विद्यार्थीको भविष्यसँग खेलवाड नगर्न अखिल उपाध्यक्ष मैनालीको चेतावनी

काठमाडौं । अखिल(क्रान्तिकारी)का उपाध्यक्ष जीपी मैनालीले कडा आपत्ति जनाएका छन । मंगलबार पुल्चोक क्याम्पसका ६ जना बिभागिय प्रमुखले बिज्ञप्ति निकाल्दै बिध्यार्थी संगठनहरुलाई क्याम्स चलाउ भनेकोमा मैनालीले प्रतिवाद गरेका हुन ।

मैनालीले प्राध्यापकहरूको हैसियत र सोचमाथि पनि प्रश्न उठाएका छ्न । ‘ईन्जिनियरिङ अध्ययन संस्थान’ हो कि ‘एकान्तकुनाको यातायात कार्यालय’ ?? बस व्यबसायीसंघ संचालक समितिका सदस्यहरु जस्ता किन देखिन थाले पुल्चोक मुख्यालयमा बडे बडे कुर्सिमा बस्नेहरु! लाज ढाक्नुस !” उनले भनेका छन,”प्रतिष्ठित अध्ययन संस्थान नै बदनाम हुन थाल्यो ! गैर जिम्मेवारीपनले हद पार गर्न लागेन र ?”

हरेक बर्ष झैं प्रवेश परिक्षाकाबेला बिभिन्न समश्या देखाउँदै समयमा परिक्षा लिन असफल आइओई प्रशासन यसपाली पनि महिनौंदेखी समश्यमा रमल्लिएको छ । मैनालीले बिभागिय प्रमुखहरुको कदमलाई गैर जिम्मेवारीपनको हद भनेका छन ।

लामो समयदेखी शुल्क बृद्धिसँग सम्बन्धि बिबादमा अल्झिएको आइओई ले यो बर्ष प्रवेश परिक्षा सँचालन गर्न नसक्दा अभिभावक सहित करिव १५००० बढी बिध्यार्थी चिन्तित छन भने ,मुलुकमा शैक्षिक वातावरण नभएको भन्दै बिध्यार्थी बिदेशी विश्वबिध्यालयमा जानेक्रम तिब्र भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 83 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

खाली पर्खालमा स्थानीय कला, संस्कृति झल्काउने पेन्टिङ गर्दै धनगढी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीका दुई पलिकामा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी विजयी