काठमाडौं । गत महिना फस्ट लुक्स रिलिज भएको चलचित्र चिट्ठीको पहिलो गीत ‘टुटेको तारा…’ सोमबार रिलिज गरिएको छ । यो गीत वियोगान्त भावको छ । गीतलाई डा. कृष्णहरि बरालले लेखेका हुन् । सञ्चारकर्मी समेत रहेका गायक तथा संगीतकार सरोज कोईरालाले यो गीतको संगीत गरेका छन् । गीतलाई शिव परियारले गाएका हुन् । गीतलाई ओएस्आर डिजिटल च्यानलबाट सार्वजानिक गरिएको छ ।
यो गीतलाई माधब राज खरेलको लेखेका हुन् । उनकै निर्देशनमा यो गीत तयार हुँदैछ । कमेडी जनारामा बनेको चलचित्र चिट्ठीमा संजीत भण्डारी, गोपाल ढकाल‘छन्दे’, प्रवण भुसाल, खड्ग बहादुर पुन मगर ‘खबपु’, नवराज थापा, मुस्कान लामा, कञ्चन चालिसे, श्रीदेव भट्टराई लगायत मुख्य भूमिकामा छन भने नम्रता खरेल, रश्मी भट्ट, मोहन निरौला, शान्तिप्रिय, राजन थापा, डेविल सिंह राजपुत, प्रल्हाद खरेल, उद्धव भट्टराई, समिर लामा, पुर्ण राई, पुरुषोत्तम सानु लगायत कलाकारहरुको अभिनय रहेको छ ।
काठमाडौ, काभ्रेपलाञ्चोक तथा ललितपुरका विभिन्न रमणीय स्थलहरुमा छायाँकन गरिएको चलचित्र चिट्ठीको पोष्ट–प्रोडक्सनको सम्पुर्ण कार्य सकिएका छ । यसको रिलिज मिति चाँडै तोकिने निर्देशक खरेलले जानकारी गराएका छन् ।
चलचित्रलाई जीवन पराजुली र राजन खरेल खिचेका हुन भने सम्पादन माधब खरेल र अच्यूत बजगाईको रहेको छ । यसको कलर संयोजक तथा भिएफ्एक्स समिर मिँयाले, गीतको मिक्सिङ तथा मिक्सिङ एवम् चलचित्रको ब्याकग्राउण्ड स्कोरिङ पुस्कर खत्रीले गरेका हुन ।
मनोज परियारले चलचित्रको साउण्ड मिक्सिङ गरेका हुन् । यसमा ५.१ साउण्ड मिक्सिङ अमित श्रेष्ठ, श्रृंगार नरेश खरेल, द्धन्द निर्देशन किरण दाहालको रहेको छ । जसमा साहिल खानको पब्लिसिटी डिजाईन रहेको छ । चलचित्रको सह निर्मातामा अनिता कुँवर, समिर खान र कृष्णादेबी आचार्य रहेका छन् । एरा प्रोडक्सनको ब्यानरमा बनेको चलचित्र चिट्ठीलाई संचारकर्मी कमला जोशीले निर्माण गरेकी हुन् ।






