रुस–युक्रेन युद्धः रुसी सेनामा आवद्ध भएका तीन नेपालीको मृत्यु

काठमाडौं । लामो समयदेखि जारी रुस र युक्रेन युद्धमा परी रुसी सेनामा आवद्ध रहेका तीन जना नेपालीको मृत्यु भएको छ । युक्रेससँगको युद्धका क्रममा उनीहरूको ज्यान गएको मस्कोस्थित नेपाली राजदूतावासले जनाएको छ । उनीहरूको गत १५ नोभेम्बर (कात्तिक २९) गते मृत्यु भएको हो ।

नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको पत्रअनुसार मृत्यु हुनेमा स्याङ्जाका प्रितम कार्की, दोलखाका राजकुमार रोक्का र इलामका गंगाराज मोक्तान रहेका छन् । दोलखाका रोक्का दुई महिनाअघि मात्र रूसी सेनामा भर्ना भएका थिए । रसियन सेनामा भर्ती भएर तालिम गरिरहेका उनको गतकात्तिक २९ गते नै मृत्यु भए पनि परिवार र आफन्तले मंसिर ११ गते मात्रै मृत्युको खबर पाएको जनाइएको छ । यसअघि नेपाल प्रहरीमा रहेका उनी पेन्सन नभई दुई महिना अघि रुस गएका थिए ।

रुसका लागि नेपाली राजदूत मिलन तुलाधरले नेपाली मारिएको घटनाको रुसी सेनामा खोजी भइरहेको जानकारी दिए । रुस र युक्रेनबीच युद्धका क्रममा केही नेपाली पनि रहेको सूचना बाहिर आइरहेका बेला तीन नेपाली मारिएकै घटना सार्वजनिक भएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 438 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सरकार र संविधान दुबै असफल : प्रभु साह

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौं मेयरमा उम्मेदवारी दर्तापछि स्थापितले भने- गठबन्धनको भन्दा दोब्बर मत ल्याएर जित्छु