एकीकृत समाजवादीको महाधिवेशन सर्ने निश्चित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को महाधिवेशन तोकिएकै मितिमा नहुने निश्चित भएको छ । पार्टीको १०औं महाधिवेशन १४–१८ माघमा गर्ने निर्णय यसअघि भएको थियो । तर, सोही मितिमा महाधिवेशन गर्न नसकेपछि अर्को मितितय गर्न पार्टीको सचिवालय बैठक सोमबार काठमाडौंमा बोलाइएको छ ।

यसअघि महाधिवेशन मिति तय गर्दै पार्टी अध्यक्ष माधवकुमार नेपालले तयारीमा जुट्नका लागि निर्देशन दिएका थिए । तर, निर्वाचन आयोगको सिफारिसमा सरकारले माघमै राष्ट्रिय सभा सदस्यको निर्वाचन गर्ने निर्णय गरेपछि अर्को मिति तय गर्नु बैठक बोलाइएको एकीकृत समाजवादीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

‘यस अघि हामीले पार्टीको महाधिवेशन माघमा गर्ने निर्णय गरेका थियौं । तर, सो समयमा राष्ट्रियसभाको निर्वाचन हुन गएका कारण नयाँ मिति टुंगो लगाउन सचिवालय बैठक बोलाइएको हो’ प्रवक्ता खतिवडाले भने ।

बैठकमा अन्तरपार्टी निर्देशन (अपानि)मा नेताको जिम्मेवारी हेरफेर, कार्यविभाजन र विभिन्न कमिटीमा मनोनयनलगायत आन्तरिक विवाद समाधान गर्न समेत छलफल गरिने बताइएको छ । पछिल्लो केन्द्रीय कमिटीको बैठकपश्चात् जारी अपानीका कारण पार्टीभित्र नेताको असन्तुष्टि रहँदै आएको छ । बैठकमा त्यस’bout समेत छलफल गरी समाधान गरिनेछ ।

पार्टीको संरचना र सामथ्र्य विस्तारका लागि आवश्यक रणनीति, देशभर संगठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजना, समसामयिक परिस्थिति’bout छलफल गरिने बैठकले प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताको जिम्मेवारी हेरफेर गरी सक्षमता र योगदानका आधारमा नेताको जिम्मेवारी हेरफेर समेत गर्ने बताइएको छ ।

बैठकमा अन्तर्राष्ट्रिय परिस्थिति’bout छलफल र पार्टीले निर्वाह गर्नुपर्ने भूमिका’bout रणनीति तय गरिने प्रवक्ता खतिवडाले बताए । महाधिवेशन अघि गर्नुपर्ने तयारीलगायतका विषयमा समेत विशेष छलफल हुने उनले बताए ।

यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा पार्टी सहभागी भएपछि सरकारबाट हुने गरेका विभिन्न कामको समीक्षाका साथै सरकारमा सहभागी मन्त्रीको काम प्रभावकारितालगायतका विषयमा छलफल गर्ने एजेन्डा बनेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 88 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सदस्यहरूको प्रश्न– गठबन्धनको विषय अहिले नै किन ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
शीर्ष नेता को कहाँबाट मतदान गर्दै ?