विधेयक परिमार्जन नगरे चलचित्र विकाश बोर्ड नै बहिष्कार

काठमाडौं । चलचित्र सम्बन्धि आठवटा पेशागत संघ संस्थाले चलचित्र विकाश बोर्डको कार्यक्रम बहिष्कारको घोषणा गरेका छन् । चलचित्र पत्रकार संघ नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको दशैं, तिहार, छट तथा नेपाल सम्बत नयाँ वर्षको शुभकामना आदन प्रदानका लागि आयोजना गरेको कार्यक्रममा चलचित्रकर्मीहरुले बोर्डको कार्यक्रम बहिष्कारको घोषणा गरेका हुन् ।

२०२६ सालमा बनेको चलचित्र निर्माण, वितरण तथा प्रदर्शन सम्बन्धि ऐनलाई परिमार्जन गर्न सञ्चारमन्त्रालयले यसको बिधेयकको मस्यौदा तयार गरेको छ । यो मस्यौदालाई अहिले परिमार्जनको लागि चलचित्र विकाश बोर्डको वेभ साईटमा राखिएको छ । आफुहरुले दिएको मस्यौदालाई बदलेर सञ्चारमन्त्रालयको कर्मचारीको मातहतमा बोर्ड राख्ने गरी यो विधेयक तयार गरिएकाले आफुहरुले यसलाई बहिष्कार गरेको सिनेकर्मीहरुले बताएका छन् ।

कार्यक्रममा बोल्दै बागमति प्रदेश प्रेस रजिस्टार रेवती सापकोटाले अहिलेको विधेयक प्रदेश र स्थानीय निकायलाई नहेरी केन्द्रिय मानसिकताले बनाईएको बताए । यो विधेयक संविधान तथा गणतन्त्रको मुल्य र मान्यता विपरित केन्द्रिकृत भएकाले चलचित्रकर्मीहरुको माग बमोजिम यसलाई परिमार्जन गरेर मार्फत लागु गर्नुपर्ने बताए ।

बोर्डलाई स्वतन्त्र तथा स्वयत्त बनाउनुको सट्टा सञ्चार मन्त्रालयको मातहतमा राख्नु पर्ने विधेयकमा उल्लेख रहेकाले त्यसको सिनेकर्मीहरुले कार्यक्रममा घोर बिरोध गरे । सिनेकर्मीको विरोधपछि कार्यक्रममा सञ्चार मन्त्रालय तथा अर्थ मन्त्रालयका प्रतिनिधिहरु आफ्नो भनाई नराखी कार्यक्रम स्थलबाट बाहिरिए ।

कार्यक्रममा बोल्दै चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामीले भने,‘चलचित्र उधोगलाई नै धरासायी तुल्याउने गरी आउन लागेको यो विधेयकप्रति चलचित्र पत्रकार संघको पूर्ण असहमति छ । चलचित्र पत्रकारहरु सिनेकर्मी नभएकाले हामीलाई सिनेकर्मीको रुपमा नभएर विधागत रुपमा समेटिनु पर्छ भन्ने माग चलचित्र पत्रकार संघको रहेको छ ।’

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले जबसम्म चलचित्रकर्मीहरुले पठाएको विधेयकलाई पारित गरिँदैन, तबसम्म आफुहरुले चलचित्र विकाश बोर्डलाई संस्थागत रुपमा बहिष्कार गर्ने घोषणा गरिएको बताए । नेपाल चलचित्र संघका उपाध्यक्ष गोपालकाजी कायस्थले पनि अहिलेको विधेयकले नेपालको सिनेमा घरलाई धरासायी बनाउने बताए ।

चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले चलचित्र सम्बन्धि कानून समय सान्दर्भिक हुनुपर्नेमा यो झन कुरुर बनेर आउन लागेको छ भने । उनले पनि चलचित्रकर्मीहरुले बनाएर प्रस्तुत गरेको विधेयकलाई कानूनी रुपमा अघि बढाउने सुझाब दिए ।

चलचित्र निर्माता संघका निवर्तमान अध्यक्ष आकाश अधिकारीले आफुहरुले बनाएर पठाएको विधेयकलाई फालेर २०२८६ सालकै विधेयकलाई केही परिवर्तन गरेर ल्याउन लागिएको बताए । त्यो विधेयकको आफुहरुको काम बमोजिमको बुँदा परिवर्तन गरेर ल्याए मात्र सिनेकर्मीका लागि मान्यहुने बताए । सो कार्यक्रममा विभिन्न सिनेकर्मीहरुले दशैं तिहारको शुभकामना आदन प्रदान गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 163 times, 1 visits today)

epaper

ताजा समाचार

भाइटीकामा करिब २५ सय यात्रुलाई सशस्त्र प्रहरीको निःशुल्क बस सेवा