ग्रामीण सारथी रेडियो

मकवानपुर जिल्ला बकैया गाउँपालिका–१२ ठिंगनका ८६ वर्षीय बालकृष्ण घिमिरे बिहान ६ बजे नियमित कम्युनिकेसन कर्नरको समाचारमूलक प्रस्तुति कायाकैयर सुन्छन् । त्यसअघि उनी स्थानीय रेडियोबाट प्रसारण हुने धार्मिक कार्यक्रम सुन्छन् । ‘कहिलेकाहीँ त निद्रा चाँडै खुल्छ, बिहान ४ बजेबाटै एफएम बजाउँछु,’ उनी भन्छन्, ‘ओछ्यानमा सुतीसुती सप्ताह सुन्छु ।’ ६ बजेबाट सुरु भएको कायाकैयर ६ः३० बजे सकिन्छ । बालकृष्ण अनि ओछ्यानबाट उठेर पूजापाठमा लाग्छन् । ‘अरू काम गर्न सक्दिनँ, समाचार सुनेर भ्याएपछि पूजापाठ गर्छु,’ उनले भने । बकैया गाउँपालिकाको विकटमा पर्ने यो ठाउँ हेटौंडा–काठमाडौं जोड्ने कान्ति लोकपथ चल्न थालेपछि केही सुगम भएको छ तर उनको बस्तीबाट कान्ति लोकपथ आइपुग्न १ घण्टा लाग्छ । हत्तपत्त फोन सम्पर्क हँुदैन । मौसम धाम्मधुम्म हुनासाथ फोन लाग्दैन यस क्षेत्रमा । ’round आफ्ना दौतरीहरू छैनन् । हेर्दा नजिकै लाग्ने अर्को घर पुग्न बूढो शरीरलाई कष्टकर हुन्छ । बालकृष्णका साथी दिउँसो पनि उही रेडियो नै हो ।

मकवानपुरको राक्सिराङ् गाउँपालिका खैराङका बेलीमाया लामाको पनि उस्तै छ, दैनिकी । यहाँ इन्टरनेटको सुविधा सहज छैन । स्थानीय सरकार आएपछि कच्ची सडकहरू बनेका छन् तर सहजै फोन सम्पर्कसमेत हुँदैन । सञ्चारमाध्यम रेडियो सबैभन्दा सहज छ । मकवानपुरको हेटौंडाबाट प्रसारण हुने रेडियो स्टेसनहरू हम्मेसी टिप्दैन । चितवन जिल्लाबाट प्रसारण हुने कालिकालगायतका एफएमहरू सुनिन्छन् । बेलीमाया घरायसी काम गर्दा मात्रै होइन, बारी र पाखामा काम गर्दा, गोठ र करेसामा काम गर्दा पनि रेडियो सुन्दै काम गर्छिन् । ‘छोराले किनिदिएको टुकटुके (सानो) मोबाइल छ, फोन त आउँदैन, रेडियो बजाउँछु गीत सुन्छु, सञ्चारहरू सुन्छु,’ बोलीमायाले भनिन् ।

मकवानपुर जिल्ला राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल हरेक दिन रेडियोबाटै देश र विदेशका समाचार सुनिरहेका हुन्छन् । ‘राजनीतिदेखि समाजका सबै पाटा एउटै रेडियोले दिन्छ, जति हतार भए पनि बिहान बेलुकीचाहिँ रेडियो मज्जाले सुन्छु,’ गाउँपालिका अध्यक्ष मल्ल भन्छन् । गाउँमा बसोबास गर्नेहरूका लागि रेडियो नै सबैभन्दा उत्तम सञ्चार साधन भएको उनको तर्क छ । यसै गाउँपालिका–७ का वडाध्यक्ष रामबहादुर प्रजा पनि मोबाइल फोनमै रेडियो सुन्छन् । ‘फोन जहाँ पायो त्यहाँ लाग्दैन, टिभीहरू त झनै छैनन्, समाचार, सूचनाको स्रोत नै रेडियो हो,’ प्रजाले भने । गाउँपालिका तथा वडा कार्यालयहरूले सरकारी कामकाजका लागि साना–ठूला सबै सूचना रेडियोबाटै प्रसारण गर्ने गरेको उनले बताए । अलि समय भएमा वडाका जनप्रतिनिधिहरूमार्फत टोलटोलमा पु¥याइन्छ, तत्काल नयाँ सूचना दिनुप¥यो भने फोनभन्दा रेडियो नै प्रयोग हुन्छ ।

