अहिलेको सरकारले कमिशन, तस्करी र निराशामात्रै बढाएको: अध्यक्ष ओली

दैलेख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले कमिशन,तस्करी र निराशा मात्रै बढाएको बताएका छन्।दैलेखको राकम कर्णालीमा आयोजित विशाल सभालाई संवोधन गर्दै उनले एमाले सरकारको नेतृत्व गर्दा महाकाली, सेती कोरिडोर, पुर्वपश्चिम मदन भण्डारी राजमार्ग, हुलाकी राजमार्ग लगायत सयौ कामहरु अघि बढाएकौ थियो तर अहिले सरकारका कारण सबै काम अघि बढ्न नसकेको बताएका हुन् ।

एमालेले सञ्चालन गरेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ को चौथो दिन विशाल सभालाई संवोधन गर्दै पुर्वप्रधभानमन्त्री समेत रहेका अध्यक्ष ओलीले पछिल्लो राजनीतिक परिवर्तनलाई उपलब्धी नठान्ने राजतन्त्र माग गर्नेहरूलाई देशद्रोहीको भएको दावी गरे।देशमा लोकतान्त्रिक गणतन्त्रभन्दा राजतन्त्र उत्तम ठान्नेहरु देशद्रोही भएको बताए ।

गठबन्दन सरकारको हुतिहारा प्रवृतीका कारण देशमा जनतामा निराशा बढ्दै गएको उनले बताए । उनले एमालेले सरकारको नेतृत्व गर्दा स्वास्थ्य,शिक्षा,बिकाश निर्माण लगायतका क्षेत्रहरुमा राम्रो काम गरेको बताए । अध्यक्ष ओलीले भने, ‘एमाले विकासको लागि सधैं तप्पर रहेको छ । उनले राकम कर्णालीमा सुरु हुन लागेको १ सय शैयाको अस्पताल पनि आफ्नो पालामा निर्णय गरेको जानकारी दिए ।एमालेको सरकारका पालामा समृद्ध नेपाल सुखी नेपालीको दीर्घकालिन अभियान सञ्चालन गर्दा सामरीक महत्वको राकम कर्णालीमा अस्पताल बनाउने कामको शुरुवात आफैले गरेको दावी गरे ।

यस्तै नेकपा (एमाले)दैलेखका कार्यवहाक अध्यक्ष प्रेम बुढाको अध्यक्षतामा आयोजित सभामा आठविस नगरपालिकाका मेयर तर्कबहादुर बडुवालले अध्यक्ष ओलीलाई दैलेख जिल्ला, मध्यपहाडी राजमार्गको ’boutमा जानकारी र स्थानीय मागहरु समावेश गरिएको ज्ञापन पत्र हस्तान्तरण गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 107 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सदस्यहरूको प्रश्न– गठबन्धनको विषय अहिले नै किन ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एमालेकाे लालकिल्लामा मेयर जितेर इतिहास रचिन् मीना लामाले