भुस्याहा कुकुरले टोक्दा १७ घाइते

गुल्मी । गुल्मीमा भुस्याहा कुकुरले टोक्दा १७ जना घाइते भएका छन् । बुधबार र बिहीबार जिल्लाको छत्रकोट गाउँपालिकामा १४ र रुरुक्षेत्र गाउँपालिकामा तीन जनालाई कुकुरले टोकेको हो । कुकुरले टोकेर घाइते भएका सबैलाई उपचारका लागि पाल्पाको मिसन अस्पतालमा पठाइएको थियो । जसमध्ये छत्रकोटका १४ र रुरुक्षेत्रका एक गरी १५ जना घर फर्किएका छन् ।

रुरुक्षेत्रका दुई जना अझै पनि मिसन अस्पतालमा रहेका छन् । रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीका अनुसार एक जना ७२ वर्षीया महिलाको हातको औंला टोकेकोले शल्यक्रिया गर्नुपर्ने भएको छ । त्यस्तै, अर्को एक जनाको साप्रा र औंलामा टोकेकाले थप उपचारका लागि मिसन अस्पतालमै राखिएको छ ।

छत्रकोट गाउँपालिकाका पशु शाखा प्रमुख टेकबहादुर खनालले दुई दिनसम्म कुकुरले आतंक नै फैलाएको बताए । यद्यपि, उपचारमा गएका छत्रकोटका सबै नागरिक घर फर्किएको उनले बताए । कुकुरले अधिकांशको खुट्टामा टोकेको थियो । कुकुरले टोकेकामा १३ देखि ७५ वर्षसम्मका रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 202 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

११ माघ २०८१

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जो ‘भाग्य’ले विजयी भए