नेपालका ग्रामीण क्षेत्रमा रेडियोको प्रभावकारिता कस्तो छ भन्ने झल्को यहीँबाट लिन सकिन्छ । इमेल, इन्टरनेटको पाटोमा छोटो समयमै उल्लेख्य सफलता प्राप्त गरेको दाबी गरिए पनि रेडियोको क्रेज आज पनि छ । यसको प्रभावकारिता आज पनि ग्रामीण समुदायमा उत्तिकै छ । गाउँबस्तीहरूमा रेडियोले पाएको स्थान अझै केही वर्ष हट्लाझै देखिँदैन ।

हातहातमा फोनको जमाना छ तर फोनभन्दा रेडियो प्रभावारी सञ्चार साधन कायम बनेको छ ग्रामीण बस्तीमा । रेडियो प्रयोग गर्न सहज र किन्नसमेत सस्तो अनि सर्वसुलभ छ । यसमा सूचनाको साथमा मनोरञ्जन, शिक्षा सबै छन् । ‘रेडियोबाट पालिकाहरूको सूचना आउँछ, सबैको घरघरमा रेडियो त छैनन् तर रेडियोमा सूचना आएपछि गाउँमा आफै एकअर्कालाई भन्छौं,’ कबुलियती वन उपभोक्ता महासंघ मकवानपुर जिल्ला अध्यक्ष राक्सिराङ गाउँपालिकाकी स्थानीय सुन्तलीमाया चेपाङले भनिन्, ‘फोन त मनहरी बजार झरेपछि मात्रै टिप्छ गाउँघरमा त यही फोनमा रेडियो सुन्ने हो ।’

उनी आफूलाई सामुदायिक नेतृत्वका क्रममा रेडियोले धेरै सिकाएको बताउँछिन् । पहिलेपहिले घरभन्दा बाहिर बोल्नै डर लाग्ने गरेको बताउँदै सुन्तलीमायाले भनिन्, ‘आफूलाई ’roundका ’boutमा केही थाहा नहुँदा त्यस्तो हुँदो रहेछ, रेडियो सुनेर मुलुकमा, जिल्लामा के भइरहेको छ भन्ने थाहा भयो भने बोल्न सकिनेरहेछ, अरूको कुरामा कुरा थप्न सकिनेरहेछ ।’

कुनै दिन चेपाङ जातिका ’boutमा बोल्न डराउने आफू अहिले चेपाङ मात्रै होइन, सामुदायिक वन कबुलियती वन, आमा समूहहरूमा बहस गर्नसक्ने भएकी छन् । ‘रेडियोले बोल्न सिकायो, बाहिर हिँड्दाहिँड्दै बानी प¥यो,’ उनले भनिन् ।

हो, सुन्तलीले भनेझै रेडियोले व्यक्तिलाई विश्लेषण गर्ने क्षमता बढाउँछ । सूचना सबैभन्दा शक्तिशाली चिज हो । भनिन्छ जोसँग सञ्चार छ, उसँगै संसार छ । बोल्न जान्नेले संसार जित्छ, नजान्नेले आफैसँग हार्छ । रेडियो यस्तो माध्यम हो, जुन गाउँका बस्तीबस्तीमा पुगेको छ । गाउँका चोक र चौतारामा रेडियो गुन्जिने गरेको छ । शिक्षा, सूचना, सन्देश, मनोरञ्जनको साधन हो, रेडियो । ग्रामीण बस्तीको सारथी हो, रेडियो । सामान्य जानकारीमूलक सवालदेखि प्रविधिको खोज’bout जानकारी रेडियोले पस्कन्छ, र त सबैमा सबै प्रकारको सूचना सन्देश जानकारी पुग्छ । यसले सबैलाई सुसूचित गर्छ र समाजलाई समानतातर्फ उन्मुख बनाउँछ ।

नेपालका ७ सय ५३ वटा स्थानीय तहहरूमध्ये ४ सय ६० वटा गाउँपालिका छन् । केन्द्रीय तथ्यांक विभाग, राष्ट्रिय जनगणना २०७८ अनुसार यी गाउँपालिकामा मुलुकको कुल जनसंख्या २ करेड ९१ लाख ६४ हजार ५ सय ७८ मध्ये ३३ दशमलव ८३ प्रतिशतको बसोबास छ । गाउँपालिकाहरू केही सहरउन्मुख भए पनि अधिकांश ग्रामीण छन्, विकट छन् । अन्य नगर, उपमहानगर र महानगरपालिकामा समेत विकट र ग्रामीण भेगहरू छन्, जहाँ विकासका पूर्वाधार नै पुग्न सकेका छैनन् ।

