरुङ्ग, नेपाली काँग्रेसका सचिव सनत मण्डल, नेकपा एकिकृत समाजवादीका अध्यक्ष प्रताप नारायण चौधरी सहित विभिन्न विद्यालयका छात्रछात्राहस्रुको सहभागिता रहेको थियो ।

यता लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) सप्तरीले असोज ३ लाई कालो दिन भन्दै विरोध प्रर्दशन गरेको छ । स्थानीय पार्टी कार्यालयबाट हात र टाउकोमा कालो पट्टी बाँधेर निस्कीएको जुलुश संविधानमा देखिएको त्रुटी सच्याउन र संशोधनका माँग गर्दै बजार क्षेत्र परिक्रमा गरेको थियो ।

लोसपाका जिल्ला अध्यक्ष सुनिल कुमार झाको अगुवाइमा निस्केको विरोध प्रर्दशनमा पार्टीका केन्द्रिय नेता जय प्रकाश ठाुकर, दिपेन्द्र चौधरी, गजेन्द्र मण्डल, अमरकान्त झा, पुर्व साँसद चन्द्रकान्त चौधरी, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी, राजविराज नगरपालिकाका निवर्तमान नगर प्रमुख शम्भु प्रसाद यादव, निवर्तमान उपप्रमुख साधना झा, महिला नेतृ रिना झा, प्रदेश कमिटी सदस्य ललन मिश्र, कुवँर नाथ मिश्र, युवा नेता राम सागर मण्डल लगायत ठुलो संख्यामा स्थानीय नेता कार्यकर्ताहरु सहभागि थिए ।

३ असोज २०७२ मा संविधान सभाबाट बहुमतका आधारमा संविधान जारी गर्दा तराई÷मधेशका अधिकाँश मुदा नसमेटिएको लोसपाका नेताहरुको भनाई छ । संविधान संशोधनका लागी दवाव दिने उदेश्यले ३ असोजलाई कालो दिवसका रुपमा मनाउने गरिएको र संविधान संशोधन नगरिए सम्म भविष्यमा पनि यस्ता विरोध कार्यक्रमलाई निरन्तरता दिने लोसपाका जिल्ला अध्यक्ष झाले बताए ।

संविधानको पुर्नलेखन नै हुनु पर्ने अडान राख्दै आएका मधेशको अर्काे शक्तीशाली दल जसपा भने मौन रहे । सदरमुकाम राजविराजमा सरकारीस्तरबाट गरीएको कार्यक्रममा समेत सहभागी नभएका जसपाका नेताहरु विरोधको पनि न त कुनै कार्यक्रम आयोजना गरे न त सहभागी भए ।

बुधवार नै नेपालको लागी नेपाली पार्टी, नेपाल पिछडा वर्ग किसान महासंघ तथा श्रीराम हनुमान आराधना मण्डल नेपाल सप्तरीले वर्तमान संविधानलाई कालो संविधानको संज्ञा दिदै त्यसको खारेजी तथा राजसंस्था सहितको हिन्दु राष्ट्र घोषणाको माँग गर्दै प्रर्दशन गरेको छ ।

स्थानीय शिव मन्दिरको प्राङ्गनबाट “असोज ३ कालो दिन, २०७२ को संविधान खारेज गर, राज संस्था सहितको हिन्दु राष्ट्र घोषणा गर, गौ हत्या बन्द गर, २०४७ को संविधान पुर्नस्थापना गर लगायतका नाराबाजी गर्दै संयौको संख्यामा राजवादीहरु नगरको विभिन्न भागको परिक्रमा गरेका थिए ।

प्रर्दशनमा गाउँ गाउँबाट आएका साधु सन्त र महिलाहरुको उल्लेख्य सहभागिता देखिन्थ्यो । प्रर्दशन पछि आयोजित विरोध सभामा नेपालका लागी नेपाली पार्टीका संरक्षक किशोरी महतोले वर्तमान संविधान र सरकार पुर्णरुपमा फेल भईसकेको बताए ।

वर्तमान संविधान तथा आफुलाई ठूला दल भनाउँदाहरुबाट नेपाली जनताको चाहना पुरा गर्न सम्भव नभएको बताउँदै उनले भने –“राजनितिक व्यवस्था परिवर्तनका लागी वर्तमान संविधानको खारेजी तथा २०४७ को संविधानको पुर्नस्थापनाको विकल्प छैन ।”

सभामा सहभागी वक्ताहरुले राजा सहितको हिन्दु राष्ट्र तथा संविधान खारेजीको घोषणा नभए आन्दोलन चर्काउने चेतावनी समेत दिए ।

तपाइको प्रतिक्रिया
(Visited 64 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

तीनपटक सकारात्मक सर्किट लागेको सेयर बजार सयमअगावै बन्द

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जुम्लामा चार पालिकामा काँग्रेस,दुईमा माओवादी र एकमा स्वतन्त्र विजयी