सहमतिपछि आचार्यको शव उठाउन आफन्त तयार

बिहीबार बिहान ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कस्थित वडा कार्यालय जाने बाटो त्रिभुवन माबिको गेट नजिकै मृत फेला परेका सुमो चालक नवराज आचार्य ।

खोटाङ । मृत अवस्थामा फेला परेको खोटाङको रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीका नवराज आचार्यको आफन्त शव उठाउन तयार भएका छन् । बिहिबार बिहान ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कस्थित वडा कार्यालय जाने बाटोमा त्रिभुवन माबिको गेट नजिकै मृत फेला परेका आचार्यको शव उठाउन आफन्त तयार भएपछि घटना मुचुल्का तयार पार्ने र पोष्मार्टम गर्ने प्रकृया अघि बढेको छ । शुक्रबार बिहान इलाका प्रहरी कार्यालय ऐसेलुखर्क र मृतकका आफन्तबीचमा घटनाको मिहिन अनुसन्धान गर्ने, दोषी पत्ता लगाएर कानुनी कारबाही गर्ने सहमतीपछि आफन्त शव उठाउन तयार भएको आफन्त दुर्वासा गेलालले बताए ।

आफन्तले घटनाको सत्यतथ्य पत्ता लगाउन र शंकास्पद व्यक्तिलाई कानुनी कठघरामा उभ्याउनका लागि शुक्रबार जाहेरी दिएका छन् । आफन्तले आचार्यको शंकास्पद मृत्यु भएको भन्दै शव उठाउन अस्वीकार गरेका थिए । आफन्तको सहमतीपछि घटना मुचुल्का उठाउने प्रकृया सुरु गरिएको छ । पोष्टमार्टमपछि शव जिम्मा लिने आफन्त यादव धमलाले बताए ।

आचार्यको शव डेरा बस्दै आएको घरको डिलमुनि अर्को घरको कुलेसोमा घोप्टो परेको, मुन्टो भाँचिएको, दुई हात दुई वटा काठको मुढोले किचेको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय ऐसेलुखर्कका प्रहरी निरिक्षक हरी बरालले बताए । आचार्यको साथमा मोबाईल र बेल्टमा बाँधिएको गाडीको चाँबी भेटिएको थियो । आचार्य ऐसेलुखर्कबाट अन्यत्र ओहोर दोहोर गर्ने सुमो चलाउँदैआएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 139 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

लुकेका ललिता निवासहरू

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा एमाले–विप्लव गठबन्धन गृहकार्य