चापागाउँमा मंगलबार न्हूदँ -याली निकालिँदै

चापागाउँ (ललितपुर) । यही २८ कात्तिक मंगलबार नेपाल संवत् ११४४ न्हूदँको अवसरमा ललितपुर चापागाउँमा निकालिन लागिएको -याली तयारी तीव्र पारिएको छ ।

-याली प्रारम्भ हुने स्थान चन्द्रभैरव प्रांगणमा शनिबार सम्पन्न छलफलपछि तयारी अघि बढाइएको हो ।

नेवा समाज वादे र नयाँ किरण नेपालको संयुक्त तत्वाधानमा निकालिने -याली बिहान ७ः३० बजे स्थानीय चन्द्रभैरव मन्दिर प्रांगणबाट हुने नयाँ किरण नेपाल अध्यक्ष रिजना श्रेष्ठले जानकारी दिएकी छन् । उनका अनुसार चन्द्रभैरव, ज्योतिविहार, ठेचो बुद्धपोखरी, दुख्र्योबहाल, वखाटोल, बज्रबाराही, बुलु, प्याङगाउँ हुँदै चन्द्रभैरवमा पुगेर -याली समापन हुनेछ ।

‘-यालीमा सबैको सहभागिताका लागि हामी हार्दिक आह्वान गर्दछौं,’ नयाँ नेपाल अध्यक्ष श्रेष्ठ भन्छिन्, ‘हर्षोल्लाससाथ नयाँ नेपाल संवत् मनाउँदै सबैमा शुभकामना छ ।’

तपाइको प्रतिक्रिया
(Visited 152 times, 1 visits today)

epaper

ताजा समाचार

‘नेतृत्व विकास र मङ्गलादेवी सिंह’ वतृत्वकलाको उपाधि अधिकारीलाई