प्रदेशसभा सदस्य रिहा

राजविराज । कर्तव्य ज्यान तथा डाका मुद्दामा पुर्पक्षका लागि राजविराज करागारमा रहेका मधेस प्रदेशसभा सदस्य अनिरुद्धप्रसाद सिंह यादव बिहीबार अदालतको आदेशले धरौटीमा रिहा भएका छन् ।

३ घण्टा लामो थुनछेक बहसपछि उच्च अदालत जनकपुर–राजविराज इजलासका न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी तथा पूर्णप्रसाद राजवंशीको संयुक्त इजलासले सो आदेश जारी गरेको हो ।

२०६४ साल असार ९ गते माओवादी नेता गोविन्द चौधरीको हत्या घटनामा संलग्न रहेको अभियोगमा भदौ १९ गते राजविराजबाट पक्राउ परेका प्रदेशसभा सदस्य यादवलाई सप्तरी जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि कारागार चलान गरिएको थियो ।

जिल्ला अदालतले गरेको आदेशविरुद्ध उनी उच्च अदालत जनकपुर–राजविराज इजलास पुगेका थिए ।

सप्तरीको प्रदेशसभा क्षेत्र नम्बर ४ को २ बाट स्वतन्त्र उम्मेदवार बनी निर्वाचित भएका यादवसहित नौ जना सो मुद्दामा आरोपित थिए । आरोपितमध्ये आठ जनाको फैसला भए पनि उनीमाथिको यो मुद्दा मुल्तबीमा थियो । त्यसबेलाको आदेशमा यादवलाई पक्राउ गरी मुल्तबीमा राखी अनुसन्धान गर्न उल्लेख थियो ।

यसअघि सप्तरी जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासले यादवलाई २०७१ चैत ११ गते ४ वर्षको कैद सजाय हुने फैसला गरेको थियो ।

मृतकका दिदी धनगढी गाविस ३ की रीताकुमारी चौधरीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा २०६४ असार १४ गते सिंहसमेत नौ जनामाथि किटानी उजुरी दिएकी थिइन् ।

तपाइको प्रतिक्रिया
(Visited 93 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
उम्मेदवार बन्न धरौटी, कुन पदमा कति लाग्छ ?