ग्रामीण भूभागमा शिक्षा, स्वास्थ्य, यातायातजस्तै सञ्चारको पनि सहज पहुँच छैन । विकासका पूर्वाधारहरूको सबैभन्दा सशक्त माध्यम हो, सञ्चारमाध्यम । भरपर्दाे प्रभावकारी सञ्चार, विकासको मेरुदण्ड नै हो । सञ्चारले व्यक्तिको जीवनस्तरमा आमूल परिवर्तन ल्याउनसक्छ । फेरि नकारात्मक प्रभावले जीवन अधोगतितर्फ धकेल्न सक्छ । ग्रामीणस्तरको कष्टकर जीवनशैलीमा सञ्चारको पहुँच प्रभावकारी हुने हो भने यहाँको जनजीविका उकास्न सम्भव छ र त्यो सम्भावनालाई यथार्थमा परिणत गर्न सक्छ केवल रेडियोले मात्रै । ग्रामीण समुदायका लागि सञ्चारको सबैभन्दा भरपर्दो साधन भनेकै रेडियो हो । रेडियो तरंगबाट चल्ने एउटा दूरसञ्चार साधन हो, रेडियो । यो विद्युतीय सञ्चारमाध्यम हो । नेपालमा २००७ सालमा रेडियो नेपालको स्थापना भएको थियो । त्यसयता रेडियोको चर्चा सर्वत्र छ । के यसको प्रभावकारिता पनि यस्तै छ त ?

रेडियोबाट सन्देश सूचना जानकारी समान रूपमा सबैले सुन्ने भएपछि समाजमा कोही जान्ने बुझ्ने र कोहीकेही नबुझेको जस्तो छुट्टाछुट्टै समूह वा वर्ग हुने सम्भावना रहँदैन, यसले गर्दा फेरि समानताको अर्को कडी थपिन्छ । यस हिसाबले हेर्दा ग्रामीण बस्तीमा रेडियोको प्रभावकारिता समाजवादउन्मुख समाज निर्माणका लागि समेत महत्वपूर्ण छ ।

हाल नेपालमा विभिन्न सञ्चारमाध्यम तथा सञ्चार साधनको प्रयोग हँुदैआए तापनि ग्रामीण समुदायमा अझैसम्म पनि रेडियोलाई एक प्रभावकारी र भरपर्दो सञ्चारका रूपमा लिने गरिन्छ । रेडियो ग्रामीण समुदायका लागि सारथी नै हो । हुन त टेलिभिजन, पत्रपत्रिका, अनलाइन, सामाजिक सञ्जालबाट समाचार प्राप्त गर्न सकिन्छ तर हालसम्म पनि त्यस्ता ग्रामीण बस्ती छन्, जहाँ यी सबैको सरल, सहज र प्रभावकारी पहुँच छैन । त्यहाँका लागि रेडियो नै सबै चिज हो । ती बस्तीमा रेडियोले सहजै आमनागरिकको सुसूचित हुने हक प्रत्याभूत गरिरहेको रेडियो पत्रकार अमिर दाहाल परिश्रमीको भनाइ छ ।

तर, यति हुँदाहुँदै पनि रेडियोको प्रभावकारिता अभिवृद्धिमा भने धेरै काम बाँकी नै छ, जुन काम अति जरुरी भइसकेको छ । नेपालको ग्रामीण क्षेत्रमा सञ्चारको लगभग सिंगो भार धानेका रेडियोहरू अझै सबैको बन्न सकेका छैनन् । विभिन्न जातजाति, भाषभाषी, रहनसहन, संस्कृति, फरक धर्म र सम्प्रदाय भएको नेपाली समाजमा रेडियोले सबै समुदायको आवाज बोल्न सकेको छैन । सबैको समस्यालाई उठाउन सकेको छैन, एकअर्कोलाई सुनाउन सकेको छैन । सीमान्तकृत समुदायको आवाज रेडियोले सुन्दैन, सुनाउँदैन भने संसारले कसरी सुन्छ ? सीमान्तकृत समुदाय जो पछि परेका छन्, उनीहरूलाई रेडियोले पनि पछि पारेकै छ ।

