निजामती सेवा आध्यत्मिकता

आजभोलि निजामती सेवामा काम गर्ने कर्मचारीमा बढी तनाव हुने गरेको पाइन्छ । आफ्नो ज्ञान र विवेकका आधारमा उठाएको टिप्पणीमा भएको निर्णयका कारण भ्रष्टाचार गरेको आरोपमा तानिनुपर्ने अवस्था देखिएको छ । सूचना सञ्चार प्रविधिमा भएको विकास र अभ्यासले सोअनुरूप क्षमता विकास गर्न नसक्ने अवस्था छ । स्थानीय तहमा पदस्थापन भएर कार्यस्थलमा पुग्दा एक्लो महसुस गर्नुपर्ने अवस्था छ । सेवाग्राहीको मागबमोजिम छिटो सार्वजनिक सेवा दिनुपर्ने दबाब छ । राम्रो ठाउँमा पदस्थापन र सरुवा हुने प्रतिस्पर्धा छ । कर्मचारीमा तनाव बढाउने केही स्रोत यहाँ सम्झना गरिएको छ । तनावमा भएको व्यक्तिले गुणस्तरीय काम गर्न नसक्ने तथ्य विश्वव्यापी छ । तनाव व्यवस्थापनका लागि आध्यात्मिक ज्ञान र अभ्यास महत्वपूर्ण पक्ष भएको रहस्य आधुनिक व्यवस्थापन र प्रशासनको क्षेत्रमा खुलेको देखिन्छ ।

आत्मा र आध्यात्मिकताको चिन्तन आज सबै खाले पेसामा संलग्न व्यक्तिका लागि आवश्यक बन्दै गएको छ । आध्यात्मिकताको चर्चा पूर्वआत्माको परिचय बुभ्mनु आवश्यक हुन्छ । आत्मा चेतनशील चैतन्य तत्व हो, जसले शरीरलाई जीवित, प्राणमय र क्रियाशील राख्दछ । सत्य पहिचान गर्नु आत्मामा विश्वास गर्नु आत्माज्ञानी हुनु हो । सत्यलाई कसैले नियन्त्रण गर्न सक्दैन । सत्यको रहस्य अनुबोध आत्मामा हुन्छ ।

आत्मा दुःखसुखमा समान प्रतिक्रिया दिन्छ । यद्यपि, आत्माले व्यक्तिको मन पूर्णरूपेण नियन्त्रण गर्न नसक्दा मानिस लोभी, दुःखी, क्रोधी र तनावयुक्त हुन्छ । जे सत्य छ त्यो निःसन्देह हुन्छ, सो नै सत्य हुन्छ भन्ने तथ्य बिर्सन्छ । आत्माबाट नै आध्यात्मिक दर्शन बनेको हो । आत्माले कर्मेन्द्रीय र ज्ञोनेन्द्रीयको परिचालन गर्दछ । कर्मेन्द्रीय र ज्ञानेन्द्रीयको कर्मभन्दा माथि निर्लोभ, निर्मोह र निष्पृह रहने भावको वकालत गर्ने दर्शन नै आध्यात्मिकता हो ।

आध्यात्मिकता ज्ञान र अभ्यास निजामती सेवामा नयाँ प्रयोग हो । निजामती सेवाको मुख्य कार्य जनतालाई सेवा प्रवाह गर्नु र सरकारलाई निर्णय लिन सहयोग गर्नु हो । प्रशासनको कामकाजमा कर्मचारी, बजेट, तौरतरीका र प्रविधिको भूमिका रहन्छ । निजामती कर्मचारी जीवित प्रााणी भएकाले प्रशासनिक श्रम गर्ने स्थानसम्म पुग्दछ र प्रविधि र परिवर्तनसँग आत्मसात गर्दछ । विधि, प्रक्रिया, पदसोपानको मर्म, अनुशासन र आचार संहिता मान्दछ । उसले तोकिएको पारिश्रमिकमा पालिनु र सामाजिक दायित्व पूरा गर्नुपर्ने हुन्छ । जिम्मेवारी वहन गर्नुपर्ने दायित्व, अवसरको उपयोग गर्ने रोकावट तथा पारिवारिक समस्याले निजामती कर्मचारी आप्mनो कर्तव्यबाट विमुख हुन सक्छ । यसकारण मानिसलाई कामप्रति उत्प्रेरक बनाउन र तनावमुक्त राख्न निजामती सेवामा आध्यात्मिकता अवलम्बनले महत्वपूर्ण भूमिका खेल्न सक्दछ भन्ने विश्वास बढदै गएको छ ।

