अर्घाखाँचीमा कृषि प्राविधिकसँग क्वारेटाइन गोष्ठी सम्पन्न

अर्घाखाँची । अर्घाखाँचीका अगुवा कृषक तथा कृषि प्राविधिकहरुलाई क्वारेटाइन तथा निर्यात योग्य उत्पादन सम्बन्धि गोष्ठी सन्धिखर्कमा भएको छ । क्वारेटाइनको मात्र सहि प्रयोग गरेमा विभिन्न बालीमा देखा पर्ने सरुवा रोग नियन्त्रणमा टेवा पुग्ने प्लान्ट क्वारेटाइन तथा विषादी व्यवस्थापन केन्द्र कपिलबस्तुका बाली संमरक्षण अधिकृत बुद्विराम भट्टराईले बताए ।

अर्घाखाँचीमा कृषकको उत्पादन र बजारीकरणको ठुलो संभावना भएकाले विषादी व्यवस्थापन केन्द्र क्वारेटाइन कार्यालय कपिलबस्तुले गोष्ठी संचालन गरेको हो । उत्पादन, उत्पादकत्व वृद्धि गरी कृषकको आय वृद्धि, आर्थिक समृद्धि हासिल गर्ने विषयलाई प्राथमिकतामा राखेर काम गर्न कृषकलाई भट्टराईले आग्रह गरे ।

जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिबनारायण कोईरालाले कृषकका समस्या प्रति आफुहरु जिम्मेबार रहेको बताउदै कृषिलाई व्यबसायिकरण र उत्पादनमुलक बजारीकरणको ग्यारेन्टी सहित कृषकका समस्या लाई समाधान गर्न सरकार जिम्मेबार हुनुपर्ने जोड दिए ।

कृषि ज्ञानकेन्द्र अर्घाखाँचीका प्रमुख बुद्वीराज घिमिरेले कृषिजन्य उपज जिल्लामा सन्तोषजनक उत्पादन भएको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 72 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सदस्यहरूको प्रश्न– गठबन्धनको विषय अहिले नै किन ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजतन्त्र फर्काउने सपना बोकेका ७९ वर्षीय बेदराज