व्यावसायिक रेडियोहरूले सीमान्तकृत समाजको समस्यालाई हम्मेसी वास्तै गदैनन् । एकाध समाचार र रिपोर्टलाई छाड्ने हो भने रेडियोहरूले यस्ता बस्तीका सवाललाई नजरअन्दाज गर्ने गरेका छन् । राजनीतिक दलका नेताहरू सस्तो लोकप्रियताका लागि यस्ता बस्तीमा पुग्दाबाहेक त्यहाँका बस्तीलाई रेडियोहरूले सुन्दैनन् । त्यहाँको कष्टकर जनजीविका’bout रेडियोहरू मौन रहन्छन् ।

विश्व बजारको व्यापारीकरणकै सिलसिलामा व्यापारीकै वरीपरी घुमिरहेका रेडियोहरूले व्यापारीकै समस्यालाई प्रोपोगाण्डाका रूपमा उचालिहरेका हुन्छन् । बनिबनाउ समाचारहरू बजाएर ती रेडियोले सबै सामुदायप्रतिको उत्तरदायित्व कसरी पूरा गर्छन् ?

प्रश्न गर्न मन लाग्दा, पहुँच नभएकाहरूको कुरा कसले सुन्ने, आवाजविहीनहरूको आवाज नसुन्ने, सुन्न नचाहने रेडियो–सञ्चारमाध्यमहरू कसरी आवाजविहीनहरूको आवाज बने ?

समुदायको कला संस्कृति मौलिकता, परम्परागतशैली, सिल्प र ढाँचाहरू, व्यावहारिक सीप र कलाहरू लोप हुँदै गएका छन् । समाजशास्त्रले समाजलाई ज्ञानको भण्डार भन्छ । त्यही ज्ञानको भण्डारबाट अलग रहेर रेडियोहरूले समाजमा के बाँडिरहेका छन् ? समाज जीवनको पाठशाला हो, समाजबाटै सिक्न सकिन्छ, लोक ज्ञान, लोकशैली र परम्परा, व्यावहारिक कथा सिकाइको शृंखला । रेडियोहरूले यी यस्ता ‘खुला विश्वविद्यालय’हरूको ज्ञानलाई जगेर्ना गर्नुपर्छ, प्रोत्साहन गर्नुपर्छ ।

अर्को कुरा, अहिलेका रेडियोहरूमा श्रोताको अवश्यकतानुसारका कार्यक्रम एकमदमै कम छन् । सञ्चालकको आवश्कतामा आधारित कार्यक्रम बाध्य भएर सुन्नुपर्छ, श्रोताहरूले । श्रोताको आवश्यकतामा आधारित कार्यक्रम गर्न कार्यक्रममाथि अनुसन्धान आवश्यक छ, जुन परिपाटी नै छैन, हाम्रो सञ्चारजगत्मा । अन्धाधुन्ध पस्किएका कार्यक्रम सुन्न बाध्य छन्, श्रोताहरू ।

श्रोता–समाजको आवश्यकता, रुची, चाहानामाथि अनुसन्धान गरेर पस्किएका कार्यक्रमहरू, रिपोर्टहरू बजाइने–प्रसारण गरिने हो भने रेडियोको प्रभावकारिता उँचो हुने थियो । जबर्जस्त थोपरिएको कार्यक्रमको प्रभावकारिता र श्रोताकै आवश्यकतालाई अध्ययन गरेर पस्किएका कार्यक्रमको प्रभावकारितामा हजारौं गुणा फरक प्रतिफल प्राप्त हुन्छ ।

विशेषगरी, रेडियोहरूले आवश्यकतालाई ध्यानमा राखेर कार्यक्रम गर्नुपर्छ, चाहनाहरूलाई ध्यानमा राखेर होइन । चाहना र आवश्यकताबीच आकाश–जमिन फरक छ । व्यक्ति तथा व्यक्तिको उमेरनुसार, समाजनुसार, भूगोलनुसार, संस्कृतिनुसार आवश्यकता र चाहनाका सवाल फरकफरक हुन्छन् । त्यसैले, यसमाथि अनुसन्धान जरुरी छ, भनिएको हो ।