नेपालको सार्वजनिक प्रशासनमा कर्मचारीतन्त्र अपेक्षित उत्पादकत्व नदेखिएको, भ्रष्टाचारमुखी भएको र तनावमा रहन गरेकोे भन्ने आरोप लाग्दै आएको छ । तनाव, भ्रष्टाचार र उत्पादकत्वबिच अन्तरसम्बन्ध र अन्तरनिर्भरता रहेको हुन्छ । निजामती सेवामा तनाव व्यवस्थापनले महत्व पाएको देखिँदैन । कर्मचारीमा तनाव किन आउँछ कसरी व्यवस्थापन गर्ने भन्ने चिन्तन छैन । सेवामा आध्यात्मिक दर्शनको उपयोग हुने गरेको छैन । आध्यात्मिक ज्ञान निजामती कर्मचारीको व्यक्तित्व विकासको आधारभूत तत्व हो । निजामती कर्मचारीको परिवार तीनतिर छरिएको छ ।

निजामती समाज, शैली र वातावरण जटिल हुँदै जानुले पनि कर्मचारीबिच द्वन्द्व, डाह र असहयोग भएको देखिन्छ

पुख्र्यौली थलोमा बाआमा, विदेशमा छोराछोरी र राजाधानी वा जिल्लाका कार्यस्थलमा कर्मचारी हुन्छ । परिवार बाँडिएर रहनु आफंैमा तनावको स्रोत हो । कम आयमा बाआमा र छोराछोरीको लालनपालन र रेखदेख गर्ने जिम्मेवारी पूरा गर्नुपर्ने बाध्यता न्यून उत्पादकत्वकोे कारण हो । अपर्याप्त पारिश्रमिक तर महँगो शिक्षा, स्वास्थ्य उपचार र आवास खर्च पनि तनाव र भ्रष्टाचारका स्रोत हुन् । संंगठनमा हुने भेदभाव, आफ्नो मान्छे सिद्धान्तको आडमा र राजनीतिक आस्थाका आधारमा हुने निर्णय, पदस्थापना, सरुवा र दण्ड पुरस्कारको कार्यन्वयनले कर्मचारीमा उदासिनता र तनाव ल्याएको पाइन्छ ।

निजामती कर्मचारीमा कार्यविवरणको अभावले के काम कसरी गर्ने अन्योल पाईन्छ । कानुनको जंगलमा काम गर्नुपर्ने वातावरण, अंग्रेजी भाषाको अपार्याप्त क्षमता तर विदेशीसँग काम गर्नुपर्ने आवश्यकता, तथ्यांक विश्लेषण गर्दै प्रतिवेदन लेखन वा मूल्यांकन गर्ने दायित्व तथा द्वन्द्व मिलाउन र अवसर उपयोग गर्न वार्ता सम्झौता गर्ने वा सार्वजनिक सम्बोधन गर्ने सिप र क्षमताको अभावले पनि व्यक्ति तनावमा पर्न जान्छ । कर्मचारी विकासको उपेक्षा, संगठनको कार्यसम्पादन गर्ने जिम्मेवारी, निर्णय प्रक्रियामा राजनीतिक दबाब तथा निगरानी गर्ने निकायको उत्पादकत्व ह्रासोन्मुख निगरानीले निर्णय गर्ने वा नगर्ने द्वन्द्वले पनि कर्मचारीमा निराशा र तनाव छाएको पाइन्छ । सूचना आदानप्रदान गर्नेे प्रवृतिको अभाव र निकायगत समन्वयको अभाव पनि तनाव सिर्जनाका स्रोत बन्ने गरेका छन् । व्यक्ति व्यक्तिबिचको फरकपन, इगो र प्रतिस्पर्धाले तनाव बढाउन झन् मलजल गरिरहेको पाइन्छ । अपर्याप्त वृत्ति विकासको अवसर तथा निकायको असन्तुलित कार्य जिम्मेवारी र अवैज्ञानिक पदस्थापन तथा सरुवाले कर्मचारी तनावमुक्त भएर बस्न सकेको पाइँदैन ।

