कपिलवस्तु । सधै हातमा कपि कलम लिएर कक्षा कोठामा अध्ययन गरिरहने विद्यार्थी अहिले कोही तार जोड्दै छन् त् कोहीले चिप्स जोड्नमा व्यस्त देखिन्छन् । विद्यार्थीहरु आफुमा रहेको सृजनशीलता, उद्यमी सोच र अन्वेषणात्मक क्षमता देखाउन हतोसाहित छन ।
कपिलवस्तु जिल्लामै पहिलोपटक विद्यार्थीहरुमा रहेको सृजनशीलता, उद्यमी सोच र अन्वेषणात्मक क्षमता प्रस्तुत गर्न रोबोटिक्स तालिमको आयोजना गरिएको छ । अध्ययनलाई कक्षा कोठामै सिमित राख्ने विद्यार्थी यतीबेला आफ्नो क्षमता देखाउन सामुहिक रुपमा प्रतिस्पर्धा गरिरहेका छन । उनीहरु कोहिले कागज काटिरहेका छन कोहि रङ्ग भर्दै छन त् कोहिले तार जोडिरहेक छन। ती सामग्री जोडेर रोबोटिक उपकरण बनाउने उनीहरुमा चटारो छ । हिलो पटक रोबोट बनाउँदा वैज्ञानिक भएको महसुस भइरहेको विद्यार्थी बताउँछन ।
विज्ञान र प्रविधिप्रति रुचि राख्ने विद्यार्थीले विज्ञान, प्रविधि, गणित तथा इन्जिनियरिङको प्रयोग गरी उपकरण बनाउन लागेका छन् । हिलवर्ट अङ्ग्रेजी बोर्डिङ स्कुलका ६५ जना बालबालिका बिहीबारदेखि काम गर्दै आएका छन् । बालबालिकालाई प्रविधितर्फ उत्सुकता बढाउन तालिम सञ्चालन गरिएको रोबोटिक एसोसिएसन नेपालका इन्जिनियर राज यादवले बताए ।

बालबालिकाले अटोमेटिक बन्द र खुला हुने सडक बत्ती, ग्यास लिक हुँदा साइरन बजेर सङ्केत दिने उपकरण, विद्युतीय गाडी, अटोमेटिक सेनिटाइज गर्ने मिसिनजस्ता रोबोटक उपकरणका नमुना निर्माण गरेका छन । बालबालिकाले अटोमेटिक बन्द र खुला हुने सडक बत्ती, ग्यास लिक हुँदा साइरन बजेर सङ्केत दिने उपकरण, विद्युतीय गाडी, अटोमेटिक सेनिटाइज गर्ने मिसिनजस्ता रोबोटक उपकरणका नमुना निर्माण गरेका छन। प्रविधिमा विश्व अगाडी बढि रहेका बेला विद्यार्थीलाई पनि अध्ययनसंगै प्रविधिमा अगाडि बढाउन रोबोटिक्स तालिमको आयोजना गरेको हिलवर्ट इङ्गलीस बोर्डिङ्ग स्कुल प्रध्यानाध्यापक बुद्धी पौडेलले बताए ।
देशभरिका तीनसय विद्यालयमा तालिम सञ्चालन भएको एसोसियसनले जनाएको छ । तालिमपछि उत्कृष्ट विद्यार्थी राष्ट्रियस्तरको प्रतियोगितामा भाग लिन पाउनेछन् । उत्कृष्ट १० जना विद्यार्थी नेपालको प्रतिनिधित्व गर्दै अक्टोबरमा सिङ्गापुरमा हुने १८ वर्षमुनि उमेर समूहको अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न पाउने एसोसियसनले जनाएको छ। पछिल्लो समय विद्यार्थीको मोह प्राविधिक शिक्षा तर्फा बढ्दै गएको छ ।