रेडियोहरूमा विविधताको सवाल कमजोर हुँदै आएको ’boutमा एउटा अन्तर्वार्ताका क्रममा पत्रकार रघु मैनालीले भनेका छन्, ‘यसमा मूलतः दुईवटा कारण छन्, एउटा अनुभव र दक्षताको कमी, अर्को नयाँ काम गर्ने इच्छा शक्ति र सिर्जनशीलताको कमी ।’ अनुभव र दक्षताका हिसाबले भन्दा हामीकहाँ कार्यक्रमको डिजाइन गर्ने कार्य नै सुरु भएन । हामीले लगाउने लुगाका डिजाइनर यति धेरै यही मुलुकभित्रै छन् । तर, मान्छेको दिमागका लागि दिइने खुराक कसरी दिने भनी कार्यक्रमको डिजाइन गर्ने परम्पराको थालनी नै हामीकहाँ हुन सकेको छैन । अनुभवको कमी भएका बेला कार्यक्रममा नयाँपन दिने आत्मविश्वास पनि कार्यक्रम सञ्चालकहरूमा पलाउन सकेको छैन ।

मार्टिन चौतारीद्वारा प्रकाशित मिडिया संवाद २०६४ मा सम्पादक रघु मैनालीले लेखेका छन्, ‘कार्यक्रमहरू एकले अर्कोको नक्कल गरेको पाइन्छ, नयाँ काम गर्ने इच्छाशक्ति र सिर्जनशीलताको कमी अर्को महत्वपूर्ण पक्ष हो, जसले गर्दा कार्यक्रमहरूलाई परम्परागत रूपमा नै प्रस्तुत गरिएको पाइन्छ, कार्यक्रम उत्पादकमा केही गरौं भन्ने इच्छा शक्ति तथा सिर्जनशीलता भएको भए पनि कार्यक्रमहरूमा नयाँपन आउने थियो, त्यो पनि देखिँदैन, म यो कुरा ती जनशक्तिमा सिर्जनशीलता नै नभएको भन्ने अर्थमा उल्लेख गरिरहेको छैन, यसका पछाडि थुप्रै अरू कारण हुन सक्छन्, उनीहरूले कस्तो वातावरणमा काम गर्नुपरिरहेछ ? कार्यक्रमको बोझ नै कति छ र कार्यक्रम गरेबापत केही पाउँछन् वा पाउँदैनन् जस्ता पक्ष हुन्छन्, जसले भएको सिर्जनशीलतालाई प्रत्यक्ष असर पार्छन् ।’ तसर्थ हाम्रा प्रसारण गृहहरूको व्यवस्थापन, प्रणाली, शैली, संरचना तथा काम गर्ने संस्कारले गर्दा रेडियोका कार्यक्रमहरू एकैखाले बन्न पुगेका उनले बताएका छन् ।

रेडियोको प्रभावकारिता बढाउनका लागि रेडियो सञ्चालकहरूले विशेष ध्यान दिनु जरुरी छ । ग्रामीण क्षेत्रमा अहिले पनि आफ्नो साख बचाइराखेका रेडियोहरूलाई अझै प्रभावकारी बनाउन समाजको विविधतायुक्त फूलबारीलाई स्वीकार गर्नुको विकल्प छैन । यस्तो स्वीकारोक्तिले तत्काललाई विज्ञापन मरेको लगायतको केही नोक्सानीजस्तो देखिए तापनि कालान्तरमा रेडियोकै लागि उपयोगी पाटो हो ।

पछिल्लो समय विकासका मोडलमा सञ्चारको सवाल पनि जोडतोडने उठ्ने गरेको छ । पुष्प अधिकारीले नेपालमा सामुदायिक रेडियो (२०५९) सामाजिक परिवर्तनका लागि सामुदायिक रेडियोको भूमिका विषयमा लेखेका छन्, ‘विकासका मुद्दालाई सरल र जानकारीमूलक बनाउनका लागि अति आवश्यक तत्वहरू भनेका सूचना, शिक्षा र सञ्चार हुन्, यी तीन तत्वको एकीकृत सहकार्य सामाजिक परिवर्तनका लागि अति महत्वपूर्ण र आवश्यक छ, सरकारी, गैरसरकारी तथा सामुदायिक संस्थाहरूका विषयमा चेतना अभिवृद्धि गर्ने काममा सूचना प्रविधिले प्राविधिक तथा तथ्यांकीय सूचनाहरूको प्रचार–प्रसारको भूमिका बहन गर्छ ।’

हो, विकासको सबैभन्दा पहिलो चरण नै सञ्चारबाट हुन्छ । विकासको आवश्यकताको सवाल सञ्चारबाट उठ्छ । विकासमा सहजीकरण, चुस्तताको सवालमा सञ्चारको महत्वपूर्ण भूमिका हुन्छ र ग्रामीण विकासको सवालमा रेडियोले मात्रै यस्तो भूमिका निर्वाह गर्न सक्छ ।