परिवर्तनशील समाजमा आध्यात्मिकताको बेग्लै स्थान बन्दै गएको छ । आध्यात्मिकताको ज्ञान र अवलम्बनले व्यक्तिलाई स्थिर, लक्ष्य केन्द्रीत र उदात्त वनाउँछ । सकारात्मक सोचको विकास गर्दछ । आध्यात्मिक संगठनले कर्मचारीलाई आफ्नो कार्यको उद्देश्य पहिचान र सम्पादन गर्न उत्प्रेरित र सहयोग गर्दछ । कार्यस्थल आध्यात्मिकताले मान्छेको भित्री जीवनको अस्तित्व स्वीकार गर्दै सो को प्रवद्र्धन संगठनमा गरिने अर्थपूर्ण रेखदेखले हुने विश्वास गर्दछ । संगठनले मान्छेमा दिमाग र आत्मा हुने कारण उसले सधंै आफ्नो कार्य वा कर्मको अर्थ र उद्देश्य खोज्दछ भन्ने मान्यतामा सो परिपूर्ति गर्न सहयोग पनि गर्दछ । निजामती कर्मचारीले जनतासँग प्रत्यक्ष सम्बन्ध कायम गर्न संगठनमा आध्यात्मिक संस्कृतिको विकास र अभ्यास गर्दछ । आध्यात्मिक संस्कृतिले संगठनमा तनावको स्थानमा आनन्द, द्वन्द्वको ठाउँमा मिलाप र प्रक्रियाको स्थानमा परिणामलाई जोड दिन्छ । यसकारण आधुनिक व्यवस्थापनमा संगठन अर्थात कार्यस्थलमा आध्यात्मिकताको अभ्यास नवीन सिद्धान्त हो ।

हरेक व्यक्तिको जीवनको आफ्नै परिभाषा हुन्छ, आप्mनै गुण हुन्छ । व्यक्तिको गुण कार्यस्थलसम्म साथसाथै हुन्छ । व्यक्तिलाई निर्देशन गर्ने, बुझेको अनुभव गराउने, अन्तरआत्मा अर्थात् अदृश्य शक्ति, महाशक्तिसँग सम्बन्ध जोड्ने सिद्धान्त आध्यात्मिकता हो । आध्यात्मिकता मान्छेको जन्मजात गुण पनि हो । आध्यात्मिकताको ठाढो सम्बन्ध इश्वरसँग हुन्छ भने समतल सम्बन्ध संगठन वा समाजका आमसदस्यसँग हुुन्छ । कार्यस्थलमा आध्यात्मिकताको अर्थ संगठनका कर्मचारीले संगठनमा आध्यात्मिकताको ठाडो र समतल डाइमेन्सन्समा काम गर्दागर्दै आफनो रेखदेख, सम्मान र उपलब्धी पाउने विश्वास गर्नु हो । अर्थात् आध्यात्मिकताको सिंचनले संगठन र व्यक्ति दुवैले समाजमा अर्थपूर्ण योगदान दिन र सफलता प्राप्त गर्नका लागि आध्यात्मिक पथमा परिणाममुखी कार्यसम्पादन गर्दछन् ।

संगठन र व्यक्ति दुवै सत्य, इमानदारिता, सकारात्मक सोचबाट बृहत् भलाइमा केन्द्रित हुनुपर्ने आजको माग हो । कार्यस्थलमा आध्यात्मिकताको सिद्धान्तले व्यक्ति जे भयो सो भयो सच्याउन सकिँदैन, जो भयो ठीक भयो जस्ता मूल्यवान् दर्शन र ईश्वरीय शक्ति, सकारात्मक सोच तथा अरूलाई चोट नपु¥याउने अद्वितीय गुणबाट सिंचित हुन्छ । कार्यस्थलमा आध्यात्मिकताले प्रत्येक व्यक्तिको मूल्य, मान्यता र दृष्टिकोणको उच्च सम्मान गर्न सिकाउँछ ।

संगठनको उद्देश्य र मूल्यका सम्बन्धमा कर्मचारीलाई स्पस्ट ज्ञान, दर्शन र निर्देशन दिन्छ, । व्यक्तिको वृति विकासमा जोड दिन्छ, संगठनमा खुला र सम्मानपूर्ण वातावरण प्रर्वद्धन गर्छ । कर्मचारीको संवेगको सम्मान र कर्मचारी सशक्तीकरणलाई सशक्त बनाउँछ । अर्थात्, आध्यात्मिक संगठनले कर्मचारीको संवेग÷भावनालाई सम्मान गर्र्दै मानव सम्बन्धको प्रवद्र्धन गरी संंगठनलाई सफलतातर्फ उन्मुख गराउँछ ।

