अस्ति मात्रै २१ सेप्टेम्बर मा शान्ति दिवसको कार्यक्रममा उपस्थित भइरहँदा पंक्तिकारको मन धेरै उद्वेलित भयो र २ अक्टोबर अर्थात् १५ असोज विश्व अहिंसा दिवस आइरहेको देख्दा अचम्म पनि लाग्यो । पृथ्वी सबैको साझा घर हो, एकले अर्काको अस्तित्वलाई स्विकार्नैपर्छ । जहाँ लुट त्यहीं छुट भयो भने मानव सभ्यताको पहिचान नै कहाँ हुन्छ ? काटमार नगर्नु मात्र अहिंसा हैन, मनको हिंसा झन् कडा खालको हुन्छ । नेल्सन मण्डेलाको कथन थियो जसले अरूको स्वतन्त्रता हनन गर्छ, ऊ स्वयं स्वतन्त्र हुन सक्तैन । संसारले कहाली लाग्दो प्रथम र दोस्रो विश्व युद्धलाई बिर्सेको छैन । दोस्रो महायुद्धपछि स्थापना भएको संयुक्त राष्ट्र संघ पछि पनि अशान्तिका काला बादल देखिएकै हुन् । हिरोसिमा र नागासाकीको कहालीलाग्दो अवस्था, ११ सेप्टेम्बरको अमेरिकी ट्वीन टावरको आक्रमण, हाम्रै देशको पनि १० वर्षे सशस्त्र युद्ध, त्यसपछि पनि भइरहेको गतिविधि हेर्दा अहिंसाप्रति उत्साहित हुने अवस्था छैन । पेसाकर्मीहरू पिटिएका छन्, प्रहरीकै अभिलेखमा पनि आपराधिक घटना बढेको छ ।
हत्याका खबर दिनदिनै आइरहेका छन्, तुइन र महाकाली प्रकरण, निर्मला प्रकरण, रुकुमको नरसंहार, विगतको संखुवासभाको सामूहिक हत्याले हामीलाई गिज्याइरहेको छ । उच्च पदस्थहरू प्रायः कुटाइ नखाएका कमै छन्, ठुलो सुरक्षाको घेराभित्र रहनुपर्ने बाध्यता छ । लोकतन्त्रमा किन यस्तो हुन्छ, समाज किन यति निर्दयी भइरहेको छ ? अस्ति मात्रैको काठमाडौं तीनकुनेको घटनाले के भन्छ हामीलाई ? पद र पैसाका लागि एक मान्छेले अर्कोलाई किन विभत्स हत्या गर्छ ? हाम्रो संविधान कता जाँदै छ वा समाज कसले डोहो¥याएको छ, यसको जिम्मा किन लिइँदैन र अपराधीलाई नै दलले किन संरक्षण दिन्छन् र तिनलाई नै उपल्लो तहबाट किन आममाफी दिन्छन् ? बडो जटिल प्रश्न छन् हाम्रो समाजमा । किन प्राकृतिक, दैवी प्रकोपको अवस्था, महामारी, अनेकानेक दुर्घटना र दैनिक २० जवानको दरले आत्महत्या नचाहेर पनि हामीले हेरिबस्नु परेको छ ? मूलतः तनमा कान्ति र मनमा शान्ति किन छैन हामीसँग ?
जी–२० सम्मेलनमा दिल्ली आउँदा यूएस राष्ट्रपतिले किन सँगै कालो ब्याग ल्याए ? चीनका राष्ट्रपति आएका भए उनले पनि ल्याउँथे, किन होला ? उत्तर सजिलो छ त्यो ब्याग उनीहरूसँग हरदम रहन्छ, हेर्दा साधारण ब्याग हो तर त्यसले संसारलाई एकैपटक मार हान्न सक्छ, आणविक शक्ति छ त्यसमा । परमाणु बमको फाइनल कन्ट्रोल गर्छ त्यसले, ६ अगस्ट र ९ अगस्टको हिरोसिमा र नागासाकीकोे बमभन्दा १७ हजार गुणाले बढी शक्तिशाली छ त्यो, धर्तीमा अरू शक्ति सबै फिका हुन्छन्, त्यो बिस्कुट जस्तो छ, कोड मिलाएर राखिएको हुन्छ, एटम बम, यो यस्तो ब्रिफकेस हो जसले सबै संसारलाई नियन्त्रणमा राख्न सक्छ, त्यसैले त सुपर पावर भनिन्छ । आज रसिया र युक्रेनले के देखाइरहेको छ ? हिजो इरान र इराकले के देखाए ? इजराइल र प्यालेस्टिनीको द्वन्द्वलाई के भन्ने ? चीन भियतनाम समुद्री विवाद, चीन ताइवान अनि यूएस को फ्रि टिब्बेट धारणा, केही वर्ष अघिको अफगानिस्तान, पाकिस्तान, अनि भारतीय सिमाना लद्दाकलाई कसरी बुभ्mने ? प्रत्यक्ष अणुबम प्रहार नभए पनि शीतयुद्ध वा व्यापारिक वितण्डालाई के भन्ने ? कसको चुलो चौका सुरक्षित छ आज ? किन यति ठुलो महँगी ?
