लमजुङ । लमजुङ परिवार दक्षिण कोरियाका महासचिव गमबहादुर गुरुङको हृदयघातबाट निधन भएको छ । महासचिव चयन भएको साता दिन पनि नवित्दै उनको निधन भएको लमजुङ परिवार दक्षिण कोरियाका अध्यक्ष मेघप्रसाद वाइवाले जानकारी दिए । लमजुङको सुन्दरबजार नगरपालिका– ५, गहते गाउँका स्थायी बासिन्दा ३५ वर्षीय गुरुङको निधनको खबरले गाउँनै शोकमा डुबेको छ ।
गुरुङ गत साता सम्पन्न लमजुङ परिवार दक्षिण कोरियाको १४ औं अधिवेशनबाट महासचिवमा निर्वाचित भएका थिए । गहतेस्थित कालिका युवा क्लवका पूर्वअध्यक्ष समेत रहेका गुरुङ सामाजिक काममा निकै रुचि राख्ने व्यक्ति थिए । उनको अल्पायुमै दक्षिण कोरियामा भएको असमायिक निधनको खबरले आफूलगायत सिंगो गाउँ नै शोकमा डुबेको उनका मामा हस्तबहादुर गुरुङले बताए । उनका अनुसार भाञ्जा गमबहादुर गुरुङ ६ वर्षअघि दक्षिण कोरिया गएको र पछिल्लो समय ५ महिना अघिमात्रै आएर फर्किएका हुन् । उनले भने, ‘एक बौद्धिक युवाको निधनले परिवार, नतेदार र गाउँलाई मात्र नभई सिंगो लमजुङ जिल्लालाई अतुलनीय क्षति पुगेको छ ।’
उनका अनुसार गमबहादुरले काम गर्ने ठाउँ फाजुस्थित कम्पनीमा गएर बुझ्दा राती काम गर्ने समय अगाडि बेलुकी ६ बजेतिर निधन भएको हो । उनले भने, ‘महासचिवले बुधबार बिहान १० बजेर ५२ मिनेट जाँदा कार्यसमितिको पहिलो बैठक बस्ने सम्बन्धमा सूचना जारी गरेका थिए । हाम्रो कार्यसमितिका लागि वहाँको त्यो सूचना नै अन्तिम सूचना रह्यो ।’
गमबहादुर गुरुङ शव नेपाल ल्याउने प्रयास भइरहेको मृतकका मामा हस्तबहादुर गुरुङले जानकारी दिए ।
गमबहादुरसँग एकजना भियतनामी कामदार पनि सँगै बस्दै आएका थिए । भियतनामी र गमबहादुरको सँगसँगै काम गर्ने समय राती थियो । ‘ड्युटी’ सकिएपछि १७ गते बिहान नुहाएर खाना खाइसकेपछि बिहान करिब ११ बजेतिर दुवै निदाएको अनुमान गरिएको अध्यक्ष वाइवाको भनाइ छ ।
अध्यक्ष वाइबाले भने, ‘गुरुङले काम गर्ने कम्पनीकी ‘साहुनी’ले दिएको जानकारी अनुसार बेलुकाको नियमित ड्युटी समय सुरु हुनु अगावै भियतनामी साथीले खाना खाएर कार्यस्थल जानुअघि गमबहादुरलाई बोलाका रहेछन् । हलचल गरेको नदेखेपछि भियतनामी आफैं कोठामा गएर लाइट बालेर गमबहादुरलाई उठाउन लाग्दा सुतिरहेकै अवस्थामा भेटिएछ । तुरुन्तै कम्पनीसँग कुरा गरेर एम्बुलेन्स र पुलिसका साथ कम्पनीले अस्पताल लग्दा निधन भएको जनाएको वाइबाले बताए ।
उनले भने, ‘घटनापछि गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाका अध्यक्ष बुद्धि गुरुङ, एनआरएन आइसीसी सचिव जुनु गुरुङ, लमजुङ परिवारका संरक्षक भिम गुरुङ, वरिष्ठ सल्लाहकार बिल गुरुङ, निवर्तमान अध्यक्ष राजकुमार गुरुङ र वरिष्ठ उपाध्यक्ष सन्तोष दुराको संयुक्त टोलीले घटना’bout जानकारी लिएका छौं ।’
उनले गमबहादुर गुरुङको निधन’bout नेपालमा घरपरिवारलाई जानकारी गराइसकेको र परिवारको निर्णय अनुसार शवलाई छिट्टै नेपाल पठाउने तयारी थालिएको बताए । मृतक गमबहादुर गुरुङको श्रीमती, एक छोरी, एक भाइ र बुवाआमा गाउँमै छन् ।