मुगु सामुहिक हत्या प्रकरणः एकजना प्रहरी नियन्त्रणमा

मुगु । मुगुको छायानाथ रारा नगरपालिका–६ मुन्दु गाउँमा भएको सामूहिक हत्या प्रकरणमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । आमा, दुई छोरा र एक छोरीको सामुहिक हत्या भएको चार दिनपछि एक जनालाई नियन्त्रणमा लिइएको हो ।

हिजो आइ्तवार दिउसो १२ बजेतिर जिल्ला सदरमुकाम गमगढी बीच बजारको नगरपालिका जाने बाटोबाट प्रहरीले शंकास्पद ति ब्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय मुगुले भने ती ब्यक्ति’bout विस्तृत सुचना गोप्य राखेको छ ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरीले हत्यारा अनुसन्धान लागि घटना स्थलमा ११ गते नै कर्णाली प्रदेश कार्यालयको समन्यमा घटनाको सुक्ष्म अनुसन्धानका लागि जुम्ला, कोहलपुर, कर्णाली प्रदेश प्रहरी कार्यलयवाट टोली मुन्दु पुगेर अनुसन्धान हालसम्म गरी रहेको छ ।

कर्णाली प्रदेश प्रहरी प्रमुख भीम ढकाल आइतवार १२ गते मुगु पुगेका थिए । अनुसन्धानमा भएका प्रगती बुझ्न र थप अनुसन्धानलाई सहयोग गर्न ढकाल मुगु पुगेका थिए । प्रदेश प्रमुख भीम ढकाललाई मुगु प्रहरी प्रमुख प्रनाउ विरेन्द्र थापाले घटाना स्थलको स्थलगत भ्रमणमा सघाएको जिल्ला प्रहरी कार्यलय मुगुले जनाएको छ । घटना स्थल मुन्दु गाउमाँ शनिवार कुकुर सहितको विशेष टोली जुम्ला र कोहोलपुर वाट प्रहरी अनुसन्धान टोली घटना स्थल पुगेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 456 times, 1 visits today)

epaper

ताजा समाचार

सुकुम्वासी मोर्चाका महासचिवसहित चारजना पक्राउ