एउटा नीति छ जोसँग जे छ अरूलाई उसले दिने पनि त्यही हो । अहिंसाको मार्गले नै संसार जित्न सकिन्छ र समृद्धि धेरै टाढा हुन्न । अरूलाई दिनुको नाम नै दे उता अर्थात् देवता हो
विकासको पहिलो आवश्यकता अहिंसा र शान्ति नै त हो । क्रान्तिले युग परिवर्तन खोज्नु भूल हुनेछ र त हाम्रा वैदिक ऋषि महर्षिले अनेकानेक खोज र अनुसन्धान गरेर विश्व शान्तिको पहल गरे । पूर्वी संस्कारमै हुर्केका बुद्ध यहीं अवतरित भए । धर्मको स्थापनाका लागि युगयुगमा म पृथ्वीमा अवतरित हुनेछु भनी स्वयं ईश्वरले गीतामा भनेको छ । सबैप्रति ईश्वरीय भाव जागेर एकले अर्कोलाई सम्मान, इज्जत देओस् र सबै प्राणीले सजिलै बाँच्न पाऊन् भनेर ईश्वरले अहं सर्वेषु भूतेषु भनेको छ, भागवतमा । यसको सिधा अर्थ हुन्छ म सबै प्राणीमा अदृश्यरूपमा रहेको छु । पूर्वीय यो मूल्य र मान्यता आज संसारले खोजेको छ र त जर्मनीलगायत विकसित देशले पूर्वी धर्म संस्कृतिको धरोहर वेद र यसको स्रोत खोज्दै छ । विद्वान् म्याक्स मुलरले पूर्वीय दर्शनलाई विज्ञान किन भने होलान् ? तर, सर्वत्र गोहीको आँसु चुहिएको छ अहिले ।
विद्वान् विल्सनले भनेका छन् प्रजातन्त्रका लागि पनि यो संसारलाई सुरक्षित राख्नुपर्छ । विद्वान् रस्किनले भने ः कुनै व्यक्तिको प्रथम परीक्षा भनेको उसको नम्रता नै हो । महात्मा गान्धी शान्तिका पुजारी हुन्, अहिंसा आन्दोलनबाटै भारत स्वतन्त्र भयो । गान्धीले भनेका थिए खराब मान्छेलाई सुधार्ने मुख्य औषधि भनेको प्रेम र स्नेह नै हो । अल्बर्ट आइन्टाइनले भनेका थिए ईश्वर भ्रष्ट हुन सक्ला तर ईष्र्यालु कहिल्यै हुन्न । विद्वान् वाइरनको भनाइ छ जसले आप्mनो देशलाई माया गर्न सक्दैन उसले कसैलाई पनि माया गर्दैन । प्रसिद्ध विद्वान् गेटेको भनाइ छ राजा या रंक होस् जसले घरमा शान्ति पाउँछ उही सुखी हो ।
बाइबलको पनि भनाइ छ तिम्रो शरीर नै पवित्र आत्माको मन्दिर हो, तर हितोपदेशका कुरा हिजोआजका मानिसलाई सुन्ने फुर्सद छैन । हाम्रा ऋषि महर्षिले द्यौः शािन्तः, पृथ्वी शान्तिः, आपः शान्तिः, अन्तरिक्षः शान्तिः, औषधयः शान्तिः अर्थात् भूमि, पानी, माटो, अन्तरिक्ष, आकाश, खगोल, भूगोल, वायुमण्डल, वनस्पति सम्पूर्ण चराचर जगत् नै शान्ति चाहे । बसुधैव कुटुम्बकम् अर्थात् सम्पूर्ण बसुधा भनौं पृथ्वी नै कुटुम्ब हो भने, त्यति मात्रै नभएर ब्रह्माण्डैव कुटुम्बकम् भने आज त्यसैलाई गलोबल भिलेज भन्छौं हामी । ब्रह्माण्डभित्र समस्त शान्ति आवश्यक छ । हिंसाले हिंसा नै जन्माउने हो र अहिंसाले अहिंसा नै । एउटा नीति छ जोसँग जे छ अरूलाई उसले दिने पनि त्यही नै हो । अहिंसाको मार्गले नै संसार जित्न सकिन्छ र समृद्धि धेरै टाढा हुन्न । अरूलाई दिनुको नाम नै दे उता अर्थात् देवता हो, आपैंm लुटी खानेलाई दानव भनिन्छ । हामीले पनि समृद्धिको चाहना गरेको ८ दशक भयो तर त्यसको प्रगति खोइ त ? ८० वर्षमा अशान्तिका काला बादल कति मडारिए, कति धन जनको क्षति भयो खोज्ने फुर्सद छैन हामीलाई ।