तनाव घटना होइन, घटना प्रतिव्यक्तिले प्रकट गर्ने प्रतिक्रिया हो । हरेक घटनाप्रति व्यक्ति व्यक्तिको सोच, हेराइ र प्रतिक्रिया पनि फरक फरक हुन्छ । कसैले घटनालाई सहज र सामान्यरूपमा लिन्छ, त कसैले तनावको रूपमा । अर्थात, तनाव संवेग र उत्तेजनाको परिणाम हो । व्यक्ति आफनो अगाडि रहेको महत्वपूर्ण अवसर प्राप्त गर्न चाहन्छ, तर सो मा रोकावट आएको खण्डमा व्यक्ति तनावमा पर्दछ । तनावका स्रोतहरू वातावरण, संंगठन र व्यक्तिभित्रै रहेका हुन्छन् । तनाव व्यक्तिले बोक्दछ । तनाव सबै र सबै अवस्थामा खराब हुँदैन । तनावले ऊर्जा दिन्छ, क्रियाशीलता बढाउँछ र उपलब्धि हासिल गर्न सहयोग पनि पु¥याउँछ ।

तनाव व्यवस्थापनमा संगठन, वातावरण र व्यक्तिको अहम तर फरक फरक भूमिका रहने गर्दछ । निजामती कर्मचारीको काम गर्ने तनावी वातावरण नहटाएसम्म कर्मचारीको उत्पादकत्व, उत्प्रेरणा र क्रियाशीलता बढ्दैन । यसो गर्न संगठनका लागि व्यक्ति छनोट भइसकेपछि पदस्थापनमा उसको इच्छा, योग्यता र सिपलाई ध्यान दिने, संगठनको वार्षिक लक्ष्य र कार्यक्रम स्पष्ट गर्दै व्यक्तिको लक्ष्य र भूमिका निर्धारण गर्ने, कार्यको डिजाइन रिडिजाइन गर्ने, सहभागितामूलक निर्णय प्रक्रिया अवलम्बन गर्ने, संगठनात्मक सञ्चार प्रणाली सरल, स्पष्ट पहुँचयोग्य बनाउने, संगठनमा कर्मचारीका रुचिउन्मुख सुविधा तथा खेलकुद, मनोरञ्जन, स्थलगत भ्रमणका कार्यक्रमहरू बनाइनुपर्छ ।

आध्यात्मिक संगठनले कर्मचारीलाई महाशक्ति, अदृश्य शक्तिको महत्व बुझाउँदै कर्मचारीलाई बृहत्तर हितउन्मुख हुन सिकाउँछ

वृत्ति विकासका लागि वृत्तिपथ र वृत्ति योजनाको स्पष्ट गर्ने, कर्मचारीको कार्यस्थल बाहिर पनि जीवन हुन्छ भन्ने मान्यतामा तनावको स्रोत पहिल्याई उपचार गर्ने, कर्मचारीको तनाव कम गर्न काउन्सेलिङका कार्यक्रम सञ्चालन गर्ने, कार्यालयको काम र कर्मचारीको परिवारलाई एकीकृत गर्ने खालका विचार आदानप्रदानका कार्यक्रम सञ्चालन गर्ने, आध्यात्मिक ज्ञानको सम्प्रेषण तथा आध्यात्मिक जीवनशैलीमा रूपान्तरण गर्ने व्यवस्थापन प्रणालीसमेत विकास गर्नुपर्दछ ।

व्यक्तिको जीवनमा सबै प्रकारका खराब आचरण, व्यवहार र अभ्यास नियन्त्रण गर्न स्वअनुशासन, स्वंनियन्त्रण स्वलक्ष्य आवश्यक मानिएको हुन्छ । स्वंनियन्त्रणका लागि आध्यात्मिक शिक्षा जरूरी हुन्छ । तनाव आध्यात्मिक ज्ञानको अभावको परिणाम हो ।

संगठनमा आध्यात्मिक संस्कृतिले कर्मचारीलाई आफ्नो कामको उद्देश्य स्पस्ट गर्दछ, कर्मचारीको क्षमता विकासमा जोड दिन्छ, कर्मचारीलाई कार्यसम्पादन गर्न अधिकार प्रत्योजन गर्दछ । कर्मचारीको संवेगको कुशल व्यवस्थापन गर्दछ, कर्मचारीबिच खुला र हार्दिक सम्बन्ध प्रवद्र्धन गर्दछ र कर्मचारी सुःख दुःख आपसमा बाँड्छन् भने कर्मचारीमा तनाव स्वतः कम भएर जान्छ । आध्यात्मिक संगठनले कर्मचारीलाई महाशक्ति, अदृश्य शक्तिको महत्व बुझाउँदै कर्मचारीलाई बृहत्तर हितउन्मुख हुन सिकाउँछ ।

