स्वदेशमा लगानी गर्न युवा उपाध्यक्षका उम्मेदवार बासिदको आग्रह

दोहा । गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचनका लागि युवा उपाध्यक्ष पदमा उम्मेदवारी दिएका अब्दुल बासिदले स्वदेशमा लगानी बढाउन गैरआवासीय नेपालीलाई आग्रह गरेका छन् ।

उनले आफू विदेशमा क्रियाशील भए पनि नेपालमा समेत लगानी बढाएर रोजगारीको सिर्जना गर्न प्रतिबद्ध रहेको बताएका छन् । वर्तमान युवा संयोजक रहेका उनले कार्यकालका लागि युवा उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेको जानकारी गराउँदै जिताउन पनि सबै एनआरएनएलाई आग्रह गरेका छन् ।

‘म लामो समयदेखि कतारलाई कर्मथलो बनाउँदै आएको छु, हाल नेपाल, कतार र बेलायतमा व्यवसाय सञ्चालन गर्दै आएको छु । एनआरएनए युवा संयोजक हुँदा ब्रिटिस कम्पनी ‘बेलाको’ होम अप्लाइन्समार्फत केही नेपालीलाई रोजगारी प्रदान गर्दै आएको कुरा तपाईंमाझ विदितै छ,’ उनले भने ।

उनले एनआरएनएको युवा उपाध्यक्षमा निर्वाचित भएको खण्डमा स्वदेशमै युवालाई रोजगारी सिर्जना गर्न निरन्तर खटेर काम गर्ने प्रतिबद्धता दोहो-याएका छन् । ‘कर्मथलो विदेश भए पनि मातृभूमि नेपालमा लगानी गरेर धेरैभन्दा धेरै नेपालीलाई रोजगारी दिने विश्वास दिलाउन चाहन्छु । विदेशमा व्यवसाय गरिरहेका साथीहरूलाई स्वदेशमा लगानी गर्न पनि म अपिल गर्न चाहन्छु,’ उनले भने ।

विगतमा आफूले एनआरएनए कतार र एनआरएनए आईसीसीलगायत विभिन्न संघसंस्थामा रहेर बटुलेको अनुभवलाई आगामी कार्यकालमा अझ उपयोग गर्न चाहेको पनि बताए । ‘युवा पुस्ताका मुद्दा स्थापित गर्न, दोस्रो पुस्ताका नेपालीलाई एनआरएनएमा आकर्षित गर्न र विदेशमा बस्ने श्रमिकका आवाज सशक्त रूपमा उठाउन समर्पित हुनेछु,’ उनले थपे ।

युवाको बृहत सहभागिता, संस्थाको दिगो सफलता, श्रमको सम्मानसहित विदेशको सीप, पुँजी र ज्ञान नेपाल भित्र्याउने तथा समृद्ध नेपालमा एनआरएनएको सहभागिता आफ्नो मूल मुद्दा भएको उनले बताए ।

आगामी कार्यकालका लागि सबैको आग्रह र एनआरएनएभित्र काम गर्न सक्ने पदमा पुगेर संगठन र देशका लागि केही गर्ने इच्छाअनुसार एनआरएनए आईसीसी युवा उपाध्यक्ष पदका लागि उम्मेदवारी निर्णय गरेको उनले बताए ।

अब्दुलले स्वदेशमै युवालाई रोजगारी सिर्जना गर्न आफू लागि पर्ने बताए । कर्मथलो विदेश भए पनि स्वदेशमा लगानी गरेर धेरै नेपालीलाई रोजगारी दिने अब्दुलले बताए ।

युवापुस्ताका मुद्दा स्थापित गर्न, दोस्रो पुस्ताका नेपालीलाई एनआरएनएमा आकर्षित गर्न र विदेशमा बस्ने श्रमिकका आवाज सशक्त रूपमा उठाउन समर्पित हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 55 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

खाली पर्खालमा स्थानीय कला, संस्कृति झल्काउने पेन्टिङ गर्दै धनगढी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
युवा नेतृत्व छनौटमा नेकपा एमाले, सुनसरीबाट कार्की सिफारिस