संसारको ४ दिशामध्ये पश्चिममा ऋग्वेद, यजुर्वेदको खोजी हुँदै छ, पूर्वमा जापान, सिंगापुरमा यी मन्त्रहरू बिहानै घन्कन थालेका छन् । पूर्वीय सम्यताको खोजी गरेर पश्चिमाहरू विज्ञानको चुलीसम्म पुगे । इन्धन र यन्त्रबिना नै पूर्वीय चिन्तनको पुष्पक विमान आफैं उदाहरण छ । वेदको रोचक पक्ष वास्तुकलाको परिचय नेपालका अरनिकोले चीनमा गराएका सुनौला पक्ष हाम्रा इतिहास छन् । वेदका खानि वेदव्यासको तपस्यास्थल व्यास गुफा हामै्र तनहुँमा छ । देवघाटमा देवस्थल छ । पशुपतिमा वेदका ऋचाहरू संसारभर घन्काउने शिवजी छन् । आर्यावर्त क्षेत्र स्वर्गीय यज्ञ भूमि हो । गोकर्णमा रावण आएको, गौरीघाटमा सम्पूर्ण इन्द्र आदि देवताले तप गरेको र यो पुरै योग भूमि हो । स्कन्द पुराण, शिव पुराण, देवी भागवत, नेपाल माहात्म्ये आदि ग्रन्थले नेपालको परिचय वेदको सुरुस्थलका रूपमा दिएको छ । नेपालकै वुद्धले संसारमा अहिंसाको दीप प्रज्वलन गराए ।
सही र सदुपयोग गर्दा विज्ञान वेदमणि हुन सक्छ, पारसमणि हुन सक्छ । जैन, सिख, हिन्दु, क्रिस्चियन, मुस्लिम, बौद्ध जे सम्प्रदाय भने पनि पहिले हामी मनुका सन्तति मानव हौं, मनुष्य हौं
लुम्बिनी क्षेत्रलाई संसारले हेरेको छ । यहाँको कलाकारिता, शिल्पी, यहाँका वनस्पति, जडीबुटीहरू विदेशीका लागि खोजको विषय रहेको छ । नजिकको तीर्थ हेला भने झैं आप्mनो श्रीसम्पत्तिप्रति हामीलाई ठुलो चासो छैन । भएका प्राचीन ग्रन्थ एवं आफ्नो मौलिकतालाई हामी बिर्सदै छौं । शताब्दीयौंको संरक्षण गरेर सिंगापुरमा एसियन सिभिलाइजेसन म्युजियमले सारा एसियामा भएका सम्यतालाई उजागर गरिरहेको छ । अहिले हामीलाई वेदमा विश्वास छैन । हिड्ंदै छ, पाइला मेट्दैको अवस्था हुँदै छ । समयमै यसतर्फ विचार नगरे हाम्रै मौलिकपन भविष्यमा बाँकी रहन्न । आजको युग भौतिक युग भए पनि भक्तिबाट मात्र शक्ति प्राप्त हुन्छ ।
शुक्ल यजुर्वेदले यही बताउँछ । यसमा रहेका कर्मकाण्ड, ज्ञानकाण्ड, उपासना काण्डमा जपका विधि, ध्यान पद्धति, यज्ञ र पूजा संस्कार’bout उजागर गरिएको छ भने ज्ञानकाण्डले हामीलाई आत्मा साक्षात्कार गरी स्वको खोजी आफैंले गरी जीवले जगत्वाट जगदीश्वर पाउने विषयमा व्यापक चिन्तन गरेको छ । हाम्रो सर्वोपरि चाहना भनेको धर्म, अर्थ, काम र मोक्ष हो सत्कर्मबाट धनार्जन गर्नुपर्छ । उपासना काण्डले आत्मा, ईश्वर अनि मायाद्वारा सिर्जित र सञ्चालित विश्वको अनुसन्धान गर्ने कार्यमा जोड दिएको छ । सवै विषयवस्तुको गन्तव्य एउटै हो, जीवले लक्ष्य प्राप्ति गर्ने उपाय धेरै हुन सक्छन् । यात्रा अलग भए पनि साधनाका विविध यात्रामार्फत् साध्य प्राप्त गर्नु अन्तिम लक्ष्य हो, साध्य हो सबैको ।
