इलामका सुवेदीको आगोले खोस्यो दसैको खुशी

इलाम । खुलेको त्यो आकाश र लागेको चहकिलो घाम अनि सुरु भइसकेको दसै । दशैंमा मिठो मसिनो खाने र नयाँ लुगा लगाउने जोहो गरि भित्रिइसकेको छ दसै । सबै तयारी सकेर टिकाको साइत पर्खेर बसेका माइ नगरपालिका दुईका गोपाल सुवेदीका घरमा दसैको खुशी खोसी दिएको छ ।

खोले पकाउन बालेको आगोले भान्सा घर ग्वालीसहित एक तल्ले टिनको छाना भएको घर हेर्दाहेर्दै खरानी भएपछि टिकाको अघिल्लो दिन दसैको खुशी खोसिएको छ । आगो नियन्त्रणका लागि स्थानीय भेला भए पनि आगोको ज्वालो हुर्कि सकेको कारणा स्थानीय दमकल दमकल भन्न बाहेक केही गर्न नसकेको स्थानीय पत्रकार हरि अधिकारी बताउछन ।

आज विहान ६ः३० बजे सुरु भएको आगलागीबाट १५ लाख बढीको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीमा २ तोला सुन,नगद दशै खर्च २५ हजार,धान १० मन,सादा मोबायल ३ थान,४ थान नेपाली नागरिकता प्रमाणपत्र,जग्गाधनी प्रमाण पुर्जा,४ ठिका चिरान काठ सहित घर नस्ट भएको प्रहरी चौकी दानाबारीले जनाएको छ।

पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउन नेपाल रेडक्रस सोसाइटी दानाबारी उपशाखा मार्फत स्थानीय प्रशासनसङ्ग समन्वय गरि पहल भइरहेको बताइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 240 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गिरिबन्धु टि–इस्टेट प्रकरणः दीपक मल्होत्राको योजनामा केपी ओलीसहितले गरेका थिए नीतिगत भ्रष्टाचार

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुर महानगर प्रमुखमा कांग्रेसका २५ जनाकाे दावी, उपप्रमुखमा २४ जनाकाे नाम दर्ता