वक्तृत्वकला प्रतियोगितामा रेश्मा गैरे प्रथम

कपिलवस्तु । अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा कपिलवस्तुको बुद्धभूमिमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । बुद्धभूमि नगरपालिकाले दिवसको अवसरमा नगरपालिकाको सभा हाल हनुमान चोकमा आयोजना गरेको प्रतियोगिता सम्पन्न भएको हो ।

बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठको अध्यक्षतामा भएको प्रतियोगितामा १८ वटा विद्यालय बाट १६ विद्यार्थीको सहभागिता रहेको थियो । प्रतियोगितामा सिद्धार्थ स्मारक मावि कि रेश्मा गैरे प्रथम, श्री मावि इमिलियाकि दीपिका आचार्य द्वितीय, जनकल्याण मा वि का प्रवीण खत्री तृतीय र पारिजात पब्लिक स्कुल कि अम्बिका बेल्बासेले सान्त्वना भएकी थिइन । विजेताहरूलाई नगद,मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो।

प्रतियोगितामा बुद्धभूमि नगरपालिकाका शिक्षा शाखा प्रमुख कृष्णप्रसाद भट्टराई, बुद्धभूमि नगरपालिका प्रशासन शाखाका अधिकृत केशव ज्ञवाली, गौतम बुद्ध बहुमुखी क्याम्पसकी उप प्राध्यापक हेमा पौडेलले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

“बाल अधिकारसँग बाल कर्तव्य तथा सरोकारवालाहरूको भूमिका “विषयक वक्तृत्वकला प्रतियोगितालाई सम्बोधन गर्दै बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले बालबालिकाको क्षमता अभिवृद्धि र व्यक्तित्व विकासका लागि वक्तृत्वकला प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

समसामयिक विषयवस्तुको ज्ञान हुनु र त्यसको ’boutमा आफ्नो धारणा व्यक्त गर्न सके सफल हुन कसैले नरोक्ने नगर प्रमुख श्रेष्ठको भनाई छ । कार्यक्रममा बुद्धभूमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव प्रसाद नेपालको शुभकामना मन्तव्य रहेको कार्यक्रम महिला विकास निरीक्षक सित घिमिरेले सञ्चालन गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 49 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

वडाध्यक्षलाई कोठाभित्र थुनेर घरमा लगाइयो आगो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखराको मेयरमा गठबन्धनका उम्मेदवारलाई १८ सय बढीको अग्रता