पुस्तक प्रदर्शनी र बौद्धिक छलफल जरुरी : निवर्तमान मन्त्री साह

राजविराज । मधेश प्रदेशका निवर्तमान मन्त्री शैलेन्द्र प्रसाद साहले पठन संस्कृतिको विकास तथा ज्ञानबद्र्धक पुस्तकप्रति पाठकलाई आकर्षण गराउन बेला बेलामा पुस्तक प्रदर्शनी, बौद्धिक छलफल र अन्तरक्रिया कार्यक्रमहरु चलाउन जरुरी रहेको बताएका छन् ।

साहित्यीक संस्था साझा प्रकाशनद्वारा जारि सप्ताहव्यापी बृहत पुस्तक प्रदर्शनीको शुक्रबार अवलोकन पश्चात् संचारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

“पठन संस्कृतिको विकास हुन नसक्दा पुस्तकालयहरुमा पाठक तथा पुस्तक प्रकाशन संस्था र पुस्तक पसलमा ग्राहक घट्दै गएको छ, उनले भने–त्यसैले पठन संस्कृतीको विकास गर्न र युवा पीढिलाई ज्ञानबद्र्धक पुस्तकप्रति आकर्षण गराउन बेला बेलामा पुस्तक प्रदर्शनी तथा बौद्धिक छलफल र अन्तरक्रिया लगायतका कार्यक्रमहरु चलाउन जरुरी छ ।”

एकातिर हातहातमै मोबाइलमा इन्टरनेट सुबिधा हुने भएकाले पनि ज्ञानबद्र्धक तथा पत्रपत्रिकातर्फ पाठकको संख्या घट्दै गएको उनको भनाई छ । उनले देशका कला, संस्कृती, साहित्य, दर्शन र समाजशास्त्र देशलाई चिनाउने विशिष्ट गहना भएकाले मुलुकको भौतिक सँगै यस क्षेत्रको विकासमा पनि सबै सरोकारवालाले उत्तिकै ध्यान दिन आवश्यक रहेको बताए ।

नेपालको कला, साहित्य र संस्कृतिलाई देश बिदेशमा चिनाउन साझा प्रकाशन र नेपाल प्रज्ञा प्रतिष्ठानले महत्वपूर्ण योगदान गरेको प्रसङ्ग उल्लेख गर्दै उनले यस्ता संस्थाहरुलाई संरक्षण, सम्वद्र्धन र प्रोत्साहनका लागि सबैले पहल गर्नु पर्नेमा जोड समेत दिए ।

पठन संस्कृतिको विकास गर्ने उद्देश्यले गते ७ असोजदेखी सुरु भएको बृहत पुस्तक प्रदर्शनी २२ असोजसम्म चल्ने बताइएको छ । २५ देखी ५० प्रतिशतसम्म छुटको ब्यवस्था मिलाइएको प्रदर्शनीमा विभिन्न विद्याका २ हजार ६ सय कृतिहरु राखिएको साझा प्रकाशनले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 73 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

तीनपटक सकारात्मक सर्किट लागेको सेयर बजार सयमअगावै बन्द

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
केपी ओलीको गृहनगरमा एमालेको विजयी सुरुवात