विम्बल्डन टेनिस यो वर्ष नहुने

लन्डन । कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वको सबैभन्दा पुरानो ग्रान्डस्लाम विम्बल्डन ओपन टेनिस च्याम्पियनसिप यो वर्ष नहुने भएको छ । विम्बल्डन आयोजकको बुधबार साँझ बसेको आपतकालीन बैठकले आउँदो २९ जुनदेखि १२ जुलाईसम्म तय भएको विम्बल्डन ओपन टेनिस स्थगित गर्ने निर्णय गरेको हो । वर्षको तेस्रो ग्रान्डस्लामका रूपमा रहेको विम्बल्डन ओपन टेनिस दोस्रो विश्वयुद्धपछि पहिलोपटक स्थगित भएको हो ।

यस्तै, बैठकले विम्बल्डन ओपन टेनिस अर्काे वर्ष २८ जुनदेखि ११ जुलाईसम्म गर्ने निर्णय गरेको छ । विम्बल्डन पहिलोपटक १८८७ मा आयोजना भएको थियो । यो प्रतियोगिता पहिलो र दोस्रो विश्वयुद्धका कारण स्थगित भएको थियो । मे महिनालाई तय भएको वर्षको दोस्रो ग्रान्डलाम फ्रेन्च ओपन सेप्टेम्बरलाई सारिएको छ ।

यससँगै विम्बल्डन पनि कोरोना महामारीका कारण २०२० को प्रभावित खेलको सूचीमा परेको छ । यसअघि टोकियो ओलम्पिक, पारा ओलम्पिक, युरोकप, कोपा अमेरिकालगायतका ठूलो प्रतियोगिता स्थगित भइसकेका छन् । २०२१ लाई तय भएका विश्व एथलेटिक्स च्याम्पियनसिप पनि प्रभावित सूचीमा छ ।

तपाइको प्रतिक्रिया
(Visited 275 times, 1 visits today)

epaper

ताजा समाचार

काँग्रेस केन्द्रीय सदस्यकी उम्मेदवार खड्का पक्राउ