डोका बिक्रीबाट मनग्य आम्दानी

दैलेख । दुल्लु नगरपालिका– ८ चग्रत्राका किसन बहादुर सार्कीले पचिल्लो समयमा डोका बिक्रीबाट मनग्य आम्दानी गर्दै आएका छन् ।३बर्ष यता देखि नै डोका बुन्न शुरु गरेका उनलाई पछिल्लो समयमा घरपरिवार चलाउन निकै सहज भएपछि उनी आकर्षित भएका हुन् ।

उनी दिनमा अहिले दुई वटासम्म डोका बुन्छन् ।उनले गाउँमा आफूले बुनेका डोका एउटा डोकाको तीन सय देखि ६ सय सम्म बिक्री हुने गरेको उनले बताए ।आफूले बुनेका डोका गाँउ घरमा बिक्री गर्दै आएका किसनले पछिल्लो समय डोका बिक्रीबाट मासिक १५ हजारदेखि २० हजारसम्म आम्दानी हुने उनको भनाइ छ।

दुल्लु नगरपालिका–८ चग्रत्राका ४२ वर्षीय किसनले लगडाउनको समय कोभिड–१९ देखि सिप सिकेपछि डोका बुनेर बिक्री गर्दै आएको उनले राजधानीलाई बताए ।“जङ्गलमा त्यतिकै खेर गएको निगालाको चोयाबाट डोको बेचेर राम्रो कमाइ गरेको छु । डोको मात्र रु ३सयदेखि६ सयसम्म बिक्री गर्ने गरेको छु ।” उनले भने, “गाउँघरमा यसको माग पछिल्लो समयमा निकै बढेको छ ।”

डोका बिक्रीबाट आम्दानीको पैसाले घरपरिवारको पालनपोषण, शिक्षा दिक्षा र औषधी उपचार गर्दै आएको उनको भनाइ छ ।

बिहान उठेदेखि साँझसम्म चोयासँग खेल्नु दैनिकी बनाउँदै आएको बताउने किसनका अनुसार तयार गरिएका सामान बिक्री गर्न बजार जानु पर्दैन। सामान चाहिनेहरू घरमै आउने गरेको उनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 101 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको निर्णयले तनावमा प्रधानमन्त्री दाहाल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
आचारसंहिता उल्लंघन गरे उम्मेदवारी नै रद्द : आयोग