मित्रमिलन सहकारीका पीडितलाई उजुरी दिन आह्वान

पोखरा । पोखराको मित्रमिलन सहकारी ठगी प्रकरणमा प्रहरीले निक्षेपकर्ताबाट उजुरीको आह्वान गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले मंगलबार सूचना जारी गरी उक्त आह्वान गरेको हो ।

पोखरा–९, नयाँबजारस्थित मित्रमिलन बचत तथा ऋण सहकारी संथा लि.का सञ्चालक समितिका पदाधिकारी समेतले निक्षेपकर्ताको बचत रकम फिर्ता नगरी करोडौं रकम हिनामिना गरेको प्रकरणले सहकारी क्षेत्रमा नयाँ तरंग छाएको छ । २६ करोडभन्दा बढी रुपैयाँ ठगी गरी फरार रहेको बचतकर्ताको दाबी छ ।

प्रहरीले हालसम्म प्राप्त उजुरी आधारमा जिल्ला अदालतको अनुमतिमा सहकारीका पदाधिकारी, सञ्चालक, विभिन्न उपसमितिका सदस्यसमेत गरी करिब ३० जनालाई पक्राउ पुर्जी काटी खोजबिन थालेको छ । सहकारी ठगी प्रकरणमा जनप्रतिधि, पत्रकार र वकिलसमेत मुछिएका छन् ।

प्रहरीले यसअघि नै सहकारीका अध्यक्ष रमण पौडेल र प्रमुख कार्यकारी अधिकृत किरण अधिकारी पक्राउ गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक भुवन बरामले बताए । उनका अनुसार सहकारी ठगी मुद्दामा हालसम्म ६ जनाले उजुरी दिएका छन् । अन्य कैयौं व्यक्तिहरु पनि पीडित भएको भन्दै प्रहरीले यही मंसिर २७ सम्म आवश्यक कागजातसहित जाहेरी दिन अनुरोध गरेको छ । त्यसका लागि बचतकर्ताले सहकारीमा रकम जम्मा गरेको आधार देखिने पासबुक, भौचर, स्टेटमेन्ट, मुद्दति प्रमाणपत्र लगायतको प्रमाण र सम्बन्धित पीडित बचतकर्ताको नागरिकतासमेतको परिचय खुल्ने कागजसहित कानुनबमोजिम ऐन शीर्षकमा जाहेरी दरखास्त दिन भनिएको छ ।

सहकारी रजिष्ट्रारको कार्यालय पोखराले सहकारीको वित्तीय विवरण सम्बन्धमा देखिएका कैफियतहरु उपर छानबिनमा सहकारीको २६ करोडभन्दा बढी रुपैयाँ हिनामिना भएको तथ्य भेटिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 105 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सांसदकाे आरोपप्रत्यारोपले संसद बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कञ्चनपुरका कृष्णपुरमा काङ्रेसकै प्रमुख र उपप्रमुख