बिर्तामोड युनाइटेडको संघर्षपूर्ण जीत

राजधानी । सदरमुकाम फिदिममा जारी प्रथम वाइ वाइ अन्तराष्ट्रिय आमन्त्रण किरात गोल्डकपमा झापाको बिर्तामोड युनाइटेड क्लवले इलामको रेडहर्ष फुटवल क्लव विरुद्ध संघर्षपूर्ण जीत निकालेको छ ।

आइतबार फिदिम खेलमैदानमा भएको प्रतियोगिताको दोस्रो क्वाटरफाइन खेलमा कठिन जीत निकाल्दै बिर्तामोड युनाइटेड क्लवले सेमीफाइनल यात्रा तय गरेको हो । बिर्तामोडका लागि खेलको २२ औं मिनेटमा रोमन भुजेलको पासमा श्याम मुर्मुले गरेको गोल नै निर्णायक बन्यो ।

पहिलो हाफमा १–० ले पछि परेको रेडहर्षले दोस्रो हाफमा केहि सुन्दर अवशरहरु सिर्जना गरे पनि गोल गर्न चुक्दा नतिजा बिर्तामोडलाई सुम्पिनुप¥यो । खेलको म्यान अफ् दि म्याच बिर्तामोड युनाइटेडका जर्सी नं.११ श्याम मुर्मु बने । उनले नगद पाँच हजार रुपैंयाँ प्राप्त गरे ।

प्रतियोगिता अन्तर्गत सोमबार तेस्रो क्वाटरफाइन खेलमा डिएफसी मोरङ र पाहुना टोली युनाईटेड फुटवल क्लव दार्जिलिङ, भारत आमनेसामने हुनेछन् । खेल दिउँसो साँढे दुई बजेदेखि हुने आयोजक पाँचथर फुटवल क्लवले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 71 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सदस्यहरूको प्रश्न– गठबन्धनको विषय अहिले नै किन ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका कोइराला विजयी