रिगलकाे आममाफीविरुद्ध परेकाे रिट न्यायाधीश शर्माको इजलासमा

काठमाडौं । नेपालगञ्जका योगराज ढकाल‘रिगल’को कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनमाथि सुनुवाइका लागि बिहीबार पेसी तोकिएको छ। न्यायाधीश मनोजकुमार शर्माको एकल इजालसमा सुनुवाइका लागि पेसी तोकिएको हो । रिगलले खुँडा प्रहार गरेर नेपालगञ्जका चेतन मानन्धरको हत्या गरेका थिए ।

चेतनकी पत्नी भारती शेर्पाले गत आइतबार रिगलको कैद सजाय मिनाहाविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिएकी थिइन् । आफ्ना पतिको जघन्य हत्यामा संलग्न ढकालको कैद सजाय माफी मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर गरेर उनलाई फेरि कैदमा पठाउन भारतीले माग गरेकी छन् ।

उनले ढकालको कैद मिनाहाको सिफारिस गर्ने जिल्ला कारागार र जिल्ला प्रशासन कार्यालय दाङ, गृह मन्त्रालय, महान्यायाधिवक्ता कार्यालय र कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय पनि बदर गर्न माग गरेकी छन् ।

तपाइको प्रतिक्रिया
(Visited 82 times, 2 visits today)

Ads Space Available

epaper

भर्खरै

खाली पर्खालमा स्थानीय कला, संस्कृति झल्काउने पेन्टिङ गर्दै धनगढी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीकाे लम्कीचुहाकाे मेयरमा कांग्रेसका दुई जनालाई टिकट दिएपछि विवाद