तनाव मानिसमा प्राकृतिक रूपमा पाइने एक लक्षण हो । यसको व्यवस्थापनका लागि बितेका कुरामा नपछुताउन, भएको घटना सही थियो भन्ने स्वतः र स्वयं सम्झाई बुझाई ज्ञानार्जन गर्न व्यक्तिलाई सक्षम बनाउँछ । आध्यात्मिक ज्ञानले व्यक्तिलाई ध्यान र उपासना गर्न प्रेरित गर्दछ । ध्यान र उपासनाले कर्मचारीलाई तनावपूर्ण वातावरणवाट हट्न सक्षम बनाउँदै तनाव ल्याउने परिस्थिति नै परिवर्तन गर्ने शक्ति पनि दिन्छ । संगठनमा आध्यात्मिक दर्शनको अभ्यास गर्ने, कर्मचारीलाई आध्यात्मिक उपचार शैली अवलम्बन गर्न सचेत गर्ने, चाख लाग्दा कामहरू गर्ने वातावरण निर्माण गराउने, स्वस्थ जीवन पद्धतिका लागि कर्मचारीलाई प्रेरित गर्ने तथा योग, ध्यान साधना केन्द्रको व्यवस्था पनि गर्नुपर्दछ । तनाव व्यवस्थापनमा व्यक्तिले पनि आध्यात्मिक दर्शनको ज्ञान लिने र अभ्यास गर्ने, स्वअनुशासनमा बस्ने, समय व्यवस्थापन गर्ने, आनन्द लिने, पारिवारिक सुसम्बन्ध कायम गर्ने तथा कामगर्दा बेला बखतमा छुट्टी लिने र मन बहलाउने गर्नुपर्दछ । खासमा, आध्यात्मिकताले व्यक्तिलाई घटनाको आलोचनात्मक मूल्यांकन गर्न सक्षम बनाउँछ र तनाव केही होइन रहेछ भन्ने शाश्वत ज्ञान दिन्छ । यसकारण कार्यस्थलमा आध्यात्मिकताको महत्व बढ्दै गएको छ ।

अन्तमा, आजको निजामती समाज, काम गर्ने शैली र काम गर्ने वातावरण जटिल छ । संगठनमा कर्मचारी कर्मचारीबिच द्वन्द्व, डाह र सहयोगको विशेष चरित्र पाइन्छ । संगठनमा कर्मचारीका लागि अवसर हुने र अवसर प्राप्तिमा रूकावट हुने दुवै हुन्छ । आत्मज्ञानले व्यक्तिलाई आफू अर्थात मभन्दा माथि उठाउँछ । आध्यात्मिक ज्ञान आन्तरिक चेतना भएकाले व्यक्तिमा सांसारिक घटनाको प्रभाव न्यून पर्दछ । व्यक्तिलाई काम, क्रोध, लोभ र मोहबाट मुक्त राख्दछ र व्यक्तिमा दया, माया, प्रेम, सहयोग र सम्मानलाई प्रवद्र्धन गर्दछ ।

आध्यात्मिक चेतनाले कर्मचारीलाई सधंै आप्mनो कर्तव्य पालना र लक्ष्य प्राप्त गर्न प्रेरित गर्दछ ।

आध्यात्मिकताले मान्छेमा बृहत्तर ज्ञान, सोच र सहनशील क्षमता बढाइ दिन्छ । व्यक्तिलाई अदृश्य शक्तिसँग साक्षात्कार गराई मान्छे मान्छेबिच हार्दिक सम्बन्ध प्रवद्र्धन गर्दैे खराव आचरणका स्रोतहरू इगो, इस्र्या र नकारात्मकतालाई कार्यस्थलमा हुने आध्यात्मिक अभ्यासले निस्तेज गर्दछ । परिणमस्वरूप व्यक्तिमा आत्मबोध, आत्मअनुशासन र आत्मनियन्त्रण शक्ति अभिवृद्धि भई व्यक्ति आत्मज्ञानी अनुशासित बन्दछ । यसकारण निजामती लगायत समग्र सार्वजनिक संगठनमा संगठनमा आध्यात्मिक दर्शनको ज्ञान र अभ्यास अपरिहार्य बनेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 344 times, 1 visits today)

epaper

ताजा समाचार

बाढीपछि गोसाइँकुण्डमा बढ्दै पर्यटकको चहलपहल