एकसाथ १९ गीत सार्वजनिक गरे अम्बिका र शंकरले

काठमाडौं । आजकाल प्रायः एउटा गीतको एल्बम रिलिज गरिन्छ । तर, गीतकार अम्बिका गुरुङ र संगीतकार शंकर थापा ‘स्माइल’ले आफ्ना १९ वटा गीत समेटिएको दुईवटा गीतिसंग्रहको संयुक्तरूपमा विमोचन गरेका छन् ।

बुधबार काठमाडौंमा एक समारोहबीच अग्रज संगीतकार शम्भुजित बासकोटा, संगीत उद्योग संघ नेपालका अध्यक्ष सूर्यबहादुर मगर, गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापा, संगीतकार संघ नेपालका उपाध्यक्ष अस्ट लामा, राष्ट्रिय लोक सांस्कृतिक संघ नेपालका महासचिव योगेन्द्र उपाध्याय, पिम नेपालका अध्यक्ष माधवराज खरेल, एल्मबमा श्रष्टाद्वय गीतकार गुरुङ र संगीतकार थापाले संयुक्तरूपमा यी दुई गीतिसंग्रह सार्वजनिक गरे ।

लामो समयदेखि अमेरिकामा बस्दै आएको र पटकपटक नेपाल आउन सहज नभएकाले यति धेरै गीत तयार गरेर आफूले एकसाथ दुई गीतिसंग्रह सार्वजनिक गरेको गीतकार अम्बिका गुरुङले कार्यक्रममा जानकारी गराइनन् ।

कार्यक्रममा बोल्दै अग्रज संगीतकार बास्कोटाले भने, ‘यति धेरै गीतसंगीत र भिडियोमा लगानी गर्ने त्यागी गीतकारका रूपमा अम्बिका गुरुङ परिचित हुनुहुन्छ । दुई÷तीन वर्षमा एकपटक नेपाल आउँदा उहाँले जहिले पनि आफ्ना केही गीत र भिडियो सार्वजनिक गर्नुहुन्छ ।’ यसपटक अझ उत्कृष्ट गीत लिएर गुरुङ आएको उनले बताए । यस्तै, संगीतकार थापा नेपाली गीतसंगीतको अहिलेका स्टार संगीतकार भएको पनि उनले बताए ।

नयाँ पुस्तमा सबैभन्दा बढी संगीत गर्ने श्रष्टाका रूपमा शंकर थापा परिचित रहेको यस्तै संगीत उद्योग संघ, नेपालका अध्यक्ष सूर्यबहादुर मगरले कार्यक्रममा बताए ।

सार्वजनिक दुई गीतिसंग्रह’bout कार्यक्रममा संगीतकार थापाले प्रकाश पारे । यी गीत आफूले तीन वर्षको अन्तरालमा तयार गरेको पनि उनले बताए ।

यस्तै, गीतकार अम्बिका गुरुङले आफूले सयभन्दा बढी गीतमा संगीतकार थापासँग सहकार्य गरिसकेको जनाउँदै हरेक गीतलाई फरक स्वाद दिनसक्के क्षमता शंकर थापा स्माइलमा रहेको उनले जिकिर गरिन् । उनले शंकरको संगीत सिर्जना उत्कृष्ट रहने भएकैले निरन्तर रूपमा सहकार्य गरिरहेको जनाइनन् ।

समारोहमा गीतकार संघ नेपालका अध्यक्ष वसन्त बित्यासी थापा र संगीतकार संघ नेपालका उपाध्यक्ष अष्ट लामाले पनि उनीहरूको सिर्जनाको चर्चा गरे ।

कार्यक्रममा सार्वजनिक गरिएको गीतिसंग्रह ‘भाव’मा यो मनले भन्छ, आँखा खोल्दा, सँगसँगै, आँखा नलागोस्, मात्तिएको बेला, अजम्बरी पिरती, रूपको बयान, छड्के नजर, मायाको छु भोको र धेरै भाउ नखोज गरी १० वटा गीत समावेश छन् ।

यस्तै, अर्को गीतिसंग्रह ‘अनुपम यात्रा’मा देखिन तिमी जस्तो कोही, सदियौंदेखि, तिमीसँगै, भुल्न सकिन, कारण तिमी, तिमी टाढा, गुराँसैको फूल फुल्दा, बुझाउँ कसरी र कारण तिमी (फिमेल भर्सन) गरी नौवटा गीतहरू समावेश छन् । सार्वजनिक दुवै एल्वमलाई भावसागर इन्टरटेनमेन्ट एलएलसीले उत्पादन तथा बजार व्यवस्थापन गरेको हो ।

यस्तै, दुई एल्वमका गरी पाँचवटा म्युजिक भिडियो पनि कार्यक्रममा सार्वजनिक गरियो ।

तपाइको प्रतिक्रिया
(Visited 27 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

खाली पर्खालमा स्थानीय कला, संस्कृति झल्काउने पेन्टिङ गर्दै धनगढी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
माझी महिला बनिन् वडाअध्यक्ष