नेपाललाई भारतद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

काठमाडौं । भारतले नेपालको भूकम्प पीडितका लागि स्वास्थ्य सामाग्री सहयोग गरेको छ । भूकम्प पीडितका लागि यसअघि बिभिन्न सामाग्री सहयोग गरेको भारतले चौथो चरणको राहत सामाग्री अन्तरगत औषधी, उपकरणहरु सहयोग गरेको हो ।

भारत सरकारले पठाएको ति स्वास्थ्य सामाग्री काठमाडौं स्थित भारतीय दुतावासले नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । यस अघि नै भारतले नेपाललाई ३४ टन भन्दा बढी आपतकालीन बिभिन्न राहत सामाग्री हस्तान्तरण गरिएको भारतीय दुतावासले जनाएको छ ।

नेपाल चिकित्सक संघको माग अनुरुप भारतले राहत स्वरुप स्वास्थ्य सामग्री उपलब्ध गराएको हो । यी राहत सामग्रीमा अत्यावश्यक औषधी र उपकरण समावेश रहेको छ । ‘जाजरकोट र त्यस ’round गत १७ कार्तिकमा गएको भूकम्पबाट प्रभावित परिवारका लागि हालसम्म भारतले ३४ टन भन्दा बढी आपतकालीन् राहत सामग्री उपलब्ध गराइसकेको छ’ दुतावासले भनेको छ ।

बिभिन्न चार चरणमा बिभिन्न सामाग्री सहयोग गरेको भारतले नेपाल सरकारको प्राथमिकता र मापदण्ड अनुसार थप राहत सामाग्री उपलब्ध गराउँन तयार रहेको जनाएको ।

‘छिमेकी पहिलो नीति अन्तर्गत नेपाललाई सहयोग गर्ने भारतीय प्रतिबद्धतालाई जाजरकोट भूकम्पमा भारतले देखाएको मानवीय सहयोगले पुष्टि गरेको छ । नेपाल सरकारले तोकेको मापदण्ड र प्राथमिकताका आधारमा भारतले नेपालमा राहत सामग्री सहयोगलाई निरन्तरता दिनेछ’ भारतीय दुतावासले भनेको छ ।

ति सामग्री सोमबार बेलुका नेपाल आइपुगेको र नेपाल सरकारलाई हस्तान्तरण गरिएको भारतीय राजदूतावासले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 94 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अदालतभित्रै श्रीमानले श्रीमती कुटे

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कञ्चनपुरको लालझाडी गाउपालिकामा एमाले बिजयी