काठमाडौं । चलचित्र ‘दुई कदम’ आगामी मंसीर २९ मा रिलिज हुने भएको छ । यो चलचित्रको ‘कागभन्दा कोइली चलाख…’ सार्वजनिक भएको छ । यो गीतमा प्रताप दास र मेलिना राईको स्वर रहेको छ । डीपी खनालले लेखेको यो गीतमा विकास चौधरीले संगीत सिर्जना गरेका हुन् ।
यो चलचित्रलाई उदय सुब्बाले निर्देशन गरेका हुन् । सार्वजनिक गीतमा गौरव पहारी, इओन लिम्बु, सिमोन गिरी, विल्सनविक्रम राई, विमला लिम्बु र गीता ढुंगानाको अभिनय रहेको छ । ओएसआर डिजिटल च्यानलबाट रिलिज गरिएको छ । यो गीतमा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । फिल्मको एक गीतमा अभिनेता विल्सनविक्रम राईले पनि विशेष भूमिका निर्वाह गरेका छन् । मुस्ताङमा एक गीतको छायांकन गरिएको फिल्मको बाँकी छायांकन पूर्वका धनकुटा, तेह्रथुमको वसन्तपुर, इलाम, झापा र धरानमा गरिएको हो ।
यो चलचित्रमा सुनिल थापा, कविता आले, सुरवीर पण्डित, प्रेम सुब्बा, गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बु, जीवन लिम्बु, चन्दा दाहाल र प्रीतिका शर्माको पनि अभिनय रहेको छ ।
दयाराम घिमिरेको कथा तथा पटकथा लेखन, विक्रम डीसीको छायांकन, ताराप्रकाश लिम्बु र विकास चौधरीको संगीत, डीपी खनालको गीत लेखन, राजु किराँतीको द्वन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी र प्रवीन ढकालको सम्पादन फिल्ममा रहेको छ । अजम्बरी फिल्मसको ब्यानरमा निर्माण भएको फिल्ममा तारादेवी लिम्बुको लगानी रहेको छ । फिल्मलाई रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दै छन् ।