साध्य प्राप्तिका क्रममा शुक्ल यजुर्वेद निकै अगाडि छ । यजुर्वेदले जीवनमा आइपर्ने समेत समस्याको निराकरणका उपाय बताएको छ । वायु प्रदूषण, ध्वनि प्रदूषण नगरी संसारलाई शान्त, सुखी बनाउन पर्यायवरणको चासो देखाएको छ । भूमि, आकाश, पाताल र समस्त वायुमण्डल शुद्ध हुनुपर्ने संकेत गरेको छ । आजसम्म चलन चल्तीमा आएका शास्त्रमध्ये वेद नै प्राचीन हो र अर्वाचीन समेत देवता र पितृ मान्नु हाम्रो परम्परा हो । सृष्टि, स्थिति र प्रलय निरन्तर चलिरहने प्रक्रिया हो । ती प्रक्रियाका पात्र मात्रै हौं हामी हिजो ईश्वर थियो हामी थिएनौं आज ईश्वर छ, हामी छौं भोलि हामी रहन्नौं तर, ईश्वर सदैव रहन्छ । मानव मस्तिष्कको स्रोत भन्नु ईश्वर हो । ईश्वर प्रदत्त मानव मस्तिष्कको उपज भन्नु विज्ञान हो । सही र सदुपयोग गर्दा विज्ञान वेदमणि हुन सक्छ, पारसमणि हुन सक्छ । जैन, सिख, हिन्दु, क्रिस्चियन, मुस्लिम, बौद्ध जे सम्प्रदाय भने पनि पहिले हामी मनुका सन्तति मानव हौं, मनुष्य हौं । मानव धर्मको पहिचान भएन भने सम्प्रदाय विशेषमा रुमल्लिएर मात्र ईश्वर पाइने होइन ।
फलाममय जगत्लाई पारसमणिका रूपमा प्रयोग गर्न सक्नु मानव हितअनुकूल छ । संसार नरमाइलो छैन, बुझाइ मात्र फरक हो । सूर्य, गणेश, शिव, विष्णु, देवीशक्ति संसारकै हुन् । हाम्रो मात्रै पनि होइन, अरूको मात्रै पनि होइन । वेद अमूल्य धन हो पैत्रिक संपत्ति हो, संरक्षण चाहेको छ केवल हाम्रो भूमिबाट बस् यत्ति मात्रै हो, कारण यो भूमि तपो भूमि, योग भूमि हो, अन्य भूमि कर्म भूमि, भोग भूमि मात्र पनि हुन सक्छ । सामवेदको विशालता शव्दले सिमांकन गर्न सकिन्न । पूर्वार्चिक र उत्तरार्चिक गरी यो दुई खण्डमा विभाजित छ । अथर्ववेदका ३ संहिता अर्षी, आचार्य र विधि प्रयोगमा छ । अर्षी संहिताले वेद मन्त्रको शुद्धताले सिद्धि प्राप्त हुने कुरामा जोड दिएको छ भने आचार्य संहिताले विभिन्न मानव संस्कार’bout वर्णन गरेको छ । त्यस्तै विधि प्रयोग संहिताले कुनै कार्य, जप, पाठ, पूजा गर्दा संकल्प गरेर गरे मात्र सिद्धि फल प्राप्ति हुने कुरामा जोड दिएको छ । अथर्ववेदले वित्तीय व्यवस्था, कृषि, उद्योग तथा गोधन, पशुधन, सम्पूर्ण आर्थिक समृद्धिको पूर्वाधार तयार गर्नुपर्ने’bout चासो दिएको छ, हामीले किन बिर्सेको ?






