के तपाईं मानव तस्करबाट ओमान पुगेर पीडित हुनुभएको छ ?

काठमाडौं । रोजगारीका लागि विभिन्न दलाल अर्थात् मानव तस्करबाट ओमान पुगेका नेपाली कामदारले अब आफू पीडित भए रोयल ओमान प्रहरीलाई फोन गर्न सक्ने भएका छन् । ओमानस्थित नेपाली दूतावासका अनुसार यदि तपाईंलाई झुटो आश्वासन देखाएर ओमान ल्याइएको, र तपाईंको काम गर्ने वातावरण तपाईंलाई भनिएको भन्दा निकै फरक छ भने तपाईं मानव तस्करीको सिकार भएका छन् ।

के तपार्इं यीमध्ये कुनै समस्याबाट पीडित हुनु भएको छ ?
मेरो पासपोर्ट मसँग छैन । मैले पाउने तलब सुविधा सम्झौतापत्रमा उल्लेख गरिए भन्दा कम छ । मलाई बिना अतिरिक्त पारिश्रामिक सम्झौतापत्रमा तोकिएभन्दा बढी समय काम गर्न बाध्य पारिएको छ । मलाई साप्ताहिक बिदा दिइँदैन र साप्ताहिक बिदाका दिनमा काम गरेबापत क्षतिपूर्ति÷अतिरिक्त पारिश्रमिक पनि दिइँदैन । मेरो रोजगारदाताले मलाई भिसा प्रदान गरेबापत उसलाई मैले पैसा तिर्नुपर्ने बताउँछ । मेरो रोजगारदाताले मलाई आवास, उपचार खर्च र खाना दिएबापत उसलाई पैसा तिर्नुपर्ने बताउँछ ।

मलाई यस मुलुकमा ल्याएबापत मैले मेरो स्पोन्सर वा मलाई काम दिने एजेन्सीलाई पैसा तिर्नुपर्छ । यदि मैले मेरो कामको अवस्था’bout यहाँको प्रहरी वा श्रम मन्त्रालयमा कुनै उजुरी गरेमा मेरो रोजगारदाताले मलाई यो देशबाट निकाला गर्ने धम्की दिएको छ । काम गर्ने स्थानमा घरपरिवारका सदस्यद्वारा मलाई शारीरिक दुव्र्यवहार गरिनुका साथै अनुचित तरिकाले संवेदनशील अंगमा स्पर्श गरिन्छ । मेरो रोजगारदाताले मलाई कुटपिट गर्छ । ममाथि हिंसाको धम्की दिइन्छ ।

मलाई पुरुषसँग शारीरिक सम्पर्क गर्न बाध्य पारिन्छ । म वेश्यावृति त्यागेर नेपाल फर्कन चाहन्छु तर मेरो रोजगारदाताले मलाई जान दिँदैन । यदि माथि उल्लेखित कार्यहरू तपाईंले प्रत्यक्ष÷अप्रत्यक्षरूपमा भोग्नुभएको छ भने तपाईं मानव बेचबिखन÷तस्करीपीडित हुनुहुन्छ ।

याद राख्नुहोस्, तपाईंपीडित हो, अपराधी होइन । रोयल ओमानी प्रहरी तपाईंलाई मद्दत गर्न तयार छन् । उनीहरूलाई यस्ता पिडितलाई कसरी सहयोग गर्ने भन्ने विषयमा तालिम दिइएका छन् । उनीहरूले तपाईंलाई तपाईंको रोजगारदाताबाट बचाउन सक्छन् । उनीहरूले तपाईंको यस दुःखद अवस्थाको अन्त्य गर्न सक्छन् ।

मैले के गर्नुपर्छ ?
यदि तपाईंलाई हिडडुल गर्न दिइन्छ भने नजिकैको रोयल ओमान प्रहरीको कार्यालयमा गएर तपाईंको समस्या राख्नुहोस् । यदि, तपाईं आफैं प्रहरीकोमा जान सक्नुहुन्न भने तपाईं आफ्नो साथीभाइको मद्दतले आफ्नो समस्या प्रहरीकोमा पु-याउन सक्नुहुनेछ । रोयल ओमान प्रहरीकोमा फोन गर्नुहोस् ८०० ७७ ४४४ फोन निःशुल्क हुन्छ । कर्मचारी अंग्रेजी र अरबिक दुवै बोल्न सक्छन् । यदि तपाईं अरबिक वा अंग्रेजी बोल्न जान्नुहुन्न भने जान्ने मान्छेलाई अनुरोध गर्नुहोस् ।

अब के हुन्छ ?
रोयल ओमानी प्रहरीले तपाईंको उजुरीको छानबिन गर्नेछन् । तपाईंको सुरक्षा तथा हितका लागि तपाईंलाई विशेष सुरक्षा गृहमा राख्न सकिने छ । सहयोगी कर्मचारीले तपाईंको सुरक्षा, औषधि उपचारलगायत अन्य आवश्यकताको ख्याल गर्नेछन् ।
यी सबै सेवाहरू निःशुल्क हुने छन् ।

भिजिट भिसामा ओमान पुगेर काम गर्न नपाउने
अक्टोबर ३१ देखि पर्यटन भिसा वा भिजिट भिसामा ओमान आइसकेपछि सो भिसाको प्रकार परिवर्तन गरी काम गर्न पाउने भिसा (वर्क भिसा )मा परिवर्तन नहुने भएको छ । कसैले ओमानमा भिजिट भिसा वा पर्यटन भिसामा ल्याएर रोजगारी दिलाउँछु भनेर गलत आश्वासन दिएको भए समयमै सचेत हुन पनि सम्बन्धित सबैका लागि दूतावासले अनुरोध गरेको छ । ओमानमा विभिन्न पेसामा गरी करिब २० हजार नेपाली कार्यरत रहेको पाइन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 296 times, 1 visits today)

epaper

ताजा समाचार

प्रधानमन्त्री बालेनको सचिवालयवाट माधव खनाल ‘आउट’