निल आर्मस्ट्रङको भाग्य

१९६९ को जुलाइ महिना थियो । अमेरिकाका वैज्ञानिक, अनुसन्धानकर्ता र विज्ञमा एक उत्साह छाइरहेको थियो । अमेरिकी नागरिक निल आर्मस्ट्रङ चन्द्रमामा जाँदै थिए । यो दुनियाँका लागि विश्वास नै गर्न नसकिने कुरा थियो । तर, भयो यस्तै । निल आर्मस्ट्रङ चन्द्रमामा पुगे । अन्तरिक्ष यात्री निल आर्मस्ट्रङ चन्द्रमामा पहिलो पाइला टेक्ने धरती–मानव हुन् । उनले सन् १९६९ जुलाइ महिनामा चन्द्रमामा पहिलोपटक पाइला टेकेका थिए ।

पाइला टेक्दा उनले ‘चन्द्रमामा टेकेको यो सानो पाइला मानव जातिका लागि एक ठुलो कदम हुन सक्छ’ भनेर बोलेका थिए । अहिले चन्द्रमामा धमाधम अन्तरिक्ष स्टेसन बनिरहेका छन् । चन्द्रमा पृथ्वीका समस्त मानव जातिका लागि साँच्चिकै एक ठुलो कदम हुन पुगेको छ । एक पाइला आगामी अनगिन्ती पाइलाको आधार बनिरहेको छ ।

चन्द्रमामा पुग्न निल आर्मस्ट्रङको टिम चढेको अपोलो–११ नामक अन्तरिक्ष यान उडानको तरखरमा थियो । चन्द्रमामा पुग्न सकिने कुरामा केही वैज्ञानिकबाहेक अरूमा दुविधा नै थियो । अमेरिकी राज्यसत्ता सञ्चालन गरिरहेको राष्ट्रपति रिचर्ड निक्सन प्रशासनलाई यो टिम चन्द्रमामा पुग्छ भन्ने विश्वास नै थिएन ।

त्यसैले निक्सन प्रशासनले आर्मस्ट्रङको टिम चन्द्रमामा पुग्न असफल हुने बित्तिकैवाचन गर्न भनेर एक दुःखान्त प्रेस वक्तव्य ड्राफ्ट गरी राष्ट्रपति निक्सनको हातमा थमाएको थियो । बक्तव्यमा निकै दुःखान्त भाषा लेखिएको थियो । तर, यो आर्मस्ट्रङको टिमलाई थाहै थिएन ।

तर, आश्चर्य ! आर्मस्ट्रङको टिम अपोलो यानमार्फत् चन्द्रमामा सफलतापूर्वक अवतरण ग¥यो । एपोलोयान टिमले चन्द्रमा टेक्ने बित्तिकै दुःखान्त वक्तव्य फालेर राष्ट्रपति निक्सनसहित सबै चिच्याउँदै र उफ्रदै विजयोत्सव मनाउन थाले । यो खुसीयालीमा राष्ट्रपति निक्सनले मुखबाट जेजे निस्क्यो, त्यही कुरा बोलेका थिए । टिमले चन्द्रमा टेक्नेबित्तिकै त्यो वक्तव्य फालेर निक्सनसहित सबै चिच्याउँदै र उपिँ्रmदै खुसीयालीमा मुखबाट जेजे निस्क्यो, त्यही बोलेका थिए ।

आफूहरू अवतरण गरेको चन्द्र सतहलाई ‘ट्रयांक्बिलिटी बेस’ नाम दिएर चन्द्रयात्री टिम चन्द्रमामा एक दिनरात (२१ घण्टा ३६ मिनेट) बसेका थिए । नासाको अन्तरिक्ष मिसनमा विद्युतीय ब्याट्री, अक्सिजन, खाना र पानीलगातका महत्वपूर्ण कुरा लिएर गएका उनीहरू मिसन सफल पारेर सफलतापूर्वक पृथ्वीमा ओर्लिएका थिए । यसलाई नासाको खोज अनुसन्धान र अमेरिकी विज्ञान तथा प्रविधिको सफलतासँगै निल आर्मस्ट्रङको टिमको भाग्यलाई पनि जोडेर हेरिन्छ । कतिपयले त चन्द्रमामा जाँदा यो टिमले राइट ब्रदर्सको जहाजबाट निकालिएको एउटा काठको टुक्रा लगिएको हुनाले पनि सुरक्षामा खतरा आई नलागेको तर्क अघि सारेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 153 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको निर्णयले तनावमा प्रधानमन्त्री दाहाल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुर महानगरमा रेनु दाहाल सात हजार मतले अगाडी