सशस्त्रले थाल्यो वरिष्ठ सईदेखि हबलदारसम्म बढुवा प्रक्रिया

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले सशस्त्र प्रहरी साधारण समूह, साधारण उपसमूहलगायत अन्य समूह (स्वास्थ्य, सञ्चार तथा इन्जिनियरिङतर्फ) रिक्त पदमा बढुवाका लागि सूचना प्रकाशित गरेको छ ।

विविध कारणले रिक्त हुने पदहरूमा लामो समयसम्म रिक्त नराखी योग्य उम्मेदवारले समयमै बढुवाको अवसर प्राप्त गरुन् भन्ने संगठनको नीतिअनुरूप बढुवाका लागि सूचना प्रकाशित गरिएको सशस्त्र मुख्यालयले जनाएको छ ।

मुख्यालयले सशस्त्र प्रहरी सेवा साधारण समूह, साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी वरिष्ठ नायब निरीक्षक, सशस्त्र प्रहरी नायब निरीक्षक, सशस्त्र प्रहरी वरिष्ठ हबलदार र सशस्त्र प्रहरी हबलदार पदमा बढुवाका लागि एकैपटक सूचना प्रकाशित गरेको हो ।

यसैगरी, सशस्त्र प्रहरी सेवा प्राविधिक समूह स्वास्थ्य र प्राविधिक समूह सञ्चार तथा इन्जिनियरिङतर्फ प्राविधिक सशस्त्र प्रहरी वरिष्ठ नायब निरीक्षक पदमा बढुवाका लागि सूचना प्रकाशित गरिएको छ ।

प्रकाशित सूचनाअनुसार बढुवाका लागि योग्य उम्मेदवारले आफूले प्राप्त गरेको शैक्षिक योग्यता र बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रहरूको प्रतिलिपि संलग्न गरी मूल्यांकन फाराम भरी सूचना प्रकाशन भएको १० दिनभित्र बढुवा समितिको सचिवालयमा पेस गर्नुपर्नेछ ।

यसअघि खाली रहेको सशस्त्र प्रहरी सेवा प्राविधि समूह स्वास्थ्य र सञ्चार तथा इन्जिनियरिङतर्फको सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदमा हालै बढुवाद्वारा पदपूर्ति भइसकेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 152 times, 1 visits today)

epaper

ताजा समाचार

एनपीएल: लुम्बिनी प्लेअफमा पुग्ने पहिलो टोली