राज्यले सबै नागरिकलाई सूचनाको हक प्रत्याभूत गरेको छ । नेपालको संविधानले मौलिक हकका रूपमा संविधाको धारा २७ मा सूचनाको हकको व्यवस्था गरेको छ । संविधानले ‘सबै नागरिकको सूचना पाउने र माग्ने हक हुनेछ’ भनेको छ । रेडियोहरूले सूचना पाउने हकलाई सम्बोधन गराउन धेरै हदसम्म सहयोग गरेका छन् ।

यसै कारण भनिएको हो, रेडियोमा विविधता अवश्यक छ । खोज र अनुसन्धान आवश्यक छ । ग्रामीण क्षेत्रमा रेडियोले केही नराम्रा प्रभावहरू पनि पारेका छन् । बनिबनाउ कार्यक्रमहरू बजाउने, स्थानीयको बेवास्ता गर्ने गर्नाले समाजमा परसंस्कारको प्रभाव बढ्ने र स्थानीय लोकसंस्कार परम्परा लोप हुनेक्रम बढेको छ । रेडियोले देखासिकीलाई होइन, स्थानीय विषयवस्तुलार्ई प्रवद्र्धन गर्नु पनि उत्तिकै जरुरी छ ।

सारमा भन्नुपर्दा नेपालमा ग्रामीण समुदायमा रेडियोको प्रभाव हुँदै नभएको होइन, छ । तर जति छ, समयानुसार पूर्ण छैन । रेडियोको प्रभावकारितामा वृद्धि आजको आवश्यकता हो, अपरिहार्यता हो । २१औं शताब्दीमा इन्टरनेटको जमानामा पनि सञ्चारमाध्यम रेडियोलाई ग्रामीण परिवेशमा भिजाउन अझै मौका छ । तर, चुनौती छ, कि रेडियोले आफ्नो प्रभावकारितामा वृद्धि जरुर गर्नुपर्छ । सरकारले साक्षरता अभियानलाई तीव्र रूपमा अघि बढाएको छ । साक्षर गाउँटोल घोषणाको गति पनि तीव्र भइरहेको छ । यद्यपि, अझै पनि ग्रामीण क्षेत्रमा निरक्षर आमा, बुबा, काका काकीहरू छन्, जसका लागि रेडियो नै सबैभन्दा प्रिय वस्तु हो, सञ्चार, सूचना र मनोरञ्जनको । सञ्चार प्रक्रिया प्रभावकारी नहुँदा यसको अर्को नोक्सान पु¥याउने खतरा बढी हुनसक्छ । जब एक अर्काबीच प्रभाकारी सञ्चार हुँदैन, यसले ग्रामीण क्षेत्रको विकासमा समन्वय नभइ बाधा सिर्जना गर्नसक्छ । सही समयमा सही सञ्चार, सही तरिकाबाट गर्न सकेमा रेडियोको प्रभाव झनै बढ्छ ।

रेडियोले आफ्नो प्रभावकारितामा वृद्धि गर्नसकेमा मात्रै, रेडियो माध्यम सशक्त भएमा मात्रै निरक्षर आमाहरू रेडियोबाटै संसार सुन्छन्, संसार नियाल्छन्, संसार पढ्छन् र डिग्री होल्डर छोराछोरीसँग विश्वको घटना परिघटनाका सवालमा बहस गर्नसक्ने सामथ्र्य बनाउन सक्नेछन् । निरक्षर बुबाहरू रेडियोबाटै व्यावहारिक ज्ञान सिक्नेछन्, काका–काकीहरू व्यावसायिक बन्नेछन्, भाइबहिनीहरू रेडियो कार्यक्रम सुनेर आफ्नो किशोरावस्थाको परिवर्तन, महत्व बुझेर सचेत बन्नेछन्, सिर्जनशील बन्नेछन्, जीवनपयोगी ज्ञान हासिल गर्नेछन् । अनि मात्रै बन्नेछ, व्यक्ति, परिवार, समाज र राष्ट्र सिर्जनशील । अनि मात्रै बढ्नेछ समृद्धि, बन्नेछन् हर सुखी नेपाली ।

तपाइको प्रतिक्रिया
(Visited 227 times, 1 visits today)

epaper

ताजा समाचार

रास्वपाले हारेका क्षेत्रको जिम्मा दियो समानुपातिक सांसदलाई