किन बस्नुप-याे प्रभु साहलाई माईतीघरमा धर्ना ?

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु न्यायको माग गर्दै धर्नामा बसेका छन् । काठमाडौंको माईतीघरमा साह सहित आजपाका नेताकार्यकर्ता समेत आज धर्ना बसेका हुन् ।

न्यायको माग गर्दै विगत १४६ दिनदेखी धर्नामा बसेको आरती साहको परिवारको माग यथासिघ्र सम्बोधन गर्न उनले सरकारसंग माग समेत गरेका छन् । यस अघि समेत आजपा अध्यक्ष साह माईतीघर पुगेर उनको संघर्षप्रति समर्थन गर्नुका साथै संसदमा समेत पटक–पटक आवाज उठाउँदै आएका छन् ।

लामो समयदेखी धर्नामा बसेको आरती साहको परिवारलाई न्याय दिनमा ढिलाई गरेको, संसदमार्फत समेत आवाज उठाउँदा सुनुवाई नगरेको भन्दै उनले आफै माईतीघरमा गएर धर्ना बसेका हुन् ।

माईतीघरमा धर्ना बस्न पुगेका आजपा अध्यक्ष साहले यथासिघ्र वार्ता एवं सम्बादद्धारा सरकारले उनीहरुको माग सम्बोधन नगरे यो भन्दा कडा कदम चाल्न बाध्य हुने चेतावनी समेत दिए ।

‘पीडित परिवारको अटुट आत्मबल एवं संघर्ष तथा विभिन्न प्रारुपमा हामी लगायत आम न्यायप्रेमीहरुको सक्रिय साथ – सहयोगले यो आन्दोलनले सार्थकता प्राप्त गरेरै छाड्ने गहिरो अपेक्षा एवं विश्वास सहित सरकारलाई छिटै वार्ता–संवादद्वारा यसको ठोस समाधान दिन हार्दिक आग्रह गर्दछु’ साहले भने ।

पार्टीको निर्णय अनुसार आजपाले नेपाल मानव अधिकार आयोगलाई यस ’boutमा बिहिबार ध्यानाकर्षण पत्र बुझाउँदै छ । लामो समयदेखी धर्ना दिदा समेत माग सम्बोधन गर्नमा सरकारले चासो नदिएको भन्दै उनले सरकारको आलोचना समेत गरेका छन् ।

आरती साह गत जेठ ७ गते आफ्नै घरमा मृत अवस्थामा भेटिएकी थिईन् । जनकपुर उपमहानगरपालिका–९ थापाचोकका मोदीबाबु साहसँग विवाह गरेकी आरतीलाई दाईजो थोरै ल्याएको भन्दै उनको परिवारले हत्या गरेको आरतीका आमाबाबुको आरोप छ ।

घटनाको निश्पक्ष छानविन गरी दोषीलाई कारबाहीको माग गर्दै आरतीका आमाबाबु लामो समयदेखि माईतीघरमा धर्नामा छन् । गृहमन्त्रालयले आरतीका बाबुआमालाई वार्तामा आउन गत सोमबार पत्र काटेपनि अहिलेसम्म वार्ता हुन सकेको छैन ।

तपाइको प्रतिक्रिया
(Visited 113 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सांसदकाे आरोपप्रत्यारोपले संसद बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कालिञ्चोक गाउँपालिकामा अध्यक्षमा शिवाकोटी र उपाध्यक्षमा बुढाथोकी निर्वाचित