विद्यार्थी ८ सय, उपस्थित १ सय ६०

राजविराज । यहाँका अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थीको उपस्थिति संख्या घट्दै गएको पाइएको छ ।

केही दिनयता थालिएको छड्के अनुगमनका क्रममा यस्तो तथ्य फेला परेको हो । आफ्नो क्षेत्रभित्रका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था सुधारका लागि प्रदेशसभा सदस्य किरणकुमारी साहको अगुवाइमा एक टोली निरन्तर छड्के अनुगमनमा छ ।

यसैक्रममा बुधबार सो टोलीले महादेवा गाउँपालिका–३ स्थित श्री द्वारिका श्रीलाल सातनी यादव माध्यमिक विद्यालयको छड्के अनुगमन गर्दा विद्यालय रेकर्डमा उल्लेख भएको विद्यार्थी संख्यामध्ये २० प्रतिशत मात्र उपस्थिति देखिएको छ ।

कक्षा १ देखि १२ सम्मको पढाइ हुने सो विद्यालयमा ८ सय विद्यार्थी भर्ना रहेको रेकर्डले देखाए पनि उपस्थिति संख्या १ सय ६० मात्र देखिएपछि अनुगमन टोली चकित परेको छ ।

कक्षा १० मा १ सय २६ विद्यार्थी भर्ना रहेको रेकर्डले देखाए पनि उपस्थिति संख्या सात जनाको मात्र देखिएको टोली नेतृत्वकर्ता प्रदेश सांसद साहले बताइन् । यस्तै, कक्षा ९ मा १ सय ४५ जना भर्ना रहेकामा १५ जना मात्र उपस्थित थिए ।

यस्तै, अवस्था अन्य कक्षामा पनि देखिएको टोलीमा सहभागी जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण साहले बताए । तीन दिनअघि टोलीले राजविराज नगरपालिका–११ फर्सैठस्थित श्री ज्ञानज्योति लडुबत्ती देवनारायण यादव प्राथमिक विद्यालय तथा आधारभूत विद्यालयको पनि छड्के अनुगमन गरेको थियो । त्यहाँ पनि यस्तै अवस्था देखिएको टोलीले जनाएको छ ।

प्रदेश सांसद साहका अनुसार ज्ञानज्योति लडुबत्ती देवनारायण यादव प्राविमा १ सय ७६ जना विद्यार्थी भर्ना रहेकामा छड्के अनुगमनका क्रममा ७८ जना विद्यार्थी मात्र कक्षामा उपस्थित देखिएका थिए ।

यस्तै, आधारभूत विद्यालयमा पनि भर्ना रहेको तथ्यांकको तुलनामा २२ प्रतिशत विद्यार्थी मात्र कक्षामा भेटिएका थिए ।

यस क्षेत्रका अधिकांश सामुदायिक विद्यालयमा नियमित पठनपाठन हुन नसकेको तथा विद्यार्थीको संख्यासमेत घट्दै गएको जनगुनासो आएपछि अनुगमन थालिएको बताएकी सांसद साहले विद्यालयहरूमा देखिएको बेथितिले चिन्तित र चकित दुवै तुल्याएको जनाइन् ।

विद्यालयहरूको शैक्षिक अवस्था सुधार तथा विद्यार्थीको आकर्षण बढाउन छड्के अनुगमन थाल्दा नजिकबाट सबै सत्यतथ्य बुझ्न पाएको टोलीमा सहभागी जिल्ला समन्वय समितिका प्रमुख साहको भनाइ छ ।

विगतमा जिल्ला शिक्षा कार्यालयको मातहतमा रहँदा बेलाबेलामा विद्यालयको अनुगमन हुन्थ्यो तर अहिले पालिकाको मातहतमा गएको र सम्बन्धित पालिकाबाट अनुगमन, निगरानी तथा दण्ड र पुरस्कारको व्यवस्था हुन नसक्दा यस्तो बेथिति देखिएको स्थानीयले टोलीसमक्ष गुनासो पोखेका छन् ।

बिचमै कक्षा छाडेर घर फर्किने, त्यस्ता विद्यार्थीलाई कडाई गर्न नसक्ने, विद्यार्थीलाई विद्यालयमा आकर्षण गराउन आवश्यक कार्यक्रम सञ्चालन गर्न नसक्ने, विद्यार्थी र अभिभावकलाई शिक्षाको महŒव’bout सम्झाउन नसक्ने तथा नियमित पढाइ सञ्चालन गर्न नसक्नेलगायतका कारणले सामुदायिक विद्यालयतर्फ विद्यार्थीको आकर्षण घट्दै गएको टोलीसमक्ष स्थानीयले जानकारी गराएका छन् ।

इजरायलमा मारिएका नेपाली विद्यार्थीको सम्झनामा दीप प्रज्ज्वलन
इस्लामिक समूह हमासले गरेको आक्रमणमा परी इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीहरूको सम्झनामा बुधबार साँझ महाराजगन्ज मेडिकल कलेजका विद्यार्थीहरू दीप प्रज्ज्वलन गर्दै ।

नेपाल मेडिकल स्टुडेन्ट्स सोसाइटीको आयोजनामा कलेज परिसरमा दीप प्रज्ज्वलन गरी मृत आत्माको चिर शान्तिको कामना गरिएको हो । सो अवसरमा सोसाइटीका अध्यक्ष डा. नवीन गौतमले युद्ध क्षेत्रमा फसेका नेपालीको पहिचान गरी तत्काल उद्धार र स्वदेश फिर्ताको व्यवस्था गर्नुपर्ने सरकारसँग माग गरे ।

सोसाइटीका सदस्य अभिजित माझीले असह्य पीडाको घडीमा हामी सबैको सहानुभूति र सद्भाव मृतक परिवारप्रति रहेको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 129 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

खाली पर्खालमा स्थानीय कला, संस्कृति झल्काउने पेन्टिङ गर्दै धनगढी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनुषाको मुसहरनियाको अध्यक्षमा जसपाका जयकुमार यादव निर्वाचित