समस्यामा परेका नेपाली श्रमिकहरूको उद्धारका लागि दूतावास सकारात्मकः राजदूत सुवेदी

दोहा । साउदी अरबका लागि नेपाली राजदूत नवराज सुवेदीले समस्यामा परेका नेपाली श्रमिकहरूको उद्धारका लागि दूतावास सकारात्मक रहेको बताएका छन् ।

श्रमिक समस्या समाधानमा दूतावास र नेपाली सामुदायिक संघसंस्थाको भूमिका विषयक अन्तत्र्रिmया कार्यक्रममा बोल्दै राजदूत सुवेदीले दूतावास र क्रियाशील संघ संगठनहरूले सचेतनात्मक तथा सकारात्मक सन्देश प्रवाह गरेर समस्यालाई न्यूनीकरण गर्न सकिने बताए ।

सो कार्यक्रममा श्रम काउन्सलर देवेन्द्र कार्की र द्वितीय सचिव टीकाराम उपाध्यायले दूतावास रियादद्वारा सञ्चालित श्रमिकलाई उपयोगी अनलाइन लिंक, ब्लड मनीसम्बन्धी व्यवस्था, कम्पनीहरूबाट जरिमाना तोकिएका श्रमिकहरूको विवरण प्रस्तुत गरेका थिए ।

साउदीमा रहेका आप्रवासी नेपालीहरूको जम्मा तथ्यांक साथै (क्रमशः पुरुष, महिला र भिजिट भिसामा रहेकाहरूको अलगअलग्गै), गैरकानुनी हैसियतका श्रमिकको घर फिर्ती प्रक्रिया, जेलमा रहेका नेपालीको तथ्यांक, नेपाली श्रमिकहरूलाई तोकिएको जरिमाना र त्यसबाट बच्ने उपाय, सामाजिक सुरक्षा कोषको उपयोगिता’bout जानकारी गराइएको थियो ।

साउदीमा विभिन्न कारणले ज्यान गुमाएका व्यक्तिहरूको शव नेपाल पठाउने प्रक्रिया, लाग्ने समय, गोसी दाबी गर्ने प्रक्रिया, साथै कम्पनीहरूले पीडित बनाएका श्रमिकहरूले कानुनी उपचार लिने प्रक्रिया र कानुनी उपचारपछि आफ्नो हक लिएर स्वदेश फर्किएका नेपाली दाजुभाइको सफलताको कथासमेत कार्यक्रममा पस्तुत गरिएको थियो ।

साउदीमा कार्यरत रहेका विदेशी श्रमिकका लागि साउदी सरकारबाट सुनिश्चित गरिएको हक अधिकार’boutमा श्रमिकलाई चेतना जगाउने र परेको खण्डमा कानुनी लडाइँ बाटो देखाउने जिम्मेवारी हामी सबैको दायित्व भएको कुरामा श्रम काउन्सलर कार्कीले जोड दिएका थिए ।

द्वितीय सचिव उपाध्यायले श्रमिक समस्यामा अगुवाहरूको भूमिका श्रमिकलाई आवश्यक परामर्श दिएर समस्याको समाधान श्रमिक आफंैले पहिल्याउन उत्पेरित गराउनुपर्नेमा जोड दिए । दूतावासले त्यहाँको विभिन्न राज्यमा रहेका ठाउँमा नेपाली श्रमिकलाई लक्षित गरेर विभिन्न कार्यक्रम गर्दै आएको छ ।

पछिल्लो समय नेपालबाट म्यानपावर कम्पनीहरूले सिधै कम्पनी भनेर पठाउने तर त्यहाँ पुगेपछि सम्झौतामा एक कम्पनी र त्यहाँ अर्कै सप्लाई कम्पनी हुनेहुँदा धेरै कामदार अलपत्र पर्ने गरेका छन् । आकर्षक रोजगारीको प्रलोभनमा परी साउदी अरब पुगेर अलपत्र पर्ने नेपालीको संख्या बढेपछि दूतावासले पनि बुझेर मात्र साउदी अरब आउन अनुरोध गरेको छ ।

दूतावासले पछिल्ला दिनमा साउदी अरबमा रोजगारीमा आएका उल्लेख्य संख्याका नेपालीहरूले आफूले म्यानपावर र एजेन्टले भनेनुसारको काम र तलब नपाएको, थुप्रै पैसा तिरेर आएको तर आउनासाथ आफूले दुःख पाएको भन्ने गुनासाहरू आइरहेको जनाउँदै बुझेर मात्र आउन सचेत गराएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 133 times, 1 visits today)

epaper

ताजा समाचार

आजदेखि हेटौंडा–काठमाडौं आवतजावतमा ‘वान–वे’ रुट, आउँदा र जाँदा फरकफरक मार्ग प्रयोग गर्नुपर्ने