किरात गोल्डकपः डिएफसी मोरङसँग दार्जिलिङ ६–३ ले पराजीत

पाँचथर । सदरमुकाम फिदिममा जारी प्रथम वाइ वाइ अन्तराष्ट्रिय आमन्त्रण किरात गोल्डकप अन्तर्गत सोमबार सम्पन्न खेलमा पाहुना टोली दार्जिलिङलाई ६–३ गोलअन्तरले पाखा लगाउदै मोरङको डाँगिहाट फुटवल क्लवले सेमीफाइन यात्रा तय गरेको छ ।

फिदिम खेदमैदानमा भएको खेलमा मोरङलाई जीत दिलाउन अभिषेक लिम्बू र सुजन धिमालले २–२ त्यस्तै उमेश राई र अरुण लिम्बूले १–१ गोल गरे । दार्जिलिङ युनाईटेडका तर्फबाट रोहित थापा, आशिष राई र गणेश लिम्बूले गोल फर्काएका थिए । खेलको म्यान अफ् दि म्याज मोरङका अभिषेक लिम्बू बने । उनले नगद पाँच हजार रुपैंयाँ प्राप्त गरे ।

पहिलो हाफमा लय गुमाएको दार्जिलिङले दोस्रो हाफमा खेलमा फर्किने प्रयास गर्दै तीन गोल गरे पनि जीनका लागि पर्याप्त भएन । प्रतियोगिताको अन्तिम क्वाटरफाइन खेल मंगलबार हुनेछ । दिउँसो २ः३० बजेदेखि हुने खेलमा ताप्लेजुङको कर्णसिं सोनाम स्मृति क्लवले ए डिविजन हिमालयन शेर्पा क्लवको सामना गर्नेछ ।

प्रतियोगिताको विजेता टोलीले नगद ४ लाख ४ हजार ४४४ रुपैंयाँ र उपविजेता टोलीले नगद २ लाख २ हजार २२२ रुपैंयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइन खेल मंसिर २३ गते हुने आयोजक पाँचथर फुटवल क्लवका सचिव राजु राईले जानकारी दिए ।

मित्तेरी क्लव र पेपे कारबाहीमा
पहिलो संस्करणको वाइ वाइ किरात गोल्डकपको उद्घाटन खेलमा समय नसकिंदै मैदान छोड्ने मित्तेरी क्लव तेह्रथुम र रेफ्रिमाथि अभद्र व्यवहार गर्ने सोही क्लवबाट खेलेका विदेशी खेलाडी पेपेलाई आयोजक पाँचथर फुटवल क्लवले कारबाही गरेको छ ।

आयोजकले उक्त क्लवलाई दोस्रो र तेस्रो संस्करणमा सहभागि हुन अयोग्य हुने र पेपेलाई किरात गोल्डकपको आगामी कुनै पनि संस्करणमा खेल्न अयोग्य हुने गरी कारबाही गरेको प्रेस विज्ञप्ती जारी गर्दै जनाएको छ । शनिबार भएको प्रतियोगिताको उद्घाटन खेलमा पाँचथर फुटवल क्लवसँग २–० ले पछि परेको मित्तेरीका खेलाडीले इन्जुरी समय सकिन करीब दुई मिनेट बाँकि छँदै मैदान छाडेका थिए ।

उक्त खेलको इन्जुरी समयको अन्तिम दुई मिनेट तनावपूर्ण बनेको थियो । मित्तेरीबाटै खेलेका अर्का विदेशी खेलाडि ग्लोरीलाई प्रमुख रेफ्रि राजु थापा मगरले रातो कार्ड देखाएपछि पेपेले रेफ्रिमाथि अभद्र व्यवहार गरेका थिए । खेल भावना विपरित व्यवहार देखाउने पेपेलाई नेपालमा हुने कुनै पनि प्रतियोगितामा सहभागि हुन अयोग्य हुने गरी कारबाही गर्न समेत अखिल नेपाल संघ (एन्फा) सँग आयोजकले माग गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 62 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सांसदकाे आरोपप्रत्यारोपले संसद बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
संसद विघटन गर्ने ओलीलाई किन भोट